• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अमेरिकी हिन्दू सैनिकको त्यो संघर्षः पाए युनिफर्ममै टीका तिलक लगाउन छुट


बिहिबार, चैत १०, २०७८ मा प्रकाशित

Advertisement

दर्शन शाह अमेरिकाको हवाई फोर्समा कार्यरत भारतीय मुलका अमेरिकी नागरिक हुन्। उनी अहिले लामो प्रयासपछि ड्युटीको समयमा तिलक लगाउने छुट पाएकाले समाचारमा छाएका छन्।

दर्शन कार्यरत ‘फ्रान्सिस ई. वारेन एयर फोर्स बेस’ले एक प्रेस नोट जारी गर्दै उनलाई युनिफर्मसँगै तिलक लगाउने छुट दिएको बताएको छ। हिन्दू परिवारमा जन्मिएका शाहले जुन २०२० मा सेनाको तालिम शुरु गरेदेखि नै धार्मिक आस्थाका कारण तिलक लगाउन छुट पाउनुपर्ने माग गरिरहेका थिए।

तालिमको समयमा तिलक लाउने माग गर्दा उनलाई प्राविधिक शिक्षालयसम्म पर्खन भनिएको थियो। प्राविधिक शिक्षालयमा सो आग्रह पुनः दोहो¥याउँदा फेरि ड्युटी स्टेसनमा तैनाथ नभएसम्म पर्खन भनिएको थियो। दुई वर्षको प्रयासले अहिले उनको माग पूरा भएको हवाई फोर्सले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

शाह अमेरिकाको वाइओमिङ राज्यस्थित फ्रान्सिस ई. वारेन हवाई फौज आधार शिविरमा एरोस्पेस मेडिकल टेक्निसियन (हवाई क्षेत्रका चिकित्सकीय प्राविधिक) छन्। ‘प्रत्येक दिन तिलक लगाएर काममा जाँदा खुशी लाग्छ। मेरो जितपछि साथीहरूले मलाई बधाइ दिइरहेका छन्। तिलक लगाउने स्वीकृति पाउनका लागि मैले अथक प्रयास गरेको उनीहरूले देखेकाले उनीहरू पनि खुशी छन्।’ तिलक लगाउने अनुमति पाएपछि शाहले बताए।

उनका अनुसार उनले बाल्यकालमा दुई वर्ष हजुरबुवा–हजुरआमासँग बिताएका थिए। उनीहरूकै प्रभावका कारण आफूमा धार्मिक प्रभाव परेको उनले बताए। ‘उहाँहरूले मलाई धर्म, पर्व र परम्पराबारे शिक्षा दिनुभयो। मेरो धर्ममा मात्र होइन, मेरो मातृ भाषा, जुन गुजराती हो, त्यसमा पनि उहाँहरूको सकारात्मक प्रभाव छ,’ शाहले बताए। उनका अनुसार उनले तीन कक्षादेखि तिलक लगाइरहेका छन्।

शाहको भनाइ पनि समेटेर सार्वजनिक गरिएको प्रेस नोटमा उनले निधारमा तिलक चन्दन लगाएपछि मात्र आफ्नो पहिचानले पूर्णता पाएको महशुस गर्ने उल्लेख छ।

प्रेस नोटमा राखिएको शाहको भनाइमा उनले अमेरिकाले उसका नागरिकलाई धार्मिक विश्वास अभ्यास गर्न छुट दिने कुरालाई पनि जोडेका छन्। ‘अमेरिकी संविधानको पहिलो संशोधनले धार्मिक, अभिव्यक्ति तथा शान्तिपूर्ण भेलाको स्वतन्त्रता नदिएको भए मैले यो सफलता पाउने थिइनँ। यो देशमा कसैलाई उसको विश्वासका आधारमा कारवाही गरिँदैन। यही कुराले नै अमेरिकालाई महान बनाएको छ,’ प्रेस नोट अनुसार शाहले भनेका छन्।

बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.