• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

नेपाली रेल सपना : ‘ड्राइ रन’मै खुम्चियो जनकपुर रेल


शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित

Advertisement

जनकपुरधाम- अध्यादेशबाट ल्याएको रेल सञ्चालनसम्बन्धी कानून दोस्रोपटक पनि जनकपुर रेल ‘ड्राइ रन’मै सीमित भएको छ। सरकारले रेल सञ्चालनमा गम्भीरता नदेखाएपछि अध्यादेशबाट ल्याएको कानून कागजको पानामै सीमित हुन पुगेको छ।

रेल कानून नै निष्क्रिय भएपछि कुर्था-जयनगर रेलको यात्री सेवा पुनः अनिश्चित हुन पुगेको हो। १ फागुनदेखि जनकपुर रेलको नियमित ड्राइ रन सञ्चालन हुन थालेको थियो। तर, रेल सञ्चालनसम्बन्धी कानून नै निश्क्रिय बन्दा नियमित यात्री सेवा शुरु हुनै नसकेको हो। अहिले ड्राइ रनको समय पनि कटौति गरिएको छ।

कुर्थाबाट जयनगर ओहोरदोहोर गर्न दैनिक एक सय ३० लिटर डिजेल खर्च हुने गरेको छ। तर, यात्रुबिनै रेल चल्ने भएपछि दैनिक खर्च बढेको छ। सोही कारण खर्च कटौति गर्न अब महिनाको १५ दिन मात्र ड्राइ रन गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

उक्त रेल सञ्चालनका लागि गत माघमा रेलमार्गका विभिन्न पोस्टका लागि ६५ जना कर्मचारी भर्ना गरिएको थियो। तर, रेल सञ्चालनमा नआउँदा उनीहरू काम नगरी तलब लिने कर्मचारीमा रूपान्तरित भएका छन्।

‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ। कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्,’ महाप्रबन्धक झाले नेपाली हेडलाइनसँग भने, ‘भाडादर पनि निर्धारण भइसकेको छ। तर, सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि नियमति सेवा दिने कुरामा अझ अन्योल बढेको छ।’

जनकपुर-कुर्था-जयनगर प्रतियात्रु सामान्य सिटमा ७० र वातानुकुलित डब्बामा तीन सय रुपैयाँ भाडा निर्धारण गरिएको छ। १४ माघमै रेल सञ्चालनसम्बन्धी अध्यादेश निष्क्रिय भएको झाले जानकारी दिए।

‘आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाउने छौँ,’ महाप्रबन्धक झाले भने, ‘सरकारले कानून नबनाएसम्म एक दिन बिराएर बिनायात्रु रेल सञ्चालन हुन्छ।’

‘ड्राइ रन’ सफलतापूर्वक सञ्चालन भइरहे पनि जनचेतनाको अभाव देखिएको उनले बताए। ‘पशु चौपाया अझै लिकमै हुन्छन्, जसका कारण अहिले ४५ मिनट ढिलो भइरहेको छ,’ उनले भने, ‘रेलवे लिक क्रस गरी बनाइएको बाटोले गर्दा स्लो गतिमा रेल चलाउनुपरेको छ। खाली ठाउँमा ५० र बजार क्षेत्रमा १० देखि १५ किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने गरेको छ।’

भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनबाट खरिद गरिएका दुई सेट रेल २ असोज ०७७ मा नेपाल ल्याइएको थियो। ती रेल सेटको मूल्य ८४ करोड ६५ लाख रुपैयाँ छ। तामझामसहित ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनर्वामा त्रिपाल ओढाएर राखिएको थियो। यी रेलमा एक वातानुकुलितसहित ४-४ वटा बोगी छन्।

शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.