Advertisement
बलिउड अभिनेता अमिताभ बच्चनले दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बिक्री गरेको छन् । दिल्लीमा पिता हरिवंश राय बच्चन र आमा तेज बच्चन बसेको घर अभिताभले २३ करोड भारुमा बेचेका हुन्।
यो घरको नाम सोपान थियो। गुल्मोहर पार्कमा रहेको घर अमिताभले किन बेचे भन्ने बताएका छैनन्। अमिताभको यो घरलाई अभ्नी बडेरले खरिद गरेका छन्। ४१८ स्क्वायर मिटरमा फैलिएको घर अमिताभले गत ७ डिसेम्बरमा बेचेका हुन्।
अमिताभ मुम्बई आएपछि उनका माता-पिता पनि उनीसँगै आएका थिए। घर पुरानो भएकाले पनि अभ्नीले अब यसलाई नयाँ ढंगले तयार पार्नेछन्।
अमिताभको मुम्बईमा चारवटा घर छन्। तीमध्ये अमिताभ र उनको परिवार जलसामा बस्दै आएका छन् । दुबईमा पनि उनको भिल्ला छ।