• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नारायणहिटीमा क्याफ्टेरिया : योगेशमाथि किन आक्रमण ?


बुधबार, माघ ०५, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अहिले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया निर्माणमा पूर्वसंस्कृति मन्त्री योगेश भट्टराईमाथि आक्षेप लगाइरहेका छन्। तर, तथ्य त्यसभन्दा फरक पाइएको छ।

खासमा, ०६६ सालमै सरकारले नारायणहिटीमा क्याफ्टेरिया निर्माणको निर्णय गरेको थियो। त्यसका लागि पहिलो टेन्डर १ चैत ०६६ मा आह्वान गरिएको थियो, जतिबेला प्रधानमन्त्री माधवकुमार नेपाल थिए भने संस्कृति मन्त्री डा. मिनेन्द्र रिजाल थिए।

यस्तै, दोस्रो क्रमागत टेन्डर २४ पुस ०६७ मा भएको थियो। त्यतिबेला प्रधानमन्त्री थिए झलनाथ खनाल र संस्कृति मन्त्री खगेन्द्रप्रसाद प्रसाईं। तेस्रो टेन्डर ०६७ सालमा भएको थियो, जतिबेला प्रधानमन्त्री डा. बाबुराम भट्टराई र संस्कृति मन्त्री गोपाल किराती थिए।

सरकारले ९ मंसिर ०७६ मा नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक समिति गठन गर्ने निर्णय गर्‍यो। त्यतिबेला भने संस्कृति मन्त्री योगेश भट्टराई थिए र प्रधानमन्त्री केपी ओली थिए।

व्यवस्थापन तथा सञ्चालक समिति गठनपछि अध्यक्ष बने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी। र, सम्पूर्ण अधिकार सचिवमा केन्द्रित भयो।

१९ फागुन ०७६ मा व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष एवं मन्त्रालयका सचिव अधिकारीको अध्यक्षतामा बसेको बैठकले टेन्डर आह्वानको निर्णय ग¥यो। सचिव अधिकारीकै निर्देशनअनुसार २६ साउन ०७६ मा टेन्डर आह्वान भयो।

तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस ०७७ मा गरेको प्रतिनिधिसभा विघटनको निर्णयप्रति असन्तुष्टि जनाउँदै मन्त्री भट्टराईले सोही दिन राजीनामा दिए। र, १७ पुस ०७७ मा आनन्दराज बतास अध्यक्ष रहेको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिसँग सरकारले क्याफ्टेरिया सञ्चालनसम्बन्धी सम्झौता गर्‍यो । त्यतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तत्कालीन प्रधानमन्त्री ओलीले नै सम्हालेका थिए।

६ फागुन ०७७ मा सरकारले क्याफ्टेरिया सञ्चालनका लागि कार्यादेश जारी गर्‍यो। त्यतिबेला संस्कृति मन्त्री थिए भानुभक्त ढकाल र प्रधानमन्त्री ओली। अनि भदौ ०७८ मा नारायणहिटी क्षेत्रमा भौतिक संरचना निर्माण शुरु भयो। त्यतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाकै थियो। र, बतास अर्गानाइजेसनमा सल्लाहकारको भूमिकामा प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणाको संलग्नता नयाँ विषय रहेन।

बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.