• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अख्तियारको छानविनमा रहेका व्यक्ति तारागाउँ विकास समितिका सदस्य सचिव?


बिहिबार, चैत १०, २०७८ मा प्रकाशित

Advertisement

तारागाउँ विकास समितिको तत्कालिन अध्यक्ष हुँदा अनियमितता गरेको आरोप खेपिरहेका नारदकुमार लुइँटेललाई पुनः सोही समितिको सदस्य–सचिव नियुक्त गरिएको खुलेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रिक्त रहेको तारागाउँ विकास समितिको सदस्य सचिवमा लुइँटेललाई २५ फागुनमा नियुक्त गरेका हुन्।

समितिका पूर्वअध्यक्ष लुइँटेलमाथि अधिग्रहण गरिएको जग्गा समिति मातहत ल्याउनुको साटो पुनः फिर्ता गराउने प्रलोभन देखाएर कमिसन लिएको, उक्त जग्गाको फाइल लुकाएकोलगायत आरोप लागेको छ। उनीविरुद्ध परेको उजुरीमाथि छानविन गर्न अख्तियारले २५ माघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाएको थियो। यस्तै, २४ माघमा राष्ट्रिय सतर्कता केन्द्रले तारागाउँ विकास समितिले लुइँटेलविरुद्ध लागेको आरोपबारे राय प्रतिक्रिया पठाउन पत्राचार गरेको थियो।

मन्त्रालय आफैंले लुइँटेलविरुद्ध लागेका आरोपबारे राय प्रतिक्रिया पठाउन ११ फागुनमा समितिलाई पत्राचार गरेको थियो। तर, समितिले आफ्नो राय पेश गरेकै दिन २५ फागुनमा मन्त्रालयले नै लुइँटेललाई सदस्य सचिव नियुक्त गरेको थियो। नियुक्ति पत्रमा उनको स्थायी ठेगाना सर्लाही हरिवन नगरपालिका–१० उल्लेख छ।

यस्ता छन् लुइँटेलमाथि आरोप

मन्त्रालयले समितिलाई लेखेको पत्रमा काठमाडौं बौद्धस्थित ३५ रोपनी जग्गामा समितिका तत्कालीन अध्यक्ष लुइँटेलले अधिग्रहण गरिएको जग्गा पुनः फिर्ता गराउने भन्ने अवैध शर्तमा कमिसन लिएको आरोप रहेको उल्लेख छ। यस्तै, प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तारागाउँको अध्ययन अनुगमनसम्बन्धी प्रतिवेदनमा होटल हायातनजिकको तीन रोपनी १५ आना जग्गा समितिको कार्यालय निर्माण गर्न निर्देशन दिएकोमा उक्त जग्गालाई लुइँटेलको पालामा समितिको सञ्चालक परिषदसमेतको मिलेमतोमा सपिङ कम्प्लेक्स बनाउने डिजाइन भएको आरोप पनि उनीमाथि लागेको छ।

यस्तै, न्युरोडस्थित रमागृहलाई ३० वर्षको अस्वाभाविक अवधि राखेर सम्झौता गरेको, समितिबाट गरिने योजनाको टेन्डरको प्रक्रियामा पनि करार र ज्यालादारी कर्मचारीलाई संलग्न गराई सेटिङ गराउने गरेको आरोप पनि लुइँटेलमाथि लागेको छ।

अख्तियारको पत्रमा न्युरोडस्थित रमा गृहमा रहेको कार्यालय सारेर सो भवन ३० वर्षका लागि ठेक्कामा दिइएको उल्लेख छ। लुइँटेलकै पालामा रमा गृह ३० वर्षका लागि न्यून भाडा दरमा भाडामा दिएको उजुरी परेको पत्रमा उल्लेख छ। लुइँटेलले कार्यालयको भाडाबाट कमिसन लिने गरेको र वार्षिक ९४ लाख रुपैयाँमा चाँगेस्थान सप्लायर्स नामक कम्पनीलाई सेटिङमा दिई कमिसन खाएको आरोप पनि उजुरीमा लगाइएको छ।

तत्कालीन अध्यक्ष लुइँटेलले संस्थाको हितविपरीत हायात होटलमा बसेर बैठक भत्ता बुझ्ने, संस्थाको सेयर घटाउने कार्य गरेको र जग्गा विवाद राख्ने गरेको उजुरीमा उल्लेख छ। यससँगै सेटिङमा टेन्डर गराउने, चार करोड रुपैयाँभन्दा बढी सम्पत्ति जोडेर घर बनाएको, समितिले सञ्चालन गरेका तीनवटा पोखरी, ककनी र नगरकोटका रिसोर्ट पनि उनको पालामा अस्तव्यस्त बनेको उजुरीमा दाबी गरिएको छ।

बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.