• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अलेक्जेन्डर हिँडेको बाटो बन्यो दक्षिण एसियाकै सुन्दर राजमार्ग (तस्बिरहरू सहित)


    Avatar photo
सोमबार, चैत २८, २०७८ मा प्रकाशित

Advertisement

अलेक्जेन्डर र उनका सेनाले भारतबाट फर्किन प्रयोग गरेको बाटो अहिले मनमोहक समुद्र तटीय ‘मकरान राजमार्ग’मा बदलिएको छ, जसलाई दक्षिण एसियाकै सुन्दर र मनमोहक सडक संज्ञा दिइएको छ।

सिमोन अर्विन– बीबीसी

कुनै समय विश्‍व विजेता अलेक्जेन्डर र उनका सेनाले भारतबाट आफ्नो देश फर्किन प्रयोग गरेको बाटो मकरान मार्ग अहिले समुद्र तटीय राजमार्गमा बदलिएको छ। यो राजमार्गलाई कैयौंले दक्षिण एसियाको सबैभन्दा सुन्दर र मनमोहक सडक भनेका छन्।

पाकिस्तानको मध्य कराँचीबाट ३० किलोमिटर पश्‍चिम र बलुचिस्तान प्रान्तको सिमानामा पाकिस्तानको आतंकवादविरोधी दस्ताका सिपाहीहरू मलाई पर्खिरहेका थिए। हातमा एके-४७ लिएका तिनले मेरो कारनजिक आएर मेरो राहदानी र नो अब्जेक्सन सर्टिफिकेट जाँच गरे। पाकिस्तान सरकारले विदेशीहरू देशको संवेदनशील क्षेत्रहरूमा यात्रा गर्नेबेलामा एक प्रकारको परमिट दिन्छन्, जसलाई नो अब्जेक्सन सर्टिफिकेट भन्‍ने गरिन्छ।

मेरो कागजातबाट सन्तुष्‍ट भएपछि तिनले म, मेरो गाइड र प्रतिआतकंवादी स्क्‍वाडका सदस्यहरूलाई अघि बढ्न अनुमति दिए। हामी केही गाडीमा सवार भएर मकरन तटतर्फ जाँदै थियौं। सो विन्दुबाट मेरो इरानी सिमानासम्मको सडक यात्रा गर्दै थिएँ।

गाडी अगाडि बढिरहँदा मेरा गाइड अमिर अक्रमले भने ‘दशकौंसम्म मकरन अझ पूरै बलुचिस्तान विदेशीहरूका लागि मात्र होइन, यो प्रान्तबाहिरका पाकिस्तानीहरूबाट पनि अलग-थलग थियो। पहिले यो क्षेत्र पृथकतावादी आन्दोलनकारी र इस्लामिक चरमपन्थीको नियन्त्रणमा हुन्थ्यो। ती दिन म आफैं यहाँ आउन हिम्मत गर्न सक्दिनथें। तर, आजकल बलुचिस्तान सेनाको नियन्त्रणमा छ र हामी सुरक्षित छौं।’

कुराकानीको क्रममा अक्रमले हामी जाँदै गरेको क्षेत्रलाई पाकिस्तानको सबैभन्दा सुन्दर, मैत्रीपूर्ण र सांस्कृतिक रूपमा सम्पन्‍न क्षेत्रको संज्ञा दिए। हाम्रो गाडी राष्‍ट्रिय राजमार्ग नम्बर १० मा हुइँकिइरहेको थियो। सामान्यतया मकरन कोस्टल हाइवे (मकरन तटीय राजमार्ग) भनेर चिनिने यो सकडमार्ग करिब ५८४ किलोमिटर लामो छ र इरानको सिमानामा पुगेको छ। यस राजमार्गको यात्रालाई दक्षिण एसियाको सबैभन्दा रोमाञ्‍चक यात्रा पनि मानिन्छ। किनकि, सडकमार्गको अधिकांश हिस्सा अरब सागरको किनारबाट गुज्रिएको छ। यात्रुहरूले सडकबाट अरब सागरको नीलो र चम्किलो पानी र त्यहाँ फाट्टफुट्ट देखिने ढुंगा हेर्दै सयर गर्न सक्छन्। अरब सागरमा देखिने ढुंगाहरू समुद्रमा इल, गँगटो, लोबस्टर खोज्‍ने नाविकहरूको हो।

