काठमाडौँ । भारतमा अलपत्र परेका एक पुरुषलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । संयुक्त नेपाली महासंघका सल्लाहकार जगत बहादुर सिंहको नेतृत्वमा कास्कीका जीवन गुरुङलाई उद्धार स्वदेश फर्काइएको हो ।
Advertisement
स्वास्थ्य अवस्था ठिक नभएको गुरुङको उद्धारका लागि महासंघका केही पदाधिकारी भारतमा समेत पुगेका थिए । सोही क्रममा महासंघका अध्यक्ष धिर रावलको टोलीले शनिबार राति पीडित व्यक्तिलाई कास्मिरसम्म ल्याइदिएका थिए ।
उनलाई आज नेपाल ल्याइपुर्याको हो । यसका लागि केही व्यक्तिहरूले आर्थिक सहयोग गरेका थिए ।