• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

झारखण्डका ‘ढुकू’, जो ‘लिभ-इन रिलेसन’पछि मात्र गर्छन् बिहे


    Avatar photo
सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

भारत झारखण्डको खुँटी जिल्लाको डुमरदगा गाउँकी फूलमनी टुटी ४६ वर्षकी भइन्। २२ वर्षको उमेरमा पहिलो बिहे भएकी उनका दुई सन्तान थिए र एक सन्तान पेटमा। त्यही बेला उनका पतिको मृत्यु भयो। लामो समय सासु बितिसकेका ससुरा र तीन सन्तानको सहारा बनिन् उनी। ससुराको मृत्युअघि उनले आफ्नी बहिनीका छोरा महावीरलाई धर्मसन्तान बनाए। ससुराको मृत्युपछि फूलमनी महावीरसँगै ‘लिभ-इन रिलेसन’मा बस्न थालिन्। मृत्युअघि ससुराले पनि उनीहरूको निकटतालाई स्वीकारेका थिए।

Advertisement

उनीहरूले विधिवत विवाह गरेनन्। तर, पति–पत्नीझैँ बस्न थाले। त्यसैले गाउँमा उनीहरूलाई ‘ढुकू’ भन्न थालियो। समाजको मञ्जुरी र विवाहबिना नै पति-पत्नीका रूपमा सँगै बस्नुलाई त्यहाँ ढुकू भनिन्छ। तथापि, केही समयअघि गाउँमा भएको सामुहिक विवाहमा उनीहरूले पनि बिहे गरे। त्यसको अवसर जुराइदिएको थियो, गाउँकै ‘निमित्त’ नामक संस्थाले। त्यसपछि मात्र फूलमनीले ससुराको सम्पत्तिमाथिको अधिकार पाइन् अनि ढुकू शब्दबाट छुटकारा पनि। फूलमनी र महावीरले १६ वर्ष लिभ-इन रिलेसनमा गुजारे।

उक्त सामुहिक विवाह त्यसरी नै ढुकू बनेर बसेका जोडीहरूबीच गराइएको थियो। र, उनीहरूको सम्बन्धलाई कानूनी मान्यता दिलाइयो।

सोही गाउँकी सिलवन्ती मुन्डाइन ६९ वर्षकी भइन्। उनका नाति-नातिनासमेत हुर्किसके। तर, अहिलेसम्म विवाह भएको थिएन। उनी ४६ वर्षदेखि लिभ–इन रिलेसनमा थिइन्। उनका छोरा नै ४० वर्षका भइसकेका छन्।

फूलमनी, सिलवन्ती मात्र होइन, प्रमिला टोपनो, ढेकला उराइन, फूलो मुन्डाइन, जाउनी मुन्डाइन, कृपा सोय, मरियम बोदरा, शान्ति आइदले पनि लामो समय लिभ–इन रिलेसनमा बसेर सोही समयमा विवाह गरे। उनीहरू सबैका सन्तान भइसकेका छन्।

झारखण्डमा यस्तो विवाह नयाँ विषय होइन। त्यहाँका आदिवासी समूदायमाझ वर्षौंदेखि चलिआएको प्रथा हो यो। आदिवासी समाजमा यस्ता धेरै विवाह प्रथा छन्, जसमा ढुकू पनि एक हो। आदिवासी समाज महिला प्रधान छन्, अधिकांश। त्यस्ता समाजमा हरेक निर्णयमा महिलाको भूमिका प्रमुख हुन्छ।

त्यसका बावजुद सम्पत्ति हत्याउने दाउमा महिलाहरूलाई डायन, बोक्सी आरोप लगाउँदै हत्या गर्ने घटनाका कारण झारखण्ड बदनाम पनि छ। त्यसका बावजुद महिला आफैंले आफ्नो विवाहको निर्णय हक राख्छन्, यी गाउँमा।

आदिवासी धर्मगुरु बन्धन तिग्गाको भनाइमा ढुकू प्रथा महिला स्वतन्त्रताको एक मानक हो। उनका अनुसार झारखण्डका गाउँहरू अखडा परम्परा विद्यमान छ। अखडामा भेला हुने युवा-युवती एकसाथ नाचगान गर्छन् अनि आफूलाई मन परेको वरबधु रोज्छन्। त्यसरी रोजेका वरबधुलाई परिवारले मान्यता दिए भने विवाह हुन्छ, दिएनन् भने उनीहरू लिभ-इन रिलेसनमा बस्छन्, जसलाई ढुकू भनिन्छ।

कतिपय ‘ढुकू’ गाउँ छाडेर जान्छन् र बालबच्चासहित वर्षौंपछि फर्किन्छन्। उनीहरूको विवाहलाई मान्यता दिन गाउँका पञ्च (पाहन, महतो)ले जरिवाना तिराउँछन्। उनीहरूको विधिवत विवाह भएपछि मात्र पैत्रिक सम्पत्तिको हक पाउँछन्। धर्मगुरु तिग्गाका अनुसार कहिलेकाहीं त बाबु-आमा र छोरा-छोरीको विवाह एकै मण्डपमा भइरहेको हुन्छ।

ढुकूहरूको विवाहका लागि एक सयदेखि दुई सय भारतीय रुपैयाँसम्म जरिवाना तिराइन्छ। र, खसी काटेर उनीहरूले गाउँलेलाई भोज खुवाउनुपर्छ।

सामुहिक विवाह आयोजना गर्दै आएको संस्था ‘निमित्त’की संस्थापक निकिता सिन्हाका अनुसार हालसम्म एक हजार ९५० जोडी ढुकूहरूको विवाह गराइसकिएको छ। र, त्यसका लागि स्थानीय प्रशासनले पनि सहायता उपलब्ध गराउँछ।

सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.