Advertisement
नेकपा (एकीकृत समाजवादी)का नेता दामोदर अर्यालको शब्द रचनामा उक्त पार्टीको चुनावी गीत सार्वजनिक भएको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले उक्त गीत विमोचन गरेका हुन्। ‘आयो आयो आयो नेकपा (एस)’ बोलको गीतमा बीपी वाग्लेको संगीत छ। गीतमा रिता केसी र बीपी वाग्लले स्वर दिएका छन्।
राजेन्द्र बजगाईंको एरेन्ज रहेको गीतमा शिशिर पाण्डेले दृष्य सम्पादन गरेका छन्। गीतका शब्दले पार्टीको चुनाव चिह्न ‘कलम’मा भोट हाल्न आग्रह गरेको छ।