कल्पना ओली
Advertisement
असमान सन्धि गरी खुम्च्याउँदै
ल्यायो उसले
जताततै सीमा मिची हेपिरहन्छ
जहिले तहिले
कहिले : माने भञ्ज्याङ र
सन्दकपुर चिथोर्छ
भान्सा खोला र महेशपुर
घरिघरि चिमोट्छ
टनकपुर थिलथिलो हुने गरी कुट्यो
टिस्टा र कांगडा लुट्यो
लुट्यो नालापानी
दादागिरी देखाउँदै
नदी लुट्यो छानीछानी
भण्डारेको मन पेट पाएर
सम्झौता धरमराएपछि
सिमानाको जंगे रातारात हरायो
महाकाली नदी साझा बनायो
हाम्रो सम्पदा त !
उसले पो ! मनोमानी चलायो
सुन ए मिचाहाहरू हो ! कान खोलेर सुन
टेक्न छुन जाने छैनौँ
सिमानामा माटो तिम्रो
तर ! मिच्यौ भने हाम्रो माटो
गिंडीदिन्छौँ मुन्टो तिम्रो
जुटाएर दशी प्रमाण हाम्रो नक्शा
अघि सार्छौँ
फिर्ता लिई हाम्रो माटो
तिम्रो सेखी झार्छौँ