• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा


    Avatar photo
आइतबार, साउन १०, २०८३ मा प्रकाशित

सोल- दक्षिण कोरियामा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा समितिको बैठकले ग्रीसको प्रसिद्ध माउन्ट ओलम्पस तथा जापानका प्राचीन राजधानी आसुका र फुजिवारालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ ।

Advertisement

बुसानमा बुधबारसम्म चल्ने समितिको बैठकले दक्षिण सुडानको ‘बोमा–बाडिङ्गिलो माइग्रेटरी ल्यान्डस्केप’लाई पनि विश्व सम्पदा सूचीमा समावेश गरेको छ । विश्वकै सबैभन्दा ठूलो स्थलीय स्तनधारी जीवको बसाइँसराइ हुने क्षेत्रमध्ये एक मानिने यो स्थल दक्षिण सुडानबाट विश्व सम्पदा सूचीमा समावेश भएको पहिलो सम्पदा हो ।

बाह्रौँ ओलम्पियन देवताको पौराणिक बासस्थान मानिने माउन्ट ओलम्पसलाई सांस्कृतिक तथा प्राकृतिक दुवै महत्व बोकेको मिश्रित सम्पदाका रूपमा सूचीकृत गराउन ग्रीसले गरेको १२ वर्ष लामो प्रयासले सफलता पाएको हो । समुद्री सतहबाट दुई हजार ९१८ मिटर उचाइमा रहेको यो हिमाललाई प्राचीन ग्रीक मिथकमा देवताका राजा जियसको सिंहासन मानिन्थ्यो । यहाँ जैविक विविधता पनि समृद्ध रहेको छ ।

माउन्ट ओलम्पसको फेदीमा रहेको डिओन–ओलम्पस नगरपालिकाका मेयर इभान्जेलोस गेरोलिओलियोसले विश्व सम्पदा सूचीमा समावेश भएपछि यसको संरक्षणको दायित्व थप बढेको बताउनुभएको छ । उहाँका अनुसार यसबाट पर्यटन बढ्ने सम्भावनासँगै त्यसबाट वातावरणमा पर्न सक्ने प्रभावलाई समेत ध्यान दिनुपर्नेछ ।

युनेस्कोका लागि ग्रीसका प्रतिनिधि जर्जियोस कौमौत्साकोसले माउन्ट ओलम्पसको संरक्षण गर्दै वर्तमान तथा भावी पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यसैगरी, जापानको नारा प्रिफेक्चरमा रहेका आसुका र फुजिवारा प्राचीन राजधानी क्षेत्रका १९ पुरातात्विकस्थल विश्व सम्पदा सूचीमा समावेश भएका छन् । छैटौँदेखि आठौँ शताब्दीसम्मका यी स्थलमा जापानमा चिनियाँ प्रणालीको प्रभावमा विकसित पहिलो केन्द्रीकृत राज्यका दरबार, सरकारी कार्यालय, बौद्ध मन्दिर तथा चिहानका अवशेष रहेका छन् ।

यी प्राचीन राजधानीले पछि विकसित नारा र क्योटो राजधानीको स्वरूपमा प्रभाव पारेका थिए । जापानका संस्कृतिमन्त्री कोबायाशी शिगेकीले विश्व सम्पदा सूचीमा समावेश गरेकोमा युनेस्को समितिप्रति आभार व्यक्त गर्दै यी सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नारा निवासी जापानी प्रधानमन्त्री सानाए ताकाइचीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत विश्व सम्पदा मान्यता प्राप्त भएपछि उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभएको छ ।

नारा विश्वविद्यालयका पुरातत्व प्राध्यापक योशियुकी आइहाराका अनुसार आसुका–फुजिवारा क्षेत्र जापानको प्राचीन राज्य निर्माणमा चीन तथा कोरियाली प्रायद्वीपको प्रभाव बुझ्न महत्वपूर्ण छ । उहाँका अनुसार उक्त क्षेत्रमा जमिनमुनि पुरिएका ऐतिहासिक अवशेष अझै उत्खनन भइरहेका छन् ।

दक्षिण सुडानको बोमा–बाडिङ्गिलो क्षेत्रमा मौसमी वर्षा र बाढीले निर्माण गरेका विशाल सिमसार, बाढी मैदान तथा सवाना क्षेत्र रहेका छन् । युनेस्कोका अनुसार यहाँ अनुमानित ६० लाख सेतो कान भएका कोब, टियाङ र मोङ्गल्ला हरिणले वातावरणीय अवस्थाअनुसार मौसमी बसाइँसराइ गर्छन् ।

उक्त क्षेत्र हात्ती, सिंह, चितुवालगायतका वन्यजन्तुको महत्वपूर्ण बासस्थानसमेत हो । साथै, शताब्दीयौँदेखि पशुपालन, खेतीपाती तथा माछा मारेर जीविकोपार्जन गर्दै आएका विभिन्न जातीय समुदाय पनि यस क्षेत्रमा बसोबास गर्छन् ।

आइतबार, साउन १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

भर्खरै

  • १.
    तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

  • २.
    रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

  • ३.
    माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

  • ४.
    पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

  • ५.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ६.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

  • ७.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • ८.
    सुनचाँदीको मूल्य बढ्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.