• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

‘मेरी बाजकली’ गायिका पशुपतिको गीति यात्राः राजस्थानदेखि काठमाडौंसम्म


शनिबार, चैत १२, २०७८ मा प्रकाशित

Advertisement

कैलाली टीकापुरकी पशुपति ताम्राकारको धेरै समय भारतमा बित्यो। उनले अध्ययन पनि नेपाल–भारत दुवैतिर गरिन्। अहिले स्वदेशमै रहेर गीति यात्रा अगाडि बढाइरहेकी छन्।

रेश्मा सिंह

‘धनगढी कैले आउला रेल म त धरान जाने हो, पश्चिममा मेरो छाया ज्यान पूर्वैमा छ माया, छुट्टाउन पर्दा त यो परान जाने हो’ नामक सुमधुर गीतकी गायकी हुन्, पशुपति ताम्राकार।

पछिल्लो समय नेपाली गीत–संगीत बजारमा सुनिँदै आएको नाम हो, पशुपति ताम्राकार। उनले लगातार विभिन्न गीतमा स्वर दिइरहेकी छन्। ‘धनगढी कैले आउला रेल म त धरान जाने हो’ एक वर्ष अगाडि बजारमा आएको गीतलाई युट्युब च्यानलमा करिब ६३ हजार पटक हेरिएको छ। उक्त गीतमा गायिका पशुपतिको स्वरको धेरैले प्रशंसा गरेका छन्।

जन्मथलो नेपाल, भारतमा अध्ययन

कैलाली टीकापुर स्थायी घर भएकी गायिका ताम्राकारको धेरैजसो समय भारतमा बित्यो। उनले अध्ययन पनि नेपाल–भारत दुवैतिर गरिन्। ‘सुदूरपश्चिमका धेरै मानिस रोजगारी र पढाइका लागि भारत जान सजिलो मान्छन्,’ गायिका ताम्राकार भन्छिन्, ‘म सानै हुँदा बुवा रोजगारीको लागि भारत जानुभयो। विस्तारै उहाँसँगै सपरिवार भारत गयौं।’ उनको बाल्यकाल र किशोरावस्था नेपाल–भारत आउजाउ गर्दै बित्यो।

उनले टीकापुरस्थित रहेको शक्ति कर्णाली उच्च माविबाट एसएलसी उत्तीर्ण गरेकी हुन्। त्यसपछि प्लस टु अध्ययनका लागि पुनः भारत गइन् र त्यहाँ उनले मानविकी संकायमा अध्ययन गरिन्। ‘प्लस टु’मा गीत–संगीतसम्बन्धी कुनै विषय नपढे पनि स्तातक तहमा भने म्युजिकअन्र्तगतको भोकल विधामा अध्ययन गरिन्। यससँगै उनले राजस्थान विश्वविद्यालयबाट संगीतमा स्नातकोत्तर सकेर नेपाली, हिन्दी गीत–संगीतमा प्रवेश गरिन्।

‘अनुभव महत्त्वपूर्ण’

प्रायः अभिभावकहरूले पढाइसँगै करिअरलाई पनि अगाडि लैजाऊ भन्ने गर्छन्। तर, धेरैकोे सोच पहिले पढाइ पूरा गर्ने र त्यसपछि करिअरतिर ध्यान दिने भन्ने हुन्छ। तर, जीवन सधैँ आफूले सोचेजस्तो नहुने गायिका ताम्राकार सुनाउँछिन्।

‘संगीत अध्ययन गर्दैगर्दा मलाई ओहो संगीत पढेँ भन्ने थियो,’ उनी भन्छिन्, ‘तर, अहिले आएर संगीतको विद्यार्थी हुँ भन्न लाज लाग्छ। हामीले अध्ययन सँगसँगै आफ्नो अध्ययनको क्षेत्रलाई पनि ध्यान दिनुपर्दो रहेछ। संगीत पढ्दै गर्दा मैले संगीत गुरुसँग कक्षा लिएर साधना गरेको भए धेरै कुरा सिक्ने मौका पाउँथेँ।’ परीक्षामा प्राप्तांक, क्याम्पसकोे डिग्री र प्रमाणपत्रभन्दा पनि कार्यानुभव महत्त्वपूर्ण हुने उनले हाल आएर महशुस गरिरहेकी छन्।

बुवाको पीर

गायिका ताम्राकारको बसाइ नेपाल–भारत दुवै ठाउँमा थियो। त्यसमा पनि उनले धेरै समय भारतमा बिताइन्। उनको भारत बसाइ देखेर उनका बुवालाई छोरीले भारतलाई नै कर्मथलो बनाउलिन् कि! भन्ने पीरलो हुन्थ्यो।

‘मेरो नेपालभन्दा भारत बसाइ बढी भयो,’ उनी भन्छिन्, ‘म गीत–संगीतमा पनि भारततिर भुल्न थालेकी थिएँ। त्यसैले बुवाले भारतीय नागरिकसँग बिहे गरेर छोरी भारतमै बस्छे कि भन्ने सधैँ पीर लिनुहुन्थ्यो।’ उनका बुवालाई धेरै समय भारतमा बस्न मन नभएकाले आफूप्रति सधैँ सजग रहने गरेको उनले सुनाइन्।

हिन्दी गीतमा स्वर

गायिका ताम्राकारले नेपालीलगायत भारतीय गीत–संगीतमा पनि स्वर दिएकी छन्। उनको सोलो एल्बम ‘भजन गीत’ पनि छ। ‘मेयर मैया दी’ नामक एल्बममा आठवटा भजन समेटिएका छन्। त्यसपछि उनको ‘मेयर मैया दी–२’ कुमार राजको कम्पोजिसनमा आठवटा युगल गीत राखिएका छन्।

यस्तै, उनले गाएका नेपाली गीत पनि थुप्रै छन्। ‘धनगढी कैले आउला रेल, तिमी पागल बनाउँछौ, मेरो भाग्य खोटो, बुद्धले देखाएको बाटो, मेरी बाजकली’ लगायत अन्य गीतमा पनि उनको स्वर सुन्न सकिन्छ।

समयसँगै परिवर्तन भयो रुचि

ताम्राकारले संगीत अध्ययन गरेको भए पनि उनको सोच भविष्यमा गएर शिक्षक बन्ने वा सरकारी जागिरमा नाम निकाल्ने थियो। कुनै बेला उनले ‘प्ले ब्याक सिंगर’ हुन्छु सोचेकी पनि थिइनन्। तर, समयसँगै उनको सपनाको बाटो मोडियो। समय बित्दै गएपछि उनी संगीत क्षेत्रमा भिज्न थालिन्।

‘साथीहरू भजन, स्टेज कार्यक्रममा गीत गाउँदा कापीमा सारेर गाउँथे,’ उनी बितेका दिन सम्झिन्छिन्, ‘तर, मैले कहिले कापीमा नोट गरेर गीत गाइनँ। मैले गीतका शब्दहरू मैले चाँडै टिप्थेँ, त्यसैले अरूजना छक्क पर्ने मलाई देखेर। त्यतिबेला आँट गरेर घरबाहिर गएर गीत–संगीत सिकेको भए आजका दिनमा धेरै सहज हुन्थ्यो।’ घरमा नेपाली वातावरण भएकाले भारतमा धेरै स्टेज कार्यक्रमहरू नगरेको उनको भनाइ छ।

शनिबार, चैत १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक
आयुष मगरको ‘कान्छी’ सार्वजनिक ( भिडियो )
‘सोल्टिनी’ मा प्रविन र बिनाको रोमान्स ( भिडियो )
गीतकार सुधा मरहट्टाको ‘छड्के तिलहरी’ सार्वजनिक

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.