नयाँदिल्ली- मुनवर फारुकी भारतीय रियालिटी सो ‘लक अप’का विजेता बनेका छन्।
Advertisement
शनिबार राति भएको ग्रान्ड फिनालेमा कंगना रनावतले विजेताको नाम घोषणा गरेकी हुन्। फिनालेमा मुनवरका साथै अञ्जली अरोरा, पायल रोहतगी र शिवम पुगेका थिए। तर, सबैलाई पछि पार्दै मुनवर ७० दिनको संघर्षपछि ‘लक अप’का विजेता बन्न सफल भए।
विजेता बनेसँगै उनले ट्रफीसहित २० लाख रुपैयाँ पुरस्कार, एर्टिगा गाडी र इटाली टुरमा जाने मौका पनि पाएका छन्।