Advertisement
काठमाडौं- नव गायक साजन तामाङले आफ्नो पहिलो गीत ‘आधा अधुरो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
प्रेम भावना व्यक्त गरिएको यस गीतमा शब्द गीतकार डीपी खनालको छ भने सुरज कालाखेतीले संगीतबद्ध गरेका छन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन छ ।
बिना राउत फिचर्ड यस भिडियोलाई राजीव क्षत्रीले खिचेका हुन् । भिडियोमा नवीन निरौलाको सम्पादन छ । सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । हस्पिटालिटी क्षेत्रमा काम गर्दै संगीतमा आफ्नो भविष्य खोज्दै गरेका संघर्षरत गायक तामाङले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।