Advertisement
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यही चैत १६ देखि १९ गतेसम्म ‘छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८’ को आयोजना गर्ने भएको छ।
कोराना भाइरसका कारण दुई वर्ष रोकिएको दोहोरी प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपको बगैँचामा हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बीजीले जानकारी दिए।
प्रतियोगितामा देशभरका करिब ७० समूहको सहभागिता रहने महासचिव सुवास केसीले जानकारी दिए। प्रतियोगितामा प्रथमलाई दुई लाख २५ हजार, दोस्रो र तेस्रोलाई क्रमशः एक लाख ५० हजार र एक लाख रुपैयाँको पुरस्कार दिइने छ।
प्रतियोगितामा सान्त्वना हुनेलाई समेत नगद ५० हजार, मेडल र प्रमाणपत्रको व्यवस्था छ। उक्त प्रतियोगितामा एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ।