• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

प्रधानमन्त्रीको आग्रहपछि आन्दोलनको मोडल परिवर्तन, बन्चरेडाँडामा फोहोर लैजान सहज


शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित

काठमाडौं-  बञ्चरेडाँडा ल्याण्डफिल्डसाइट प्रभावित श्रेत्र सरोकार समितिले आगामी असोज १ गतेदेखि गर्ने भनेको आन्दोलनको स्वरूप परिवर्तन गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरोकार समििितले यसबीचमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले सहमति कार्यान्वयनको आश्वासन दिएकाले आन्दोलनको मोडल परिवर्तन गरिएको बताएको हो ।

Advertisement

बन्चरेडाँडा ल्याण्डफिल्डसाइट प्रभावित क्षेत्र सरोकार समितिले गत भदौ ११ गते पत्रकार सम्मेलन गरी उक्त स्थानमा असोज १ गतेदेखि सदाको लागि फोहोरमैला निषेध गर्ने घोषणा गरेको थियो । उक्त घोषणपछि प्रधानमन्त्री कार्यालयदेखि लिएर हरेक कार्यालयहरुमा त्यहाँका समस्याको बारेमा ध्यानाकार्षण गराउँदा सरकार सकारात्मक देखिएको संयोजक श्रीराम ढुंगानाले बताए ।

‘हामीले ११ गते पछाडि धेरै सरकारी कार्यालयहरु, प्रधानमन्त्री कार्यालदेखि लिएर हरेक कार्यालयहरुमा हाम्रा समस्याको बारेमा ध्यानाकार्षण गरायौं । १ गतेको बन्द आल्दोलन आउनुभन्दा अगाडि नै नेपाल सरकार मन्त्रिपरिषद र सहरी विकास मन्त्रालयबाट हामीलाई पत्राचार गरेर तपाईँहरुका अहिलेसम्मका समस्याहरु हामीले निर्णय गरेपनि सम्बोधन गर्न सकिएको थिएन । तत्कालैदेखि शीघ्र कार्यान्वयनको प्रक्रियामा नेपाल सरकारकाले कार्यान्वयनका लागि निर्देशन गरिसकेको र सम्बन्धित मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको हुनाले १ गतेबाट गर्ने भनिएको आन्दोलन फिर्ता लिएर नेपाल सरकारलाई सहयोग गर्न भनिएको छ,’– संयोजक ढुंगानाले भने ।

सरकारले ‘पीडितको समस्या समाधानका पक्षमा काम गर्न गइरहेका छौं’ भनेर आन्दोलन स्थगन गर्न अनुरोध गरेपछि आफूहरुले आन्दोलनको मोडल परिवर्तन गरेको उनको स्पष्टोक्ति छ । उनले विगतका सहमति कार्यान्वयन गर्ने र अहिले प्रस्ताव गरेका कुराहरु स्वीकार गर्ने निकाय नेपाल सरकार नै भएकाले आन्दोलनको मोडल परिवर्तन गरेर रचनात्मक रुपमा दवाब दिन लागिएको बताए । आन्दोलनको मोडल परिवर्तन भएपनि सहमति कार्यान्वयनको अन्तिम चरण नभएसम्म रचानात्मक रुपमा दवाब दिइरहने उनले बताए ।

मानव बस्तीरहित ल्याण्डफिल्डसाइट विकास गर्ने, फोहोरमैला र प्रदूषणरहित बस्ती विकास गर्ने, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी कार्यान्वयन गर्ने विगतका सहमति र फोहोरमैला विकास प्राधिकरण गठन गर्ने प्रस्तावलाई नेपाल सरकारले कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताए ।

आगामी आन्दोलनहरु असोज १ गतेदेखि २० गतेसम्म सरकार र मातहतका मन्त्रालयमा पत्रद्वारा र अन्य रचनात्मक कार्यहरुलाई निरन्तरता दिइने उनले बताए । असोज २१ गतेदेखि विहान ६ बजेदेखि दिउँसो ११ बजेसम्म फोहोरमैला ढुवानीका साधनहरुलाई

ल्याण्डफिल साईट प्रवेशमा रोक लगाउने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि सहरी विकासमन्त्री सीता गुरुङसम्मलाई सुध्रिनका लागि एक महिनाको समय दिइएको संयोजक ढुंगानाले बताए । आफूले लेखेको पत्रको खिलाफमा सरकार गएमा त्यसको परीणाम नराम्रो हुने उनको चेतावनी छ ।

काठमाडौं महानगरपालिकाको कार्यदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले हालै बँञ्चरेडाँडा ल्याण्डफिलसाईट प्रभावित क्षेत्रको वातावरणीय प्रदूषण नरहेको उल्लेख गरेकोप्रति उनले आपत्ति जनाए ।

महानगरले सत्यतथ्य लुकाउने उद्देश्यले गन्ध निरोधक औषधी प्रयोग गरेर प्रभावित क्षेत्र दूषित तथा नकारात्मक प्रभाव नरहेको भन्ने प्रतिवेदन लेख्न दवाब दिएको सरोकार समितिको आरोप छ । महानगरको उक्त कार्य मानवताविरोधी अपराध रहेको बताउँदै संघर्ष समितिले अन्तराष्ट्रिय विधिविज्ञान प्रयोगशालाद्वारा प्रदूषण मापन गराउन मागसमेत गरेको छ । काठमाडौं महानगरले कार्यान्वयन गर्नुपर्ने विभिन्न सात बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् ।

काठमाडौं महानगरपालिका समेतले कार्यान्वयन गर्नुपर्ने प्रस्तावहरु

१. २०७४ जेष्ठ २३ गते काठमाडौं महानगरपालिकासमेत स्थानीय जनप्रतिनिधिहरुले मध्यरातमा गरेका सहमतिहरु ३ महिनाभित्रमा कार्यान्वयन अनिवार्य रुपमा गर्नुपर्ने ।

२. २०६२ सालदेखि २०८० साल सम्मको अवधिमा फोहोरमैला ढुवानी प्रयोजनका सवारी साधनहरुले लापरवाहीका कारणबाट दुर्घटना गराएर मारिएका मानिसका परिवारहरुको प्रत्येक एक जनालाई सेवामा नियुक्ति गर्नुपर्ने ।

३. २०६२ जेष्ठदेखि २०८० सालसम्म प्राणघातक फोहोरमैला अव्यवस्थित रुपमा थुपारेका कारण वरपरका गाँउहरु कोल्पुखोला आधार क्षेत्रमा कृषि, उद्योग, मानव स्वास्थ्य लगायतमा वार्षिक २ अर्बभन्दा बढिको क्षेति काठमाडौं महानगरपालिकासमेतले भुक्तानीको व्यवस्था गर्नुपर्ने ।

४. ल्याण्डफिल साईटका कारणले नकारात्मक प्रभाव परेको कोल्पुखोला आधार क्षेत्रका नागरिकहरु करिब ३०० जना लाई सरकारी र गैर सरकारी, महानगरपालिका र नगरपालिकाहरुमा रोजगारी मिलाईने छ भनी २०५३ भाद्र २८ गते स्थानीय विकास मन्त्रालयमा गरेको सहमती कार्यान्वयन गनुपर्ने ।

५. फोहोरमैला ढुवानी प्रयोजनका लागि प्रयोग हुने तीनपिप्ले बँञ्चरेडाँडासम्मको सडक व्यक्तिहरुका नाममा जग्गाधनी प्रमाणपूर्जा रहेकोले लगत कट्टी गरी काठमाडौं महानगरपालिका र उपत्यकाका नगरपालिकाहरु समेतले मुआब्जा भुक्तानी गर्नुपर्ने ।

६.२०७८ कार्तिक १५ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प.सं ०७८÷ ७४ च. नं. भौ. पु ६२१ – ३०७६को २१ बुँदाको निर्णय अविलम्ब कार्यान्वयन गर्नुपर्ने ।

७. २०६६ ÷ २०६७ मा वन तथा वातावरण मन्त्रालयको मिति २०६३÷०२÷१५ को च.न २५ बुँदा नं. क, ख, ग, घ, ङ, च मा उल्लेख गरिएको शर्तहरु शीर्घ कार्यान्वयन गर्नुपर्ने ।

संघर्ष समितिका सदस्य एवं प्रभावित क्षेत्रका स्थानीयबासी हरि लामाले प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयबाट पत्र प्राप्त भएकाले आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताए । काठमाडौं महानगरले फोहोर व्यवस्थापनको विषयलाई गम्भीर रुपमा नलिएको र पीडितहरुसँग संवाद गर्न नचाहेको उनको अरोप छ ।

शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

भर्खरै

  • १.
    तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

  • २.
    रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

  • ३.
    माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

  • ४.
    पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

  • ५.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ६.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

  • ७.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • ८.
    सुनचाँदीको मूल्य बढ्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.