तस्बिरहरू : सिमोन अर्विन- बीबीसी

‘शताब्दीयौंदेखि माछा व्यवसायले मकरनको अर्थतन्त्र धान्दै आएको छ,’ अक्रमनले बताए। मकरन नाम आफैंमा फारसी भाषामा ‘माछा खानेहरू’ जनाउने शब्दको अपभ्रंश हो। आज पनि मकरन क्षेत्रमा माछा व्यवसायले ठूलो हिस्सा ओगटेको छ। तथापि, अहिले स्थानीय बासिन्दा प्रयोगहीन जहाजलाई टुक्र्याउनेदेखि तस्करीमा समेत संलग्‍न हुन थालेका छन्।

कराँचीबाट लगभग २०० किलोमिटर टाढा हामी राजमार्गको पहिलो मुख्य गन्तव्यमा पुग्यौं। पाकिस्तानको सबैभन्दा ठूलो हिंगोल राष्‍ट्रिय निकुञ्‍ज हेर्दा टेलिभिजनमा देखाइने चन्द्र धरातलजस्तो देखिन्थ्यो। यो भूबनोटमा मकरनमा आउने बलियो समुद्री हावा र तावाको जस्तो चर्को गर्मी र ठूलो वर्षाको प्रभाव छ।

पार्कको परिधिभित्र उकालो ओरालो हुँदै हामी एक विलकुल फरक ठाउँमा पुग्यौं। त्यहाँ एकै ठाउँमा दुईवटा ज्वालामुखी छन्, जहाँबाट तातो लाभाको सट्टा माटो निस्कने गर्छ। अक्रमका अनुसार बलुचिस्तान र सिन्ध प्रान्तबाट दशौं हजार हिन्दू धर्मावलम्बीहरू माता हिंगलाजको दर्शन गर्न यहाँ आउँछन्।

‘तीर्थालुहरू माता हिंगलाजको दर्शन गर्नुअघि यही ज्वालामुखी वरपर मैनबत्ती बाल्छन्। ज्वालामुखीको खाल्डोमा नरिवल फाल्छन्। त्यसपछि उनीहरू आफूले गरेका पापलाई ठूल-ठूलो स्वरमा भन्‍ने गर्छन् र नजिकको हिंगोल नदीमा स्‍नान गर्छन्। शारीरिक रूपमा सक्षम व्यक्ति केही पर रहेको हिंगलाज माताको मन्दिरमा जान्छन्,’ अक्रमले यस क्षेत्रको धार्मिक परम्पराबारे बताए।

हामी विस्तारै चिसो र अँध्यारो उपत्यकाको गहिराइतर्फ अघि बढ्यौं। त्यहाँ ढुंगाको छानामुनि झिलिमिली सिसाको बक्समा हिंगलाज माता रेखदेख गर्ने महाराज गोपाल नामका एक वृद्ध भद्र व्यक्तिलाई भेट्यौं। उनले हामीलाई मन्दिरको कथा सुनाउनुअघि बस्‍न भन्‍न आग्रह गरे। हामी बसेपछि गोपालले कथा भन्‍न थाले, ‘सत्ययुग मानवजातिको पहिलो युग थियो। करोडौँ वर्षअघिको त्यही समयमा देवी सतीको मृत्यु भयो। उनको पार्थिव शरीरलाई विष्‍णुले ५१ भागमा काटे। यी सबै टुक्राहरू पृथ्वीमा खसेका थिए र अधिकांश भाग भारतमा खसेका थिए। उनको टाउकोको एक भाग भने यहाँ मकरनमा खस्‍न पुग्यो। जहाँ-जहाँ सतीको शरीरको टुक्रा खस्यो, ती सबैलाई शक्तिपीठ अर्थात देवीहरूको सबैभन्दा पवित्र पूजास्थल मानियो।’ हामी गोपालका मिथकीय कथा सुनिरहेका थियौं। उनको कथा अझै सकिएकै थिएन। ‘अहिले हामी चौथो र अन्तिम युगमा छौं। यो युग अन्त्य भएपछि मकरनलगायत सम्पूर्ण विश्‍व नष्‍ट हुन्छ,’ उनी भन्दै गए।

कथा सकिएपछि उनले मुस्कुराउँदै नरिवलको प्रसाद दिएर हामी सबैलाई अगाडिको यात्राको लागि शुभकामना दिए। त्यसपछि हामीले यस क्षेत्रमा रहेका पुराना चट्टानी किल्ला र घुमाउरा पहाडहरू पार गर्‍यौं। यस भ्रमणको क्रममा हामीले पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा न्यून जनसंख्या भएको प्रान्तमा जीवनका दुर्लभ झलकहरू देख्‍न पायौं। कहिले किसान गधामा चढेर टाढाको बजारमा हिँडेको देखिन्थ्यो, कहिले गाउँका केटाहरू बालुवा र धुलोको अस्थायी पिचमा क्रिकेट खेलिरहेको देखिन्थे।

त्यसपछि राजमार्ग ओरालो लाग्‍न शुरु भयो, जुन ड्राइभिङ क्षमताको परीक्षा सावित भइरहेको थियो। तर, हामीलाई भन्दा रुटबाट गुज्रने रंगिन ट्रक चालकका लागि झनै चुनौतीपूर्ण थियो। भारी सामान बोक्ने यी ट्रकमा ‘खराब शक्ति’को प्रभाव कम गर्नका लागि मालाहरू झुण्ड्याइएको देखिन्थ्यो।

‘अहिले यो चिल्लो अलकत्राको सडकमा त यात्रा गर्न चुनौतीपूर्ण छ। तर, अलेक्जेन्डर द ग्रेटको समयमा उनको सेनाले पैदल र घोडामा चढेर यो कठोर भूभाग पार गरेका थिए। ३२५ ईसापूर्वमा भारतबाट आफ्ना ३० हजार सिपाहीहरू लिएर फर्किएका अलेक्जेन्डरले यही बाटो प्रयोग गरेका थिए। यो क्षेत्रको प्रचण्ड गर्मीका कारण उनका सैनिक बेबिलोन (आधुनिक इराक) पुग्दा आधा मात्र जिउँदा थिए,’ अक्रमले इतिहासमा आउने यो कथा सुनाए। हालको राजमार्ग अलेक्जेन्डर द ग्रेटले लिएको मार्ग हो भनेर व्यापक रूपमा विश्‍वास गरिन्छ, यद्यपि यो निश्‍चित रूपमा पुष्‍टि गर्न सम्भव छैन।

मकरन तटीय राजमार्ग पछिल्लो समय चीनको पाकिस्तानमा बढ्दो चाखको परिणाम हो। ग्वादर बन्दरगाहबारे पाकिस्तानमा सन् १९९० को दशकदेखि नै चर्चा शुरु भएको थियो। तर, चीनले पाकिस्तान हुँदै खाडी मुलुकका तेल देश भित्र्याउने योजना बनाएपछि यसले मूर्त पाउने सम्भावना बढ्यो। त्यसपछि पाकिस्तानले सन् २००२ देखि २००४ बीचमा ग्वादर बन्दरगाह बन्‍ने स्थान र कराँचीबीच यो सडक बनायो। यसले दुई दिनको यात्रा लाग्‍ने यो दूरी ६-७ घण्टामै पूरा हुन सम्भव भयो।

हाम्रो अन्तिम बिसौनी इरानी सिमानाभन्दा ५० किलोमिटर पूर्वमा रहेको जिवानी शहरमा थियो। यसका मुख्य सडकहरूमा बलुचिस्तानको पुरानो आदिवासीमध्ये एक पगडीधारी सरदारका मूर्तिहरू देखिन्थे। ती जातीय समुदायमा आफ्नो जेठो छोरालाई पगडी लगाएर शक्ति हस्तान्तरण गर्ने परम्परा थियो।

हामी त्यहाँ विभिन्‍न प्रकारका शाही स्मारक खोज्‍न थाल्यौं। तिनमा बेलायती महारानी भिक्टोरियाको भ्रमणको समयमा विशेष उनकै लागि निर्माण गरिएको भवन पनि एक थियो। अहिले सो सानो घर पाकिस्तानी तट-रक्षकको दोस्रो बटालियनको नियन्त्रणमा छ। भवनमा सर्वसाधारणका लागि प्रवेश बन्द छ तर धेरै विनम्र अनुरोधपछि पाकिस्तानी सेनाका कप्तानले हामीलाई सुरक्षा घेरा दिएर अरब सागरको किनारमा रहेको दरबार हेर्न अनुमति दिए।

पाकिस्तानी फौजका कप्तानले हामीलाई यस भवनको इतिहास पनि सुनाए। उनका अनुसार तत्कालीन महारानी भिक्टोरियाले मकरनको सुन्दर सूर्यास्तको बारेमा सुनेकी थिइन्। त्यसैले उनको भ्रमणका लागि सन् १८७६ मा यो भवन बनाइएको थियो। तर, इतिहासकारका अनुसार भिक्टोरिया मकरन कहिल्यै आइनन्। तथापि, यहाँका वृद्ध स्थानीय बासिन्दा भने भिक्टोरिया यो स्थानमा पुगेको दाबी गर्छन्।

महलभित्र तीनवटा साना कोठा थिए- शयन, भोजन र बैठक कक्ष। भवनमा जोडिएको टेलिफोन लाइन र यस्तै एक-दुईवटा मात्र मौलिक सामग्री अब बचेका छन्। अहिले यो भवनलाई तटीय गार्डहरूले तस्करी रोक्ने अभियानका लागि प्रयोग गर्छन्। ग्रिन टी पिउँदै कुरा गर्ने क्रममा पाकिस्तानी सेनाका कप्तानले तस्करीले ठूलो रूप लिएको बताए। धेरैजसो पेट्रोलियम पदार्थ तस्करी भए पनि त्यहाँ लागूऔषध र हतियार पनि बेचबिखन हुने उनले बताए। यो स्थान ओमान खाडी हुँदै हुने तस्करीमाथि निगरानी राख्‍न उत्तम विन्दु रहेको ती सैन्य अधिकारीले बताए।

हामीलाई सूर्यास्त हुने समयसम्म रोकिने अनुमति थिएन। सेनाका क्याप्टेनले नजिकैको जीवनी तटको एक स्थानबा राम्रो सूर्यास्त देखिने सल्लाह दिए। हामी त्यहाँ पुग्दा हजार किलोमिटर टाढाको सिबी शहरबाट आएको एक समूह सूर्यास्त हेर्न पुगिसकेको थियो।

‘यहाँबाट अदभूत सूर्यास्तको दृश्य हेरेपछि यति लामो बाटो तय गरेर आएको पनि व्यर्थ महशुस भएन। मैले आजसम्म मकरनमा जस्तो सूर्यास्त अन्त कतै हेरेको थिइनँ। सूर्य अस्ताउनुअघि आकाश धेरै सुन्दर रंगमा बदलिदो रहेछ। पहेँलो रंग विस्तारै सुन्तले रंगमा बदलिँदै गएर रातो र अन्तिममा बैजनी हुने रहेछ। त्यसपछि अँध्यारो छाएपछि हामीले अल्लाहसँग उनको कृपाले फेरि अर्को बिहान सूर्य उदाओस् र हामी सो दिन देख्‍न जिउँदो रहुँ भन्‍ने प्रार्थना गर्‍यौं,’ एक जना आगन्तुकले सूर्यास्त हेरेपछि भावुक हुँदै भने।

सोमबार, चैत २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.