काठमाडौँ । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी २० श्रृंखलामा आज नेपालले पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्ने भएको छ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १२ः३० बजेदेखि हुनेछ ।
Advertisement
लगातार दुई खेल जितेको नेपालले आजको खेल पनि जित्ने लक्ष्य राखेको छ ।
नेपालले यसअघि पीएनजी र मलेसियालाई पराजित गरिसकेको छ ।
पीएनजीविरुद्ध मैदान उत्रँदा नेपालको नजर फाइनलतर्फ हुनेछ । नेपालले पीएनजीलाई हराएमा एक खेल अगावै फाइनलमा स्थान पक्का गर्ने छ ।
पीएनजीका लागि फाइनल सम्भावना कायम राख्न नेपालविरुद्ध जित्नै पर्ने हुन्छ ।
यसअघि नेपालले पीएनजीलाई नै १५ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो ।