• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

४७ वर्षदेखि एउटै प्रश्नः कहिले बन्छ तीनकुनेमा पार्क? (१० तस्बिरहरू)


सोमबार, चैत १४, २०७८ मा प्रकाशित

Advertisement

मनिष अर्याल

फराकिला र व्यस्त सडकबीच ४७ वर्षदेखि अलपत्र छ, काठमाडौंको तीनकुने पार्क। यहाँ पार्क बनाउने सरकारी योजना विवादमा जेलिएर कार्यान्वयनमा आएको छैन।

उच्चपदस्थ विदेशी पाहुनाको स्वागतका बेला सरकारले यहाँ हतार-हतार जस्तापाताले घेर्दै आएको छ। पाहुना फर्किएपछि फेरि जस्तापाता झिकिन्छ अनि राजधानीको यो केन्द्र अलपत्र पर्छ। एक अनौपचारिक तथ्यांकअनुसार विदेशी उच्चपदस्थ विदेशी पाहुनाको स्वागतका लागि मात्र यो पार्कमा डेढ करोड रुपैयाँ खर्च भइसकेको छ।

यो पार्क अलपत्र पर्नुको एक मात्र कारण यहाँबाट हटाइएका परिवारलाई मुआब्जा वितरणमा कायम विवाद हो। किनकि, यो पार्क क्षेत्र सरकारी जमिन होइन, व्यक्तिहरूले खरिद गरेको जग्गा हो। पार्क बनाउन भन्दै ०३१ सालमा सरकारले अधिग्रहण गरेयता विवाद जारी छ, जुन कहिले सुल्झिन्छ, सरकारलाई पनि थाहा छैन।

तीनकुनेका जग्गाधनीमध्ये कतिपयको जमिन मोही, तलसिङ र गुठीको नाममा पनि थियो। त्यही अप्ठ्यारोका कारण पनि सम्बन्धित जग्गाधनीले समयमै मुआब्जा लिन सकेनन्। त्यसयता सरकारले विवाद सुल्झाउन सकेको छैन। मुआब्जा लिन बाँकी दुई हजार परिवार रहेको स्थानीयवासीको दाबी छ।

पहिलो पुस्ताले माया मारेको जग्गामा सरकारी बेवास्ता र ढिलासुस्तीकै कारण दोस्रो र तेस्रो पुस्ताले हकदाबी गर्दै आएका छन्। तीनपटकसम्म जग्गाको पुनर्मूल्यांकन भइसकेको छ। हालको बजारभाउअनुसार जग्गाको मुआब्जा पाउनुपर्ने स्थानीय बासिन्दाको माग छ।

२०३१ सालमा सरकारले सूचना प्रकाशित गरेर यहाँको जग्गा अधिग्रहण गरेको थियो। ०५२ सालमा लगतकट्टा गरी सबै जग्गा सरकार र सडक विभागको नाममा दर्ता भयो। ०५७ सालमा सरकारी लगतकट्टा साविकमै फिर्ता हुने आदेश सर्वोच्च अदालतले दियो। ०५९ सालमा प्रतिरोपनी ५१ लाख २० हजार मुआब्जा दिने निर्णय गरियो। ०६४ सालमा मुआब्जाका लागि १५ करोड रुपैयाँ काठमाडौं महानगरलाई निकासा दियो, सरकारले। ०६५ देखि ०७० सालसम्म महानगरद्वारा १० करोड ८० लाख मुआब्जा वितरण गर्‍यो। केही जग्गाधनीले मुआब्जा बुझेनन्। ०७० सालमा महानगरले बाँकी रहेको चार करोड १९ लाख सरकारलाई फिर्ता गर्‍यो। ०७६ सालमा जग्गा र मुआब्जा वितरणको विवरण यकिन गरी विवाद समाधान गर्ने निर्णय मन्त्रिपरिषदले गर्‍यो। अनि ०७७ सालमा जग्गा पुनः नापजाँच प्रक्रिया शुरु भयो। तर, अझै तीनकुनेमा पार्क बनाउन जगसमेत खनिएको छैन।

सोमबार, चैत १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.