• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

वनस्पतिको संग्रहालय गोदावरी


सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- ललितपुरको गोदावरी पिकनिकस्थल र घुमफिर गन्तव्यका रूपमा परिचित छ। सहरका बासिन्दा दैनिक कामकाज, तनाव र थकानबाट मुक्ति पाउन त्यहाँ पुग्छन् । थकान र तनावबाट मुक्ति पाउन प्रकृतिसँगको सामीप्यले जादुकै जस्तो काम गर्छ। यस क्षेत्रको परिचय यतिमै सीमित छैन। वैज्ञानिकहरूका लागि यो प्राकृतिक अनुसन्धानको प्रयोगशाला नै हो। दशकौँ पुराना रूख र वनस्पतिको साझा भण्डार पनि हो, यो।

झट्ट सुन्दा सम्पदा शब्दले धार्मिक÷सांस्कृतिक धरोहरलाई बुझाउँछ। तर, नेपाल त्यस्तो मुलुक हो, जो प्राकृतिक सम्पदाहरूबाट पनि भरिपूर्ण छ। त्यही प्राकृतिक सम्पदाको संरक्षणमा अग्रणी स्थानमा छ, गोदावरी। ‘बेलायत, मेक्सिकोलगायत मुलुकले बायो-डोम अवधारणामार्फत बोटबिरुवा र वनस्पति रोपेर खाली जमिनलाई बगैँचामा परिणत गरेका छन्,’ वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘नेपाल त्यस्तो देश हो, जहाँको भूगोल र प्राकृतिक सन्तुलन आफैँमा बायो-डोम छ।’ त्यसको एक दरिलो उदाहरण गोदावरी भएको उनी बताउँछन् ।

यहाँ दुईवटा पाटा छन् – राष्ट्रिय वनस्पति उद्यान र राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला। कार्यालय प्रमुख अधिकृत दीपक लामिछानेका अनुसार उद्यानभित्रका उद्यान विकास, वनस्पति संरक्षण तथा शिक्षा, फ्लोरिकल्चर र जडीबुटी शाखाले यहाँका रूख, बिरुवा, वनस्पति, जडीबुटी र फूलको रेखदेख र संरक्षण गर्छन्। हिमालका भोजपत्रदेखि पहाडका गुराँस र तराईका साल, सिसौजस्ता रूख, बुट्यान र वनस्पति पाइन्छन्, उद्यानमा।

१२ कात्तिक ०१९ मा ‘शाही वनस्पति उद्यान’को नाममा यसको स्थापना भएको थियो। ०६२-६३ को परिवर्तनपछि राजतन्त्र हटेसँगै यसलाई राष्ट्रिय वनस्पति उद्यान नामकरण गरियो। यहाँ अहिले पाँच सय ७५ प्रजातिका फूल, दुई सय ९० प्रजातिका पक्षी, दुई सय ५० प्रजातिका पुतली र अनगिन्ती वनस्पति पाइन्छन् । ‘त्यसैले धेरै वनस्पति र प्राणीको जीवन्त संग्रहालय हो, गोदावरी,’ वनस्पतिविद् श्रेष्ठ भन्छन् ।

झट्ट सुन्दा सम्पदा शब्दले धार्मिक÷सांस्कृतिक धरोहरलाई बुझाउँछ। तर, गोदावरीले आफूलाई प्राकृतिक सम्पदाहरूको केन्द्रका रूपमा विकास गराएको छ। यहाँको भिआइपी गार्डेनमा विभिन्न प्रकारका रूख, बुट्यान छन् । गोदावरीनजिकको फूलचोकीमा वसन्त ऋतुमा गुराँस र चुत्रो फुल्छन् । ती दुवै गोदावरीमा पनि पाइन्छन् । ‘रातो पुवाँले’ पनि गोदावरीको विशेष फूल हो। फूलचोकीको जंगल वन्यजन्तुको राम्रो वासस्थान पनि मानिन्छ।पछिल्लो समय पुष्प व्यवसायलाई निजी क्षेत्रले एक मुख्य व्यवसाय बनाएको छ। तर, नेपालका रैथाने फूलहरूको व्यावसायीकरण अझै हुन नसकेको श्रेष्ठ बताउँछन् ।

उनका अनुसार पुष्प व्यवसायमा ब्राजिली, मेक्सिकन फूलहरूको मुख्य हिस्सा देखिन्छ। ‘नेपालको सुनगाभाबाहेकका फूललाई व्यवसायीकरण गराउन सकिएको छैन,’ उनी भन्छन्, ‘गुराँसलगायत फूललाई व्यावसायिक रूप दिन अझै समय लाग्ने देखिन्छ।’

सहरनजिकमै सुविधा उपलब्ध हुँदा पनि रैथाने वनस्पतिबारे गहन अध्ययन र अनुसन्धान अझै हुन नसकेको उनको ठम्याइ छ। यस्तै, राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला सन् १९६१ मा स्थापना भएको हो। हर्बेरियमको अर्थ वनस्पति संग्रहालय हो। यहाँ फूल फुल्ने र नफुल्ने गरी एक लाख ६५ हजार वनस्पतिका नमुना राखिएका छन् । तीमध्ये एक लाख ४५ हजार फूल फुल्ने प्रजातिका रहेको प्रयोगशालाका प्रवक्ता गंगादत्त भट्ट बताउँछन् । यस संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा ‘केएटीएच’ नामबाट पनि चिनिन्छ।

प्रयोगशालामा वानस्पतिक अनुसन्धानको सुविधा उपलब्ध छ, जहाँ विभिन्न वनस्पति हुने स्थान र तिनको स्वभावबारे अभिलेख नै राखिएको छ। र, वनस्पति र बिरुवाको जीवन र इतिहासबारे अभिलेखमा उल्लेख छ। जस्तो- नेपालमा ३० प्रजातिका गुराँस पाइन्छन् । ती कहिले फुल्छन् भन्ने अभिलेख पाइन्छ, यहाँ। प्रयोगशालाभित्र फेनेरोग्याम्स, क्रिप्टोग्याम्स (फल्गी, फन्जाई र लाइकेन), क्रिप्टोग्याम्स (ब्रायोफाइटा र टेरिडोफाइटा), डिजिटाइजेसन, जाइलेरियम, प्लान्ट इकोलोजी, साइटोलोजी र प्लान्ट प्रोटेक्सन शाखा छन् ।

प्रयोगशालामै औषधिजन्य र रेसादार वनस्पतिका सात सयवटा नमुना रहेको संग्रहालय पनि छ। यस्तै, पुस्तकालयमा वनस्पतिसम्बन्धी तीन हजार दुई सय ३१ पुस्तक र दुई हजार एक सय १५ जर्नल छन् । प्रयोगशालाकै जस्तो अभ्यास बेलायतको राजधानी लन्डनस्थित संसारकै ठूलो वनस्पति संग्रहालय ‘रोयल बोटानिक गार्डेन’मा पनि छ, जहाँ संसारभरका वनस्पति संगृहीत छन् । ‘अन्तराष्ट्रिय गार्डेनको सूचीमा पर्न सफल भएको छ, यो क्षेत्र,’ वनस्पतिविद् श्रेष्ठ भन्छन्, ‘यसलाई राष्ट्रिय सम्पदाको अवधारणामा विकास गर्नु जरुरी छ।’

सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.