Advertisement
लोपोन्मुख जातिको रूपमा सूचीकृत तराईमा बसोवास गर्ने धागड जातिको धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न वीरगञ्जमा अभियान शुरु भएको छ।
‘हाम्रो संस्कृति हाम्रो अभियान, धागड समुदायको संस्कृति प्रबर्द्धनमा युवाको अभियान’ कार्यक्रमअन्तर्गत सोमबार वीरगञ्ज–३१ सोलखपुरमा धागड समुदायको भेषभुषा, संस्कृति र परम्पराको झाँकी, नृत्य प्रस्तुत गरिएको थियो।
वीरगञ्ज महानगरपालिका, एसियन फर पिस रिसर्च एन्ड डेभलपमेन्ट, शान्ति मेलमिलाप केन्द्रद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रमको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले उद्घाटन गरे।
अल्पसंख्यक पिछडिएको जनजातिको रूपमा रहेको धागड समुदायको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ र ३२ मा बसोवास छ।