काठमाडौँ । सिंगापुरको नाम सुनेपछि धेरै मानिसको मस्तिष्कमा आउने चित्र हो, आलिशान घर-सुन्दर भौतिक संरचनाहरू । तर, आलिशान घरहरूका बीच एक जना व्यक्ति यस्ता छन् । जसले आफ्नो सबै सुविधा छाडेर घाना जंगलमा जीवन बिताए ।
ओ गो सेङ नाम गरेका ती वृद्ध करिब तीन दशकदेखि जंगलमा बस्दै आएका छन् । उनलाई भेट्ने जो कोही पहिले उनको आँखाको चमक देखेर दंग पर्दछन् । उमेरले ७९ वर्ष पुगेका व्यक्ति आँखाको चमक ताजै थियो ।
यस महिनाको शुरुआतमा सेङ जंगलमा बस्दै आएको खबर सिंगापुरमा भाइरल भयो । धेरै मानिसहरू उनको जीवनी देखेर हैरान भए । धेरै मानिसहरूले कसैको सहाराबिना ३० वर्षसम्म उनी कसरी जंगलमा बस्न सके भन्ने प्रश्नहरू गरे ।
क्रिसमसको अवसरमा सेङ समान बेचिरहेका थिए । जबकि, त्यस समयमा कोरोना महामारीका करण बजार बन्द जस्तै थिए । तर उनले फूलहरू बेचिरहेका थिए ।

यसैबीच सेङ र एक ग्राहकबीच एक सिंगापुरी डलरको सामानका लागि विवाद भएको थियो । यस क्रममा त्यहाँ प्रहरी आइपुगे र उनका सबै सामान जफत गरी लगेर गए ।
उनको सामान लगेसँगै विवियन प्यान साह्रै रिसाएका थिए । उनी भन्छन्, ‘म चाहन्थे कि सेङ यस दिन खाली हात घर नफर्किउन्, तर मैले यो कुरा पनि जानेको छु कि( सिंगापुरको सडकमा कुनै सामान बेच्न कानुनले दिँदैन ।’
विवियनले यस घटनालाई भिडियो बनाएर आफ्नो फेसबुकमा पोस्ट गरे । जुन भिडियो तुरुन्तै भाइरल बन्न पुग्यो । यसका साथै सेङको बारेमा स्थानीय सांसदलाई जानकारी गराइएको थियो । जब, सांसद लियाङ्ग एङ्गले उक्त कुरा थाहा पाए- उनले यो घटना धेरै ठूलो भएको महसुस गरे ।
सुरुका दिनमा सेङ सनगेई तेङ्गाह नामक एक गाउँमा आफ्नो परिवारसँग बस्दै आएका थिए । सन् १९८० को दशकमा उक्त गाउँमा अग्ला-अग्ला घर बन्ने भए । गाउँ पूरै उजाड हुन पुग्यो । अधिकांश गाउँबासीले नयाँ घर पाए । तर, सेङले नयाँ घर पाउन सकेनन् । उनी घरविहीन भए ।
उनका भाइले सरकारी फ्लाट पाए । उनको भाइले सेङलाई आफैसँग बस्न भनेका थिए । तर, उनले आफू भाइसँग बसेर उनको परिवारमा बोझ नबन्ने भन्दै नजिकैको जंगलमा गएर बस्न थाले ।
उनले त्यहाँ ठूलो रुखको मुनी एक टेण्ट राखेर बस्ने व्यवस्था बनाए । जसले उनलाई सिंगापुर गर्मी र वर्षाबाट समेत केही राहत हुन थाल्यो । सेङले आफू एक्लै बस्दै आए पनि कुनै समस्या नभएको बताएका छन् । उनले आफूले गरेका कामहरूमा सन्तुष्ट रहेको बताए ।
सिंगापुरमा बेघर ?
सेङ आफूले जम्मा गरेको पैसाले डुंगा सयर गर्ने गरेका छन् । उनी समय मिलाएर इण्डोनेशिया जाने गरेका छन् । त्यहाँ उनले तसिचसँग भेट्ने गरेका छन् । उनीहरूको एक जना छोरी रहेका छन् ।

हरेक हप्ता इण्डोनेशिया जाने गरेका सेङ सिंगापुर नै फर्किने गरेका छन् । उनको पत्नी र छोरी रहेका छन् । तर, उनी एक्लै सिंगापुरमा बस्दै आएका छन् । उनको छोरी अहिले १७ वर्षकी भइन् ।
हाल, सेङले परिवारलाई आर्थिक मद्दत गरिरहेका छन् । उनले हरेक महिना पाँच-छ सय सिंगापुरी डलर इण्डोनिशिया पठाउँदै आएका छन् ।
सिंगापुरमा बेघर हुने व्यक्ति दुर्लभ हुने गरेका छन् । दुनियाँका सबैभन्दा धेरै धनी भएका मानिसहरू सिंगापुरमा बस्दै आएका छन् । विश्व बैंकको ताजा आँकडाअनुसार एक जना सिंगापुरी नागरिकको सरदर वार्षिक आम्दानी ६० हजरा अमेरिकी डलर रहेको छ ।
पहिलोपटक देखे टिभी
स्थानीय सांसदको टिमको सहायतामा सेङले यसै वर्षको फेरअरीमा नयाँ घर पाएका छन् । सांसदले भने, ‘आगामी दिनमा समेत सेङलाई मद्दत हुने छ ।’
सेङले जुन घर पाएका छन्( त्यसमा एक बेडरूम रहेको छ । जसमा उनको साथ अर्को एक जना व्यक्तिसमेत हुने छ । घरमा फ्रिज, टेलिभिजन जस्ता सामान रहेका छन् । तीन दशकमा पहिलोपटक उनले टेलिभिजन देखे । यस्तै, आफ्नो सबै परिवारसँग मिलेर चाड मनाए । बिबिसी हिन्दीबाट