• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

सुदूरपश्चिममा आजदेखि गौरा

शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित

कैलाली- सुदूरपश्चिमको महान चाड गौरा पर्व विधिवत रूपमा आजदेखि सुरु भएको छ। भाद्र कृष्ण शुक्ल पञ्चमीदेखि आरम्भ भएको गौरा पर्व अष्टमीसम्म चल्नेछ।

Advertisement

भाद्र पञ्चमीका दिन महिलाहरूले ब्रत बसी गहुँ, केराऊ, गहत, मास र गुरास मिसाएर तामाका भाडामा पञ्चअन्नलाई धोएर भिजाउने गर्छन्। यिनै पाँच अन्नको मिश्रणलाई विरुडा भन्ने गरिन्छ भने यस दिनलाई विरुडा पञ्चमीका नामले समेत चिन्ने गरिन्छ।

सप्तमीका दिन गौरा देवीलाई नजिकैका मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरूले दुबो धागो चढाउने गर्छन् भने अठबाली अर्थात गौराअष्टमीका दिन निराहार ब्रत बसेर गौरापर्व मनाउने स्थलमा पार्वती र शिवको पूजा अर्चना गर्छन्।

गौरा पर्वको प्रमुख आकर्षणको रूपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ। त्यतिमात्रै नभएर सामाजिक कुरीति, विकृति–विसंगतीविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ। महिलाहरूले यस अवसरमा आ–आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन्।

गौरा बिसर्जन नगरिएसम्म गौरा घर, विभिन्न चौतारा तथा सार्वजनिक स्थलहरूमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलवद्ध भई स्थानीय लोक भाकामा देउडा, चैतली, धुमरी, ढुस्कोलगायतका भाकामा देउडा खेल खेलेर मनोरञ्जन गर्ने गर्छन्।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्कालाई दुःख–सुख बाँड्नुका साथै सामाजिक सद्भाव कायम गर्ने गरिन्छ। गौरापर्वमा काम विशेषले घर बाहिर गएकाहरू पनि घर फर्कने गर्छन्।

हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन निराहार ब्रत बसेको आधारमा गौरा पर्व मनाउने धार्मिक मान्यता रहँदै आएको छ।

अनुकुल तिथि हेरी बिसर्जन गरिने गौरा पर्वले समाजमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा ब्रत बसि पूजा–अर्चना गर्नाले सुख–शान्ति प्राप्त हुने, ईष्टकुल देवता प्रशन्न हुने जनविश्वास रही आएको छ।

दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरलगायतका सुदूरपश्चिमका जिल्लामा आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुरूप फरक–फरक दिन पारेर गौरा पर्व मनाइने र समापन गर्ने गरिन्छ। सुदूरपश्चिमको मौलिक धार्मिक संस्कृतिलाई समेट्ने गरी मनाइने गौरा पर्व सुदूरपश्चिमसँगै भारतको कुमाउ गढ्वालमा समेत मनाउने गरिन्छ।

प्रदेश बाहिर रहेका सुदूरपश्चिमेलीहरू देउडामा रमाउन फर्किने गर्छन्। गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ।

शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए
फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

भर्खरै

  • १.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • २.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ३.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ४.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ५.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ६.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

  • ७.
    सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ८.
    धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.