• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लाखौं खर्चेको व्यायामशाखा ३ वर्षदेखि अलपत्र


बिहिबार, साउन ३२, २०८० मा प्रकाशित

सुनसरी- बराहक्षेत्र नगरपालिकास्थित सार्वजनिक शारीरिक व्यायामशाला तीन वर्षदेखि अलपत्र छ। भवन उदघाटन भएर पनि व्यायाशाला सञ्‍चालन नहुँदा स्थानीय युवा निराश छन्।

Advertisement

बराहक्षेत्र नगरपालिका-२ पुनर्वासमा उक्त व्यायामशालाको भवन निर्माण भएको छ। १२ मंसिर ०७७ मा तत्कालीन सांसद जयकुमार राईले त्यसको उद्‍घाटन गरेका थिए।

सांसद राईले त्यसका लागि स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सांसद विकास कोषवाट ३० लाख रुपैयाँ उपलब्ध गराएका थिए।

हालसम्म स्थानीय तहले चासो नदिँदा बनेको भवन नै जीर्ण बन्‍दै गएको स्थानीय सन्तोष खड्काले जानकारी दिए।

स्थानीय युवासँग समन्वय नगरी आफूखुशी मनपरी तरिकाले जग्गा छनोट र निर्माण समिति गठन गरी मिलोमतोमा व्यायामशाला भवन निर्माण गरिएको स्थानीय दीपक कोइरालाको आरोप छ। उपभोक्ता समिति गठन गरी राज्यको रकम दुरुपयोग भएको आशंका उनको छ। भन्छन्, ‘३० बाइ ६० को भवनमा इँटा, सिमेन्ट र ट्रस्ट जस्तापाताको छानो लगाएर बनाएको एकतले भवन बनाउन ३० लाख रुपैयाँ लाग्छ?’

भवन निर्माणमा राज्यको बजेट अनियमितता र दुरुपयोग भएको प्रष्‍ट हुने उनको भनाइ छ। यसबारेमा सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण हुनुपर्ने उनी बताउँछन्। चाँडोभन्दा चाँडो व्यायामशाला सञ्‍चालनमा आउनुपर्ने स्थानीय युवाको माग छ।

स्थानीय राजनीतिक दलले आ-आफ्ना कार्यकर्ताहरूलाई भागबण्डा गरी निर्माण उपभोक्ता समितिमार्फत भवन निर्माण गर्दा राज्यकोषको रकम दुरुपयोग भएको छर्लंग रहेको स्थानीय बासिन्दाको आरोप छ।

व्यायामशालाका लागि आवश्यक सामग्री जुटाएर चाँडोभन्दा चाँडो सञ्‍चालनमा ल्याउनुको साटो भवनमा चाबी लगाएर राख्‍नुले पनि यसमा रहस्य छिपेको उनीहरूको भनाइ छ।

स्थानीय सन्तोष श्रेष्‍ठ भन्छन्, ‘जिम गर्ने सामग्रीहरू छन् कि छैनन्? के कारणले ढोकामा सधैं ताल्चा लगाइरहेका हुन्? सञ्‍चालन नआउनुको कारण के हो? सरोकार राख्‍ने निकायले जवाफ दिनुपर्छ।’ स्थानीय जनप्रतिनिधिहरू र राजनीतिक दलका नेता-कार्यकर्ता यसमा सर्वथा मौन देखिनु पनि रहस्यको विषय बनेको उनको भनाइ छ।

भवन निर्माणमा भएको खर्च र भवनको वास्तविक लागत मूल्यांकन गरी सार्वजनिक गर्नुपर्ने स्थानीय युवाको माग छ। भवन निर्माण क्रममा सरकारी अनुगमन टोलीले निरीक्षण-अनुगमन गर्‍यो कि गरेन? लागत स्टिमेटअनुसार भौतिक संरचना बनेको छ छैन? ३० लाख रुपैयाँको खर्च विवरण (बिल भौचर) कसरी पारित भयो? रकम कसरी निकासा भयो? यी प्रश्‍नको जवाफ खोज्नुपर्ने स्थानीय युवाको भनाइ छ।

उक्त जिम हल देखाएर राज्यबाट रकम दोहन गरी कमाइखाने माध्यम बनाइएको उनीहरू बताउँछन्। उक्त हलमा डमबेल तथा हेभी मेसिन रहेको स्रोतको दाबी छ।

स्वस्थ रहन व्यायाम अत्यावश्यक रहेको र बढ्दो शहरीकरणसँगै बराहक्षेत्रमा पनि सार्वजनिक व्यायामशाला आवश्यक रहेको उनीहरूको ठम्याइ छ। तर, युवा, युवतीदेखि ज्येष्‍ठ नागरिकसम्मका लागि स्वस्थ र तन्दुरुस्त रहन आवश्यक सामग्रीहरू व्यायामशालामा उपलब्ध गराइनुपर्ने बराहक्षेत्र- १ र २ का बासिन्दाको माग छ।

बराहक्षेत्र-२ पुनर्वासका माधव थापाले आफूले भोगचलन गर्दै आएको २ कठ्ठा र अशोक कार्कीले १ कठ्ठा गरी ३ कठ्ठा ऐलानी जमिन उक्त जिम हलका लागि उपलब्ध गराएका थिए।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा परिच्छेद ३ अनुसार सार्वजनिक, एलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सन्चालन र व्यवस्थापनको जिम्मा नगरपालिकाको हो। तर, उक्त सार्वजनिक जिम हलप्रति स्थानीय सरकारले चासो र चिन्ता नदिँदा बेवारिसे अवस्थामा पुग्न लागेको स्थानीय प्रेम घिमिरेले बताए।

बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.