काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई मन्त्री थपेका छन्। प्रचण्ड सरकारमा जनता समाजवादी पार्टी नेपालबाट एक मन्त्री र एक राज्यमन्त्री थपिएका हुन्।
Advertisement
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरी कार्यभार तोकेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
याेसँगै ११औं पटककाे मन्त्रिपरिषद् विस्तारबाट प्रचण्ड सरकारले पूर्णता पाएको छ।
