• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

कोभिड-१९ खोपका भरोसालायक अनुसन्धान


आइतबार, जेठ २३, २०७८ मा प्रकाशित

Advertisement

कोभिड-१९ खोप विकासका पछिल्ला प्रगति के छन्? के यस्ता खोपले तत्काल कोभिड-१९ उन्मुलन होला? यस्तै प्रश्न र आशा संसारभरका मानिसमा देखिन्छ। यी प्रश्नको जवाफ मानिसहरू पत्रपत्रिकामा खोजिरहेका छन्। तर, फेरि नयाँ प्रकारको भाइरस देखापर्नाले महामारीको अन्त्य चाँडै होला भन्ने आशा धुमिल बनेको छ।

अत्यधिक संक्रामक कोभिड-१९ले महामारीको रूप लिएको वर्षदिन पूरा भइसकेको छ। यसबीचमा नौ करोड ५० लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिइसकेको छ। वैज्ञानिकहरू खोप विकासमा निरन्तर लागिपरेका छन्। किनकि, खोप विकास नै कोरोना प्रसार नियन्त्रणमा प्रभावी बन्ने आशा छ। हाल अनुमोदित र विकास क्रममा रहेका खोपहरू कोभिड-१९को रोकथाममा कति प्रभावकारी बन्छन् भन्ने जिज्ञासा स्वाभाविक हो। यसबारे विस्तृत जानकारीका लागि विकास भइसकेका र हुँदै गरेका खोपबारे बुझ्न जरुरी छ।

अनुमोदन भएका आठ खोप

संक्रामक रोग विशेषज्ञहरू कोभिड-१९ को प्रकोप भविष्यमा बढ्न नदिन खोप नै अचुक उपाय भएको बताउँछन्। हालसम्म विश्वभर आठवटा खोप अनुमोदित भएका छन्।

फाइजर-बायोन्टेक खोपले अमेरिका, बेलायत र युरोपियन युनियनमा आबद्ध २७ सहित ५० वटा देशमा प्रयोग अनुमति पाएको छ।

फाइजर-बायोन्टेक ‘आरएनए’ खोप हो, जसले शरीरमा प्रोटिन विकास गरी भाइरसविरुद्ध लड्न मद्दत गर्छ।

यस्तै, मोडर्ना र नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) द्वारा विकास गरिएको आरएनए खोपले पनि ३६ मुलुकमा प्रयोग अनुमति पाएको छ। यसमा पनि अमेरिका, बेलायत र युरोपियन युनियनमा आबद्ध मुलुक सामेल छन्।

रुसको स्पुतनिक-भी नामक भाइरल भेक्टर खोप रुसी अनुसन्धान संस्थान गेमलियाद्वारा विकास गरिएको हो। यसलाई आकस्मिक प्रयोगमा ल्याउन आठ मुलुकले स्वीकृति दिएका छन्। ‘स्पुतनिक-भी’लाई प्रयोग अनुमति दिने मुलुक हुन्- अल्जेरिया, अर्जेन्टिना, बेलारुस, बोलिभिया, गुयना, रुस, सर्बिया र वेस्ट बैंक।

अक्सफोर्ड-अस्ट्राजेनेका भाइरल भेक्टर भ्याक्सिनलाई पनि सात मुलुकले प्रयोग अनुमति दिएका छन्। ती मुलुक हुन्- अर्जेन्टिना, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, भारत, मेक्सिको, मोरक्को र अमेरिका।

केही देशमा वितरणका लागि स्वीकृतीप्राप्त अन्य खोप :

(१) कोभिसिल्ड- यो भारतमा स्वीकृत भाइरल भेक्टर खोप हो
(२) कोभ्याक्सिन- भारतमा आधिकारिकता पाएको खोप हो
(३) सिनोफर्म- यो सक्रिय भएको छैन। तर, चीन, इजिप्ट र संयुक्त अरब इमिरेट्सलगायत ६ मुलुकमा आधिकारिकता पाएको छ।
(४) सिनोभाक- प्रयोगमा नआइसकेको खोप हो, जसलाई चीन, इन्डोनेसिया र टर्कीमा प्रयोगका लागि अनुमति दिएको छ।

