• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

चिकेन मन्चुरियन : भारतको कि पाकिस्तानको?


शनिबार, चैत २५, २०७९ मा प्रकाशित

नयाँदिल्ली- समोसा बनाउन भारतमा शुरु भएको हो कि पाकिस्तानमा? बिर्यानी भारतीय शहर हैदराबादको हो कि पाकिस्तानी कराँचीको?

Advertisement

पछिल्ला दिनमा भारत र पाकिस्तानमा सामाजिक सञ्‍जालमा भइरहेका बहस हुन् यी। दुवै मुलकका सामाजिक सञ्‍जाल प्रयोगकर्ताले पछिल्ला दिनमा भोजनदेखि क्रिकेटसम्म आ-आफ्नो मुलुकको बताउँदै बहस गरिरहेका छन्। त्यसको पछिल्लो कडी हो, चिनियाँ परिकार चिकेन मन्चुरियनको। र, त्यसलाई देशी भर्सन बनाएका छन्, दुवै मुलुकका प्रयोगकर्ताले।

तपाईं कहिल्यै चिकेन मन्चुरियन खाँदै गर्दा त्यो कुन मुलुकको परिकार हो भन्‍ने सोच्‍नु भएको छैन होला। भारत र पाकिस्तानका गल्ली र मुख्य बजारमा यो परिकार लोकप्रिय छ। खासगरी, भारतमा त यो पाकिस्तानमा भन्दा लोकप्रिय छ।

तथापि, पाकिस्तानी सामाजिक सञ्‍जाल प्रयोगकर्ताले यो डिस आफ्नै शहर लाहोरबाट शुरु भएको दाबी गर्दै आएका छन्। भारतीय प्रयोगकर्ताहरू उनीहरूको दाबीसँग असहमत छन्।

केही दिनअघि अमेरिकी अखबार न्युयोर्क टाइम्सले आफ्नो ट्विटर ह्यान्डलमा चिकेन मन्चुरियन बनाउने विधि पोस्ट गरेको थियो। ‘चिनियाँ र पाकिस्तानी खानाको मिलाप। चिकेन मन्चुरियन, जो दक्षिण एसियाका चिनियाँ रेस्टुराँमा साह्रै लोकप्रिय छ,’ अखबारले लेखेको थियो।

त्यसपछि पाकिस्तानी लेखिका जैनब शाहले सन् १९९० को दशकमा लाहोरको रेस्टुराँ ‘सन क्‍वाङ’मा पहिलोपटक चिकेन मन्चुरियन भित्रिएको दाबी गरेकी थिइन्। र, त्यसपछि मात्र दक्षिण एसियामा फैलिएको उनको दाबी थियो।

त्यसपछि छ के थियो र ! भारतीय सामाजिक सञ्‍जाल प्रयोगकर्ताहरू न्युयोर्क टाइम्सको त्यस पोस्टमाथि खनिन थालिहाले। र, कमेन्ट सेक्सनमा बहस नै छेडियो।

ट्विटर प्रयोगकर्ता जोया तारिकको दाबीअनुसार पाकिस्तानी-चिनियाँजस्ता चिनियाँ डिस पूरै संसारमा पाइँदैन। पाकिस्तानम बसिरहेका चिनियाँ नागरिकहरू पनि त्यसमा सहमत रहेको उनको दाबी छ।

नायनिका नामक युजरले लेखेकी छन्, ‘नेल्सन वाङ नामक इन्डियन-चिनियाँ सेफले चिकेन मन्चुरियन बनाउन शुरु गरेका हुन्। उनी कोलकातामा जन्मेका थिए। र, उनको रेस्टुराँ मुम्बईमा छ। त्यसैले यो इन्डियन-चिनियाँ डिस हो।’

मनिष नामक युजरले न्युयोर्क टाइम्समाथि आरोप लगाएका छन्, ‘त्यस लेखकी लेखिका पाकिस्तानी हुन्। अनि उनले पाकिस्तानी डिस लेखिन् भन्दैमा जे पनि छापिदिने?’

युजर ब्याटम्यानले न्युयोर्क टाइम्समाथि व्यंग्य गरेका छन्, ‘यो न्युयोर्क टाइम्स हो कि कराँची टाइम्स?’ पाकिस्तानका युजर गुरफान खालिदले भने भारतीयहरू खानेकुरामाथि पनि यतिसारो किन असुरक्षाको भावना राख्छन् भन्दै प्रश्‍न गरेका छन्।

उनलाई मुख फर्काउँदै एक भारतीय युजरले लेखेका छन्, ‘हाम्रो खाना हाम्रो जिन्दगी हो। यो जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण चिज हो। हामीलाई हाम्रा खानाप्रति गर्व छ। क्रिकेटभन्दा अधिक, शायद धर्मभन्दा पनि अधिक। त्यसैले भारतीयहरू आफ्ना खानाको रक्षा गर्न चाहन्छन्।’

हुँदाहुँदा एक भारतीय युजरले त यो डिस आफ्नी आमाले शुरु गरेको समेत दाबी गर्न भ्याएका छन्। न्युयोर्क टाइम्सको ट्विटमा दुवै मुलुकका युजरहरू भिडिरहेको देखेका अयमन नामकी प्रयोगकर्ताले लेखमा चिकेन मन्चुरियन पाकिस्तानबाट शुरु भएको नलेखिएको प्रतिक्रिया दिएकी छन्। ‘मेरा साथीहरू के तपाईंहरू सबै ठीक हुनुहुन्छ? चिकेन मन्चुरियनमाथि लडाइँ गर्नूस् अब,’ उनले लेखेकी छन्।

त्यसबारे रोमा नामकी युजरले भारत-पाकिस्तान आगामी लडाइँ चिकेन मन्चुरियनमाथि हुने व्यंग्य गरेकी छन्। ‘सब-मरिनको इन्जिन स्टार्ट गरे भयो त अब?’ उनले प्रश्‍न गरेकी छन्। चिकेन मन्चुरियन कहाँबाट शुरु भयो भन्‍ने यकिन कसैले गर्न सकेका छैनन्। तर, दुई मुलुकका युजरबीचको लडाइँ जारी छ। त्यसमाथि टिप्पणी गर्दै एक युजरले लेखेकी छन्, ‘न्युयोर्क टाइम्सले आगो यसरी झोस्यो कि साह्रै मजा आयो।’

शनिबार, चैत २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • २.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ३.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ४.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ५.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ६.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ७.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ८.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.