• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सामाजिक सञ्जालमा नरहरि बुटी : कोरोनाभाइरसको औषधि भन्ने दाबी सही हो ?


सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित

इन्जिना पन्थी

Advertisement

काठमाडौं- नेपालमा कोरोना भाइरसको अझ घातक मानिएको दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले आयुर्वेदिक औषधि भन्दै उपचारसम्बन्धी विभिन्न सामग्रीहरू सेयर गरेका छन्।

तिनैमध्ये एउटामा आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी गर्दै बोलेको भिडियो फेसबुकमा धेरैले सेयर गरेका छन्।

उनीसँगै आफूलाई योगी नरहरिनाथको चेला भएको दाबी गरेका प्रेम कैदीले समेत उक्त बुटीको बारेमा फेसबुकमा भिडियोहरू राखेका छन्। एकअर्कालाई ट्याग गर्दै राखेका भिडियोमा उनीहरूले त्यो टिप्ने, खाने तरिकादेखि लिएर संक्रमितहरूले आफूहरूलाई खबर गरेमा घरघरसम्म पुर्‍याइदिने बताएका छन्।

गत बैशाख २९ गते फेसबुकमा पोस्ट गरिएको पोस्टलाई सोमबारसम्म चार हजार ३ सयभन्दा धेरैपटक सेयर गरिएको छ। एउटा भिडियो ७३ हजारभन्दा धेरैले फेसबुकमा हेरेका छन् भने त्यसलाई समेत २ हजारभन्दा धेरै सेयर गरिएको छ। सयभन्दा बढीको संख्यामा उनीहरूका अन्य केही भिडियोसमेत सेयर भएका छन्। उनीहरूले ती बुटी आफ्नै भाइ, सासु र दिदीलाई खुवाएको बताएका छन्।

उक्त बुटी कोरोनाभाइरसको औषधि भएको भन्दै एक वर्षअघि योहो टेलिभिजनमा प्रेम कैदीले पत्रकार जीवराम भण्डारीलाई अन्तर्वार्ता दिएका थिए। जसको क्लिप सो टेलिभिजनको आधिकारिक फेसबुक पेजमा अझै छ। युट्युबमा समेत पीएनपी टीभी, एभरेस्ट नेपाल नामका युट्युब च्यानलमा प्रेम कैदीका त्यससम्बन्धी भिडियो हेर्न पाइन्छ।

ती भिडियोमा उनले उक्त बुटीले कोरोनाभाइरस सहित १००८ किसिमका रोग निको पार्ने दाबी गरेका छन् । सो भिडियो हजारौँपटक हेरिएको छ। आम मानिसमा उक्त बुटीबारे चासो र उत्सुकता रहेको पाइएकोले साउथ एसिया चेकले त्यसबारे वनस्पति र आयुर्वेदका विज्ञहरूसँगको कुराकानीका आधारमा यो सामग्री तयार पारेको छ।

कस्तो हो यो ‘बुटी’?

साउथ एसिया चेकले यस वनस्पतिको पहिचानका क्रममा केही वनस्पति र आयुर्वेदका विज्ञहरूसँग सम्पर्क गरेको थियो।

उनीहरूबाट एकैखाले जवाफ नपाइएपछि हामीले सो वनस्पति मगाएर विज्ञहरूको सहयोगमा त्यसबारे थप अध्ययन गर्यौँ। त्यसलाई औषधि भनी दाबी गर्ने व्यक्तिले बागमती नदी किनारमा उम्रिएको त्यसको बिरुवा हामीलाई देखाए । उनीहरूबाट त्यो बिरुवा लिएपछि त्यसबारे जानकारी लिन हामीले वनस्पतिविद्हरूलाई सम्पर्क गर्‍यौँ।

यस क्रममा हामीले गोदावरीस्थित राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा समेत त्यसको फोटो पठायौँ। सोको नमूना राखिएको उक्त प्रयोगशालाका प्रमुख सुवाष खत्रीले त्यो चिनोपोडियम प्रजातिको एक वनस्पति भएको बताए। उनले भने, ‘चिनोपोडियम (Chenopodium ambrosionides) हामीले खाने बेथेको सागसँग मिल्दोजुल्दो वनस्पति हो। त्यसको फूल र बिउका आधारमा अझ साँघुरो तरिकाले वर्गिकरण गर्न सकिन्छ।’

यसलाई Dysphania ambrosionides नामले समेत पछिल्लो समय चिनिने गरेको अर्का एकजना वनस्पतिविद् कमल मादेनले साउथ एसिया चेकलाई बताए। उनले भने, ‘यो वनस्पति औषधिजन्य नै हो।’ उनका अनुसार ‘प्लान्ट्स एन्ड पीपल अफ नेपाल’ शीर्षक किताबमा यसको औषधि के-केमा प्रयोग हुन्छ भन्ने लेखिएको छ। यसको बिउको पाउडर ४ चिया चम्चा सुत्ने बेलामा चार रात पेटको जुका मार्नका लागि प्रयोग गर्ने उक्त पुस्तकमा उल्लेख गरिएको मादेनले बताए । ‘यसलाई अल्सरका लागि समेत उपयोगी मानिएको पाइन्छ। यसैगरी यो टनिकका रुपमा प्रयोग गर्न सकिने जनाइएको छ,’ उनले भने ।

नरहरि बुटी प्रबद्र्धन गरिरहेका प्रेम कैदीले भने आफूले योगी नरहरिनाथबाट त्यसबारे मौखिक रूपमा थाहा पाएको दाबी गरे । तर त्यसको कुनै लिखित विवरण आफूसँग नभएको उनको भनाइ छ। यसको प्रयोग गरेरै महत्त्व थाहा पाएको भन्दै त्यसबारे अध्ययनको आवश्यकता समेत आफूहरूले महसुस नगरेको उनको दाबी छ।

के भन्छन् आयुर्वेदका चिकित्सक?

नरहरि बुटीले कोभिड रोग निको हुन्छ भन्ने आयुर्वेदका ग्रन्थमा कतै नभेटिने एकजना आयुर्वेद चिकित्सक प्रकाश ज्ञवाली बताउँछन्।

साउथ एसिया चेकसँग उनले भने, ‘यसबारे अनुसन्धान भएको आधिकारिक प्रमाण छैन। कुनै व्यक्तिले प्रयोग गर्दै जाँदा राम्रो भएको हुनसक्छ तर आयुर्वेदमा यसको प्रयोग विधि नभएकाले हामीले प्रयोग गर्ने गरेको छैनौँ।’ कोभिड मात्र नभएर अन्य रोगका उपचारमा समेत यसलाई प्रयोग गर्ने नगरिएको ज्ञवालीको भनाइ छ।

नेपाल संस्कृत विश्वविद्यालयमा केन्द्रीय आयुर्वेद क्याम्पसका पूर्वप्रमुख प्राध्यापक डा श्याममणि अधिकारीले आफूले नरहरि बुटीको बारेमा जानकारी नपाएकोले भन्न नसक्ने बताए। उनले त्यस बिरुवाको अन्य नाम भए भन्न सकिने बताउँदै थपे, ‘आयुर्वेदमा एउटै बिरुवाको धेरै नाम हुन्छ। सबैले सुनेको गुर्जोको पनि धेरै नाम छ। तर एउटै औषधिले कोभिड निको पार्ने अहिलेसम्म आयुर्वेदिक औषधि बनेको छैन।’

उनी थप्छन्, ‘कसैलाई कुनै जडिबुटीले कुनै पक्षमा केही राहत दिएको हुनसक्छ। तर प्रमाणित नभइकन त्यसमा मात्र भर पर्दा त्यो घातक हुनसक्छ।’

जडिबुटी जथाभावी खाँदा के हुन्छ?

जडिबुटी जथाभावी खाँदा त्यसको असर तत्कालै नदेखिए पनि दीर्घकालमा भने हानि हुनसक्ने विज्ञहरू बताउँछन्।

डा ज्ञवाली भन्छन्, ‘अन्य औषधिजस्तो जडिबुटीको तत्कालै साइड इफेक्ट नगर्ने हुनाले पत्तो नभएको हो। हामीले खाने गरेको अमला नै कतिपय विरामीले खान मिल्दैन।’ उनका अनुसार अमला युरिक एसिडको विरामीले धेरै खान मिल्दैन। दीर्घरोग भएका विरामीले मात्रा नमिलाई जडिबुटी खाँदा घातक हुनसक्ने विज्ञहरू बताउँछन्।

‘रक्तचाप वा सुगर नियन्त्रण गर्नलाई विभिन्न औषधि दिने गर्छौं। कसैले मात्रा नमिलाई खाएमा घातक हुनसक्छ,’ ज्ञवाली थप्छन्।

मरिच, अदुवा धेरै मात्रामा खाँदा पाइल्स हुनेहरूलाई रगत बग्ने समस्या देखिने बताइन्छ। कोभिड-१९ हुँदा बाफ लिनुपर्छ भनेर धेरै बाफ लिँदा नाकबाट रगत आएको, सुख्खा भएको आयुर्वेदका विज्ञहरू बताउँछन्। डा श्याममणि अधिकारी भन्छन्, ‘आयुर्वेदिक औषधि पनि गुणस्तरिय नखाँदा त्यसले असर गर्नसक्छ । जस्तै मिसावट भएको बेसार, महहरू खाँदा त्यसको प्रभाव नहुन सक्छ।’

जथाभावी प्रयोगलाई रोक्न के गरिएको छ ?

नेपाल सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयुर्वेद तथा वैकल्पिक माध्यमबाट संक्रमणको रोकथाम तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका जारी गरेको छ। त्यो पालना गर्न नेपाल सरकारले २०७८,वैशाख १२ गते पत्राचार गरेको थियो।

त्यसमा विभिन्न औषधिको नाम र मात्रा, खाने तरिका उल्लेख गरिएको छ। यस बारेमा वेबसाइटमा पनि सूचना राखिएको छ।

सेवन कसरी गर्ने ?

आयुर्वेदिक औषधि सेवन गर्दा आयुर्वेदिक चिकित्सक, विज्ञको सल्लाह अनुसार गर्नुपर्ने विज्ञहरू बताउँछन। ‘आयुर्वेदमा पनि सामान्य लक्षण भएका र गम्भीर विरामीका लागि चलाउने औषधि फरक हुन्छ,’ डा ज्ञवाली भन्छन्। ‘गर्भवती, बच्चा, वृद्धका लागि फरक हुन्छ। आयुर्वेदिक अस्पतालमा कोभिडको गम्भीर विरामी र सामान्य लक्षण भएकालाई औषधि र मात्रा पनि फरक दिइन्छ।’

त्यसैले व्यक्तिको स्वास्थ्य र रोगविशेषको अवस्था अनुसार चिकित्सकको सल्लाहमा प्रयोग हुने औषधिले मात्र अपेक्षित प्रतिफल दिने हामीसँग कुरा गरेका दुवै आयुर्वेदका विज्ञहरूले बताए।

(यो सामग्री साउथ एसिया चेक डट ओआरजीले तयार पारेको हो)

सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.