Advertisement
काठमाडौ- अमेरिकाको ओहायोमा बसोबास गर्दै आएका गायक, गीतकार तथा संगीतकार पुष्प गजमेरको स्वरमा वियोगान्त गीत ‘सम्बन्ध’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेम सम्बन्धमा आउने उतारचढावलाई गीतमा व्यक्त गरिएको छ । गायक गजमेरको सन् २०१७ मा सार्वजनिक एल्वम ‘आवाज’ भित्र संग्रहित गीतको भिडियो बजारमा आएको हो । यस गीतलाई सुमित विश्वकर्माले संगीत संयोजन गरेका छन् ।
म्युजिक भिडियोमा आकाश श्रेष्ठ र जेबिका कार्कीबीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ । शंकल भुजेलले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । हिमालयन आर्ट्स ल्यांग्वेज एन्ड कल्चरल एकेडमीको प्रस्तुति रहेको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका छन् ।