• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

तