• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भिटामिन डी अभाव हुँदा देखिने पाँच लक्षण


आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

मानव शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ। तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्य हुने गरेको छ। अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ।

Advertisement

शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको रोगबाट पीडित हुनुपर्छ। तपाईं-हामीले दैनिक स्वस्थ्य खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै खालका समस्या व्यहोर्नुपर्ने हुन्छ।

शरीरमा भिटामिन डीको कमी भए-नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ। त्योभन्दा अरू केही तरिका पनि छन्, जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा भिटामिन डीको कमी रहेको पत्ता लगाउन सकिन्छ। हेर्नुहोस् शरीरमा भिटामिन डीको कमी रहेको थाहा पाउने पाँच तरिका :

पसिना धेरै आउनु

गर्मीको समयमा हामी सबैलाई पसिना आउँछ। कुनै काम गर्दै गर्दा, खेल खेल्दा वा जिममा शारीरिक व्यायाम गर्दा पसिना आउनु सामान्य हो। यस्तो समय आउने पसिनामा चिन्ता गर्नुपर्दैन। तर, यदि यत्तिकै बस्दा पनि वा सामान्य अवस्थामा पनि पसिना आउँछ भने त्यसको ख्याल गर्नुपर्छ। शरीरमा भिटामिन डीको कमीका कारण पनि यस्तो समस्या भएको हुन सक्छ। यदि त्यस्तो समस्या भयो भने डाक्टरको सम्पर्कमा जान आवश्यक छ।

अनपेक्षित कमजोरी

शरीरमा भिटामिन डीको कमी भएको छ भने पनि अनपेक्षित रूपमा कमजोरी महसुस हुने गर्छ। शरीरको मसल्स फिट राख्न शरीरमा भिटामिन डी पर्याप्त हुन आवश्यक छ। यसले सामान्य चेटपटकबाट समेत बचाउँछ। अध्ययनहरूले यो देखाएको छ कि थप भिटामिन डी लिँदा भिटामिन डीकै कमीका कारण कमजोर भएको मसल्स ६ महिनामै फेरि पुरानै अवस्थामा फर्कनेछ।

कमजोर हड्डी

भिटामिन डीले मानव शरीरमा रहेको हड्डीलाई बलियो र स्वस्थ्य बनाइराख्ने काम गर्छ। यदि शरीरको कुनै पनि हड्डी भाँच्चियो भने, सम्झनुहोस् शरीरमा भिटामिन डीको कमी भएको छ। शरीरमा भिटामिनट डीको कमी भएका कारण हड्डीमा यस्तो समस्या आउन सक्छ।

वृद्धवृद्धाहरूमा यो समस्या अझै बढी हुन सक्छ। विशेष गरी बढी उमेरका मानिसले शरीरमा भिटामिन डीको मात्रा आवश्यकअनुसार रहे-नरहेको निश्चित गर्न आवश्यक छ।

दुखाइ

शरीरमा रहेको हड्डीमा कहिलेकाहीँ दुखाइ हुनु असामान्य होइन। विभिन्न कारणले हड्डी दुख्न सक्छ। यो सबै उमेरका मानिसमा हुन सक्छ। तर, अरू कारणले हुने यस्ता दुखाइ चाँडै हटेर जाने गर्छ। लामो समयसम्म रहने हड्डीको दुखाइ भने शरीरमा भिटामिन डीको कमीका कारणले भएको हुन सक्दछ। यदि यस्तो समस्या देखिएमा शरीरमा भिटामिन डीको अवस्थाको परीक्षण गर्नुपर्छ।

डिप्रेसन

यदि शरीरमा भिटामिन डीको धेरै कमी भएको छ भने मुडलाई समेत असर गर्न सक्छ। यस्तै, भिटामिन डीको कमीकै कारण डिप्रेसन हुन पनि सक्छ। यदि समयमै यसको उपचार नगरिए यसले अरू ठूलो समस्या निम्त्याउन पनि सक्छ। त्यसैले शरीरमा भिटामिन डीको अवस्थाबारे नियमित परीक्षण गरिरहनुपर्छ।

आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.