• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

आठ वर्षपछि गुड्यो जनकपुर रेल


आइतबार, चैत २०, २०७८ मा प्रकाशित

Advertisement

राष्ट्रिय समाचार समिति

तीन वर्षदेखि पटक-पटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका मधेश प्रदेशका बासिन्दाको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पूरा भएको हो।

नेपाल र भारतबीच सन् २०१० मा भएको सम्झौताअनुसार जयनगर-जनकपुर-भंगाहा-बर्दीवास रेलमार्ग निर्माण तथा विस्तार आयोजना शुरु भएपछि १७ माघ ०७० देखि रेल सेवा बन्द भएको थियो।

आठ वर्ष दुई महिनापछि विधिवत रूपमा रेल सञ्चालन भएको आफ्नै आँखाले हेर्न शनिबार हजारौं सर्वसाधारण बिहानैदेखि जनकपुर रेले स्टेसनमा भेला भएका थिए। प्रचण्ड गर्मीका बावजुद स्कुले छात्रछात्रा घण्टौं लाइनमा उभिएर पाहुनाको स्वागत गर्न स्टेसनमा आएका थिए। सर्वसाधारणको भीड व्यवस्थापन गर्न जनपद र सशस्त्र प्रहरीलाई हम्मेहम्मे परेको थियो।

अपराह्न पौने तीन बजे पाहुनासहितको रेल जनकपुर रेल्वे स्टेसन पुग्दा सर्वसाधारणले जयघोष गरेर पाहुनालाई स्वागत गरेका थिए। नियमित रूपमा रेल सञ्चालनमा आएपछि महोत्तरी विजलपुराका रामपुजन महराले रेल चढी जयनगरसम्म घुमेर आउने योजना आफूले बनाएको बताए। उनले भने, ‘मैले सुनेको यो रेल जनकपुर–कुर्थाबाट एकपटक बिहान जयनगर जान्छ रे। साँझ फेरि फर्किन्छ। त्यसैले म बिहानै रेल चढेर जयनगर जान्छु, साँझ फर्किन्छु भन्ने योजनाका साथ जनकपुर रेल्वे स्टेसनमा आइपुगेको छु।’ आफू यसअघि कहिल्यै रेल नचढेको उनले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शनिबार भर्चुअल माध्यमबाट रेल सेवा उदघाटन गरेसँगै आइतबारदेखि नियमित रेल सेवा सञ्चालन भएको छ। दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल सञ्चालन भएको झाले जानकारी दिए। उनका अनुसार दिनको दुईपटक आउने र दुईपटक जाने गरी समय तालिका निर्धारण गरिएको छ। जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्नेछ।

दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि छुट्ने रेल बिहान १० बजे कुर्था स्टेसन पुग्नेछ भने पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्नेछ। जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको छ।

रेल चढ्न परिचयपत्र अनिवार्य

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुलाई आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने भएको छ। खुल्ला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको कम्पनीका महाप्रबन्धक झाले बताए।

सुरक्षा र खुला सीमालाई दृष्टिगत गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्नेछ। यस्तै, आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ। १० देखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा विद्यालयको फोटोसहितको परिचयपत्र अनिवार्य साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ।

यस्तै, नेपाली रेल चढ्न भारतीय नागरिकले पनि भारत सरकारद्वारा जारी वैध राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचान–पत्र वा कुनै आईडी कार्ड अनिवार्य बोक्नुपर्नेछ।

कति छ रेल सेवाको भाडादर ?

जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको भाडादर कायम गरिएको छ। जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ९० र एसी सिटमा ४५० रुपैयाँ भाडा निर्धारण गरिएको छ। जयनगर–कुर्थासम्मको दूरी करिब ३५ किलोमिटर छ।

यस्तो छ रेलको यात्रु बोक्ने क्षमता

२ असोज ०७७ भारतीय कोंकण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन्। अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको छ। दुवै बोगीले करिब एक हजार ५०० यात्रु बोक्ने क्षमता छ। यसको गति रेलको लिक डिजाइनअनुसार १०० किलोमिटर प्रतिघन्टा रहे पनि जयनगर–कुर्था रेल स्टेसनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघण्टासम्मको गतिमा मात्रै चल्ने कम्पनीले जनाएको छ।

यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो। डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि–पछाडि दुवै दिशातर्फ गुड्छ। अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ। यसको इन्जिन डिजेल र विद्युत् दुवैमार्फत सञ्चालन गर्न सकिन्छ। डिजेलले सञ्चालन हुने मेसिनले उत्पादन गरेको विद्युतमार्फत चल्ने रेललाई डेमु रेल भनेर चिनिन्छ। हाल ३५ किमी दुरीमा रेल सञ्चालन हुनेछ।

कुर्थादेखि बिजुलपुरासम्म थप १७ कीमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ। कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको २–४ महिनामा रेल सञ्चालन गर्न सकिने महाप्रबन्धक झाले जानकारी दिए। ३५ कीमीमा आठ ठाउँमा रेल रोक्न सकिने छ।

एउटा स्टेसनबाट चार पाँच किलोमिटरमा अर्को स्टेसन आउँछ। यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा १०० किमी प्रतिघण्टा छ। मालबाहक गाडीमा भने ६५ कीमी प्रतिघण्टा रहने उनले जानकारी दिए। डेढ वर्षअघि आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन। कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट थन्किएको थियो। अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको हो।

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको हो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ समेत जारी गरिसकेकी छन्।

आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा

जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै मधेस प्रदेशमा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। भारतीय रेल सञ्जालसँग जोडिएकाले भारतका विभिन्न शहरमा नेपालीको सहज पहुँच हुनुका साथै पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए।

आइतबार, चैत २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.