• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

राजनीतिक दलमाथि डा. भट्टराईको विश्लेषण : एउटै पेन्सिलका टुक्रादेखि रुढीवादीसम्म


शनिबार, फागुन २८, २०७८ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई संघीय परिषद्को बैठकमा राजनीति दस्तावेज पेश गरेका छन् । उनले पेश गरेको दस्तावेजमा आगामी निर्वाचनमा आफ्नो पार्टीको चुनावी अभियानदेखि राजनीतिक दलहरूमाथि समेत समीक्षा गरेका छन् ।

Advertisement

अध्यक्ष डा. भट्टराईले नेपाली कांग्रेसलाई पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने पार्टीका रुपमा लिएका छन् । यस्तै, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत साना कम्युनिष्ट पार्टीका बारेमा समेत व्याख्या गरेका छन् ।

यस्तो छ, राजनीतिक दलमाथि डा. भट्टराईले पेश गरेको दस्तावेज

नेपाली काङ्ग्रेस

वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल हो । औपचारिक तवरले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ सालयताका उसका कुनै पनि व्यवहार र एजेण्डाले कांग्रेस समाजवादी दल भएको पुष्टि हुँदैन ।

मूलतः यो दलले नवउदारवादी आर्थिक नीति अवलम्बन गर्ने गरेको छ । यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो । परिस्थितिवश गणतन्त्रमा आयो । संघवाद र समावेशी लोकतन्त्रलाई अझ जीवन्त, ठोस र मूर्त बनाउने जनताको चाहना र प्रयासमा यो दलले अवरोधको काम गरिरहेको छ ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको समानता–यी दुबै मूलतः लोकतान्त्रिक धारका दल हुन् । तर, कांग्रेस ‘उदार लोकतन्त्र’ मा विश्वास गर्ने दल हो भने जसपा ‘समावेशी लोकतन्त्र’ मा विश्वास गर्ने दल हो । कांग्रेस संसदीय प्रणालीमा विश्वास गर्ने दल हो भने जसपा सहभागितामूलक, प्रत्यक्ष र समानुपातिक प्रणालीमा विश्वास गर्ने दल हो ।

कांग्रेस नवउदारवादी आर्थिक नीतिमा विश्वास गर्ने दल हो भने जसपा सामाजिक उत्तरदायित्वसहितको बजार अर्थतन्त्र अर्थात् ‘बजार–समाजवाद’ मा विश्वास गर्ने दल हो । कांग्रेस परोक्षरप्रत्यक्ष देशको एकात्मक, एकल जातीय, एकभाषिक नीतिलाई प्रतिरक्षा गरिरहेको छ भने जसपा बहु साँस्कृतिकतावादको पक्षमा दृढतापूवर्क उभिएको छ ।

कांग्रेसले उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नलाई अझै आत्मसात गर्न सकेको छैन भने जसपा यी सवालको मुख्य संवाहक दल हो । कांग्रेस र जसपा बीचका यी मुख्य भिन्नता हुन् ।

लोकतन्त्रको विश्वव्यापी मूल्य मान्यताको रक्षाको प्रश्नमा कांग्रेससँग जसपाको सहकार्य हुन सक्दछ । बाँकी प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुन्छ ।

नेपाल कम्युनिष्ट पार्टीका घटकहरु

नेपालमा दर्जनौं कम्युनिष्ट समूह छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ठूला कम्युनिष्ट समूह हुन् । साना कम्युनिष्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसदमा प्रतिनिधित्व गर्दछन् । संसदमा नभएका नेकपाका अन्य घटकहरु वैद्य, विप्लब, आहुति, माले आदि अनेक समूहहरु छन् ।

यी सबै समूहको विचार र उत्पत्तिको आधार एउटै हो । यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ‘नयाँ जनवादी क्रान्ति’ र माओ त्से–तुङ विचारधारारमाओवादबाट प्रभावित छन् । यी सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन् । तसर्थ हाम्रो पार्टीको दृष्टिकोणमा नेकपाका घटकहरु आधारभूत रुपमा उस्तै हुन् । एउटै पेन्सिलका फरक फरक टुक्रा मात्रै हुन् ।

तर, तात्कालिक विचार, कार्यनीति र कार्यदिशाका दृष्टिकोणले यिनीहरु बीच केही भिन्नता पनि छ । सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’ मार्फत् ‘संसदीय प्रणाली’ को बाटो समात्यो । माओवादी केन्द्र एमालेसँगको एकता, नेकपा ९नेकपा० को निर्माण र विभाजनपछि झण्डैझण्डै त्यही स्थितिमा पुगेको छ ।

औपचारिक रुपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलक विचारधारा माओवादी केन्द्रसँग बाँकी छैन ।

हाम्रो पार्टीको दृष्टिकोणमा एमाले मूलतः बहुदलीय जनवादमार्फ्त नेपाली कांग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रुपान्तरण भएको छ । कांग्रेस र कम्युनिष्टको ब्राण्डनाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता पाउन गाह्रो छ । कांग्रेस र एमाले एउटै सिक्काका दुई पाटा जस्तै हुन ।

दुबै दलले वर्तमान संविधानलाई संसारको उत्कृष्ट संविधान भन्दै दीपावली गरेका थिए । दुबै दल संघीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामूलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिन्छन् । कांग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमालेले कुनै तात्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न सकेको छैन ।

उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिन्छ । तर, यी सवालमा पनि माओवादी केन्द्रले अवसरवादी नीति अख्तियार गर्ने गरेको छ । एमालेसँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमाले जस्तै भएको थियो । बाँकी प्रश्नमा भने माओवादी झनै अनुदार, सङ्कीर्ण, शास्त्रीय र अवसरवादी वामपन्थी समूहका रुपमा देखिएको छ ।

नेकपा एकीकृत समाजवादीको विचार, सिद्धान्त र एजेण्डा के हो, त्यो एमाले र माओवादी केन्द्रसँग के कति कारणले समान वा फरक भन्ने अझै प्रष्ट छैन । केपी शर्मा ओलीको असंवैधानिक संसद विघटनसँग विमति राखेको एमालेबाट फुटेको दल भएको हुँदा यसको विश्लेषण पद्धति आधारभूत रुपमा एमालेको जस्तै छ । यो दलले कुन बाटो रोज्छ, यसको राजनीतिक भविष्य के कस्तो हुन्छ अझै केही समय पर्खेर हेर्नुपर्दछ । सोही बमोजिम कुन हदसम्म सहकार्य गर्न सकिन्छ वा सकिँदैन, निर्णय गर्दै जानु पर्ने हुन्छ ।

एमसीसी प्रकरणमा यी तीन वटै कम्युनिष्ट समूहले चरम अस्थिरता, अवसरवाद र द्वैध चरित्र प्रदर्शन गरे । देशको अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यको विश्वसनीयता र प्रतिष्ठा, भूराजनीति र विकासजस्तो गम्भीर र संवेदनशील विषयमा समेत सस्तो राजनीति गरे ।जनता र विश्वको आँखामा आफैंलाई अविश्वसनीय र नाटकी सिद्ध गरे ।

साना वामपन्थी वा कम्युनिष्ट समूहरुमा कुनैउल्लेखनीय नयाँ विचार र सिर्जनशील क्षमता देखिएको छैन । तिनीहरुसँग देशको राजनीतिक कार्यदिशालाई प्रभावित गर्न सक्ने क्षमता देखिन्न । शास्त्रीय साम्यावादको विश्व असफलतापछि पनि पुरानै वैचारिक आग्रह छोड्न नसकेको कारणबाट उत्पन्न कुन्ठा, निराशा, हतासा, विम्रभ र उद्धिग्नताबाहेक साना वामपन्थी समूहसँग थप कुनै गुण देखिन्न ।

समग्रमा नेपालका सबै साम्यवादी समूहका साझा समस्या छन । विश्व साम्यवादी आन्दोलनमा आएको व्यापक उतारचढाब, पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्य असान्दर्भिक बनेको अवस्था, विश्व इतिहासप्रति सृजनशील आलोचनात्मक चेतको कमी, कतै पलायन र विर्सजन, कतै जडता र रुढताले नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको छ ।

एकातिर उनीहरुले माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । अर्कोतिर यी विचारको विश्व सान्दर्भिकता, व्यवहारिक प्रयोग र प्रयोजनशीलताबारे व्यापक अन्यौल, अविश्वास, निरासा र हिनताभाष व्याप्त छ । यही वैचारिक रन्थनाहट बीच कतिपयलेआफूलाई ‘दार्शनिक तथा वैचारिक कम्युनिष्ट नभएर केवल राजनीतिक रुपमा मात्र ‘कम्युनिष्ट’ भएको बुुझिदिन आग्रह गर्दै आएकाछन् ।

नेपालका कम्युनिष्ट समूहहरुसँग अब कुनै आशा, अपेक्षा र भरोसा राख्न सकिन्न । आफै भ्रमित व्यक्ति, आन्दोलन र संगठनले देश र जनताको सही नेतृत्व गर्ने कुरै हुँदैन ।लोकतन्त्रको विश्वव्यापी मान्यताप्रति पनि उनीहरु प्रतिबद्ध छैन । देशको सामाजिक विविधतालाई सम्बोधन गर्ने विधि संघवाद, समावेशिता, समानुपातिककता, बहुसाँस्कृतिकतावाद, सामाजिक न्याय, आरक्षणआदि सवालप्रति पनि वामपन्थी समूहहरु खासै सकारात्मक र प्रतिबद्ध छैनन ।

कम्युनिष्ट समूहहरुबाट सन्तुलिन अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिक जटिलताको सम्बोधन पनि सम्भव देखिन्न । नत यिनीहरुसँग कुनै ठोस आर्थिक नीति तथा विकास र समृद्धिको मोडेल नै छ ।सरकारमा भएका बेला यिनीहरुले पनि आसेपासे पुँजीवाद, भ्रष्टाचार, कमिशनखोरीकै अभ्यास गर्दै आएका छन् ।

समग्रमावामपन्थी तथा कम्युनिष्ट समूहहरुको देशको अग्रगामी रुपान्तरण, समतामूलक समृद्धि र समावेशी विकासको मार्गमा जानेर, नजानेर व्यवधानजस्तो बन्न पुगेका छन् ।

राप्रपा

राप्रपारराप्रपा नेपाल रुढीवादी धारको प्रतिनिधि दल हो । पूराना शासक वर्ग र परिवार– राणा, शाह र पञ्चहरुको विरासतको गर्भबाट यो दलको उदयर अस्तित्व कायम भएको हो । जनतामा निहितधार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने यो दल पछिल्लो चुनावमा निक्कै कमजोर भएको छ । पछिल्लो समय ‘एकता महाधिवेशन’ गरेको यो दल महाधिवेशन लगत्तै विभाजित भएको छ ।

शक्तिले सानो भए पनि विचारले यो दल सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल हो । यो मूलत लोकतन्त्रविरोधी, सामन्ती तथा रुढीवादी निरंकुशतावादी विचारको दल हो ।यो दल लोकतन्त्र, गणतन्त्र, संघवाद, समावेशिता, समानुपातिकता, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, बहुसाँस्कृतिवाद, समाजवाद र धर्मनिरपेक्षताको विरुद्धमा छ ।

यो दलले बेलाबेला ‘राजा आऊ, देश बचाऊ’ जस्ता भ्रम फैलाउने गर्दछ । लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्न अनेक कुतर्क र प्रोपागण्डा गर्ने गर्दछ । त्यसो हुने कुनै सम्भावना छैन । तथापि यो दलले छर्ने अनावश्यक भ्रम चिर्न हाम्रो पार्टी निरन्तर चनाखो रहनु पर्दछ ।

लोसपा

हाम्रो पार्टीबाट चोइटिएको एउटा समूहले लोकतान्त्रिक–समाजवादी पार्टी (लोसपा) गठन गरेको छ ।यो दलसँगविचार, सिद्धान्त र एजेण्डाको प्रष्टता छैन । मूलतः प्रतिगमनकारी ओली सरकारलाई साथ दिने कि नदिने भन्ने प्रश्नमा मतभिन्नता भई यो समूह हामीबाट चोइटिएको हो ।

ओली सरकारको दुइदुई पटकको असंवैधानिक संसद विघटन गलत थियो, ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहारबाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टीबारे थप विश्लेषण गरिरहन आवश्यक देखिन्न ।

  • राजनीतिक दल
  • लाेकतन्त्र
  • विचार
शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.