गत १५ जनवरीमा आयोजित ग्लोबल फोरममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस अदानम गेब्रेयेससले कोभिड-१९ विरुद्धका खोपहरू एक वर्षभन्दा कम समयमा विकास र अनुमोदन हुनु निकै आश्चर्यकजनक वैज्ञानिक उपलब्धी भएको बताए।

खोप भर्सेस कोभिड-१९

नयाँ प्रकारको कोरोना भाइरस प्रसार तीव्र बन्दा बेलायत अहिले लकडाउनमा छ। दक्षिण अफ्रिका र ब्राजिलमा पनि नयाँ प्रकारको कोरोना भाइरस चिन्ताको कारक बनेको छ। त्यसैले मानिसमा खोपको विकास कोरोना प्रसारमा प्रभावकारी हुनेमा सन्देह प्रकट गरिरहेका छन्।

संक्रामक रोग विशेषज्ञ र खोप निर्माता कम्पनीहरू आफूले बनाएको खोप कोरोना भाइरस रोकथाममा प्रभावकारी हुने दाबी गरिरहेका छन्। जनवरी पहिलो साता खोप निर्माता कम्पनीहरू फाइजर र एनआईएआईडीले ‘मेडिकल न्युज टुडे’सँग नयाँ प्रकारको भाइरस प्रसार रोकथाममा आफ्ना खोप प्रभावकारी हुने बताएका थिए।

सार्वजनिक-निजी साझेदारीमा अमेरिकाले सुरु गरेको ‘अपरेसन वार्प स्पिड’ कोभिड-१९ विरुद्ध खोप विकास, उपचार र डायग्नोसिसका लागि एक पहल हो। अमेरिकाको ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ (एफडीए)ले आपतकालीन प्रयोग अनुमति दिएका फाइजर-बायोन्टेक र मोडर्ना कम्पनीका खोपको प्रभावकारितामा एनआईएआईडीका वैज्ञानिकहरू पूर्ण विश्वस्त छन्।

उनीहरूका अनुसार यी खोप कोभिड-१९ र ‘यूके भेरियन्ट’विरुद्ध प्रभावकारी छन्। यी खोपले मानव शरीरमा भाइरसलाई परास्त गर्ने प्रोटिन उत्पादन गर्छन्। र, भाइरससँग लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन्।

बायोन्टेकका अध्यक्ष डा. उर साहिन पनि फाइजर-बायोन्टेक खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी रहने बताउँछन्। आफ्ना साथीहरू यसको परीक्षणमा सहभागी भइसकेको उनको भनाइ छ।

अन्य वैज्ञानिकहरूले पनि हालसम्म स्वीकृति पाएका खोपहरू कोरोनाविरूद्ध प्रभावकारी रहेको बताउँदै आएका छन्। हालै दक्षिण अफ्रिकामा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ। त्यसविरुद्ध हाल विकास भएका खोप प्रभावकारी रहेको बेलायतको लेसेस्टर युनिभर्सिटीका क्लिनिकल विषाणु विज्ञ डा. जुलियन डब्लू टाङ्को बताउँछन्। ती खोपलाई नयाँ प्रकारको भाइरसविरुद्ध केही महिनाभित्रै तयार पार्न सकिने उनको भनाइ छ। नयाँ प्रकारका भाइरसविरुद्ध यी खोप प्रभावी नबन्ने कुनै कारण नभएको उनी बताउँछन्।

परीक्षणमा ‘जेएनजे-७८४३६७३५’

केही खोप क्लिनिकल परीक्षणमा छन्। तीनैमध्ये हो, औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनको ‘जेएनजे-७८४३६७३५’। कम्पनीले यस खोपलाई एकल र दुई डोज दुवै विधिका लागि विकास गर्दैछ।

तथापि, यसको परीक्षणमा सहभागी एकजनामा साइड इफेक्ट देखिएपछि अक्टोबर २०२० मा यसको परीक्षण स्थगित गरिएको थियो। तर, हालै यसको परीक्षण पुनः सुरु गरिएको छ।

पछिल्लो परिणामले यो खोपलाई सुरक्षित देखाएको छ। तेस्रो चरण परीक्षणको परिणाम जनवरी अन्तिमसम्ममा प्राप्त हुने कम्पनीको भनाइ छ। उक्त परिणामपछि मात्र प्रयोग अनुमतिको प्रयास थाल्ने जोन्सन एन्ड जोन्सनले बताएको छ।

(काठमाडौं प्रेस डट कमबाट)

आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.