• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

डब्लूएचओ प्रमुखले भारतमा गरे परम्परागत दबाई उद्योगको शिलान्यास, प्रधानमन्त्री देउवाले दिए बधाइ


मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित

भारत भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस अदानम गेब्रेयससले एक परम्परागत दबाई उद्योगको शिलान्यास गरेका छन्।

Advertisement

उनले शिलान्यास गरेको उद्योगमा भारत सरकारले २५ करोड डलर लगानी गर्दैछ। गेब्रेयससले उक्त उद्योगलाई ग्लोबल प्रोजेक्ट संज्ञा दिए। खासगरी, कोरोना महामारीयता पूर्वीय परम्परागत औषधिप्रति पश्चिमा जगतमा चासो बढेको छ। गेब्रेयससको भनाइले पनि त्यसैलाई संकेत गर्छ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उक्त उद्योग शिलान्यास समारोहलाई भर्चुअल सम्बोधन गरेका थिए। उनले पनि परम्परागत दबाइबाट मानव स्वास्थ्यको रक्षाका लागि ठूलो उपलब्धी हासिल गर्न सकिने बताएका थिए। प्रधानमन्त्री देउवाले यस विशाल परियोजनाका लागि डब्लूएचओ र भारत सरकारलाई बधाइ दिए। अनि नेपाल र भारतमा परम्परागत दबाइ उत्पादनको प्रचुर सम्भावना औंल्याए।

‘ग्लोबल सेन्टर फर ट्रेडिसनल मेडिसिन संयोग होइन। मेरा भारतीय शिक्षकहरूले मलाई परम्परागत दबाइहरूका बारेमा निकै राम्रोसँग बताएका छन्,’ डा. गेब्रेयससले भने, ‘म उनीहरू प्रति आभारी छु। मैले भारतमा परम्परागत दबाइहरूका बारेमा धेरै सिक्ने मौका पाएको छु।’

उनले यस विश्वव्यापी परियोजनामा २५ करोड डलर लगानी गर्न लागेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सराहना गरे। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले परम्परागत चिकित्साको उक्त केन्द्र प्रमाणमा आधारित अनुसन्धान तथा परम्परागत चिकित्सा मानकका लागि अन्तर्राष्ट्रिय केन्द्र बन्ने विश्वास व्यक्त गरिन्।

मौरिससका प्रधानमन्त्री कुमार जगन्नाथले पनि समारोहलाई भर्चुअल सम्बोधन गरेका थिए। नोभेम्बर २०२० मा उक्त उद्योग निर्माणको घोषणा गरिएको थियो। भारतले त्यसका लागि २५ करोड डलर खर्चिँदै छ।

मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.