काठमाडौँ । देशमा बढ्दै गएको भ्रष्टाचार र बेथितिलाई समेटेर युवा गायक रिवाज सिंह सुनारले ‘देश विकास’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
Advertisement
गीतमा गायक सुनारको स्वर, शब्द र संगीतमा रहेको छ । देशलाई समृद्ध बनाउनका लागि इमान्दार नेताको खाँचो रहेको कुरा समेटिएको गीतको भिडियोमा धुर्व विश्वकर्मा, निश्चल कार्की र प्रमोद श्रेष्ठ फिचर्ड छन् ।
सम्भव सुवेदीले भिडियोलाई छायाँकन र सम्पादन गरेका हुन् । कल्याण थापाको निर्देशनमा भिडियो तयार पारिएका हुन् । गायक सुनारको च्यानल ‘रिवाज सिंह सुनार’मार्फत भिडियो सार्वजनिक भएको हो ।