• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

बोल्ड कहलिएकी अभिनेत्री, जसले भोगिन् कष्टदायी जीवन


सोमबार, चैत २१, २०७८ मा प्रकाशित

Advertisement

नयाँदिल्ली- दिवार, अमर अकबर एन्थोनी, सुहाग, काला पत्थर, द बर्निङ ट्रेन, शान र कालियाजस्ता चर्चित चलचित्रमा अभिनय गरिसकेकी परविन बाबीको आज ६८औं जन्मोत्सव हो। जुन समय भारतीय अभिनेत्रीहरू साधारण नारीको भूमिकाले चिनिन्थे, त्यही समय परविन आफ्नो बोल्डनेस र पश्चिमी पहिरनले परिचित थिइन्। एक दिन परविन अचानक सिनेमाको सेटबाट हराइन्। उनी हराएपछि उनको सम्बन्ध अन्डर्वर्ल्डसँग हुनसक्ने जानकारी बाहिरिए पनि प्रमाणित भने भएन।

४ अप्रिल १९५४ मा जुनागढ, गुजरातमा परविन बाबीको जन्म वली मोहम्मद खानको घरमा भएको थियो। परविनको जन्म उनका आमा–बुवाको विवाह भएको १४ वर्षपछि भएको थियो। उनी पाँच वर्षकी छँदा उनका बुवाको देहासन भएको थियो। अहमदाबादमा पढाइ गरिरहेकी परविनले मोडलिङमा कदम राखिन्। बोल्ड परविन कलेज पढ्दैदेखि चुरोट सेवन गर्थिन्। एक दिन बोल्ड परविनमा बीआर इसारको नजर प¥यो र उनले परविनलाई अभिनेत्री बनाउने अठोट गरे।

परविनलाई सन् १९७३ मा चलचित्र ‘चरित्र’मा अभिनय गर्ने मौका मिल्यो। उक्त चलचित्र धेरै नचले पनि परविनलाई अन्य चलचित्रबाट भने अफर आउन थालिसकेको थियो।

सन् १९८३ मा परविन एक चलचित्रको सुटिङको सेटबाट अचानक बेपत्ता भइन्। कसैलाई केही जानकारी नदिई परविन हराउँदा अन्डर्वर्ल्डले उनलाई अपहरण गरेको समाचारहरू बाहिरिए। उनका धेरै चलचित्र उनको अनुपस्थितिमै रिलिज भए। ६ वर्षपछि परविन मुम्बई आइन् र आफू अचानक हराउनुको कारण आध्यात्मिक बाटो रोज्नु रहेको बताइन्।

दुःखमा एक्लै

परविनलाई सिजोफ्रेनिया नामक मानसिक रोग लाग्यो। उनको मानसिक अवस्था विस्तारै बिग्रँदै गइरहेको थियो। उनको उपचारका लागि देश–विदेशका नामी चिकित्सकहाँ धाउँदा पनि कुनै हल निस्किएन।

मानसिक स्वास्थ्यका कारण परविनले धेरै कष्टदायी जीवन बिताउनुपरेको थियो। सन् १९८४ मा परविनलाई न्युयोर्क एयरपोर्टमा प्रहरीले पक्राउ गरेर मानसिक अस्पतालमा राखेका थिए। परविन एयरपोर्टमा असामान्य व्यवहार गरिरहेकी थिइन्, जसकारण उनीसँग सोधपुछ गर्दा उनले आफ्नो परिचय दिन सकेकी थिइनन्। त्यसपछि उनलाई हथकडी लगाएर मानसिक अस्पताल पुर्‍याइएको थियो। अवस्थाबारे जानकारी पाउनेबित्तिकै इन्डियन काउन्सिल परविनकहाँ पुग्दा उनी केही नभएजसरी हाँसीरहेकी थिइन्।

परविनको असामान्य व्यवहार देखेर उनीसँग आफन्त, साथीभाइ सबै टाढा भएका थिए। परविन मुम्बईस्थित पेन्टहाउसमा एक्लै बस्न थालेकी थिइन्। उनले मानिससँग घुलमिल हुन पूर्णतया बन्द गरेकी थिइन्।

केही दिनदेखि उनको घरबाहिर दूधका प्याकेट र पत्रपत्रिका जम्मा भएको देखेर २२ जनवरी २००५ मा परविनका छिमेकीले प्रहरीलाई बोलाए। प्रहरीले ढोका तोडेर भित्र जाँदा परविन मृत भेटिइन्। पोस्टमार्टम गर्दा परविनले धेरै दिनदेखि खाना नखाएको पुष्टि भएको थियो।

सोमबार, चैत २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.