काठमाडौं- पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
मनसुन नेपालमा प्रवेश गर्न समय लाग्ने भएकाले तराई भेगमा आज पनि चर्को गर्मी हुने, तातो हावा ‘लू’ बहने क्रम जारी रहने छ।
आज दिउँसो देशभरको पहाडमा आंशिक बदली रहने छ। हिमाल र तराईमा मौसम सफा रहनेछ।। कोशी, गण्डकी र कर्णालीका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका पहाडका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
आज राति देशभरको पहाडमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। साथै, पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।