काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलले विश्व स्वास्थ्य संगठबन (डब्लुएचओ)का महानिर्देशक डा. अधानोम गेब्रेयसस टेड्रोसलाई धन्यवाद दिएका छन् ।
महानिर्देशक टेड्रोसले आफूलाई सम्मान गरेको भन्दै कलाकार गजुरेलले धन्यवाद दिएका हुन् । ‘मिठो हास्य चेत, अत्यन्तै भद्र स्वभाव र मित्रवत व्यवहारसहितका डा. टेड्रोस अधोनोम गेब्रेयससलाई धन्यबाद तथा नमस्कार,’ उनले भने ।
आफ्नो सामाजिक सञ्जालमार्फत उनले आफूले डा. टेड्रोसको अभिनय गरेको स्मरण गर्दै उसले भेट्न बोलाउनु ठूलो सम्मान र खुसीको कुरा भएको बताए ।
‘जसलाई (पात्र) बनाएर हास्यव्यङ्ग्य गरिन्छ, उसैले भेट गर्न बोलाउनु एक कलाकारका लागि ठूलो सम्मान र खुसीको कुरो हो,’ उनले भने, ‘अझ नेपालजस्तो सानो देशबाट पनि ठूल्ठूला विश्व नेतालाई विषय बनाएर पब्लिक मेसेज दिएकोमा बधाई पाउनु, त्यो पनि एक अन्तर्राष्ट्रिय व्यक्तित्वबाट, यो झन् देशकै लागि खुसीको कुरा हो ।’
यस भेटमा महानिर्देशक डा. टेड्रोसले कलाकार जगुरेलले अभिनय गरेका विभिन्न पात्रको फोटो उपहार स्वरुप हस्तान्तरण गरेका थिए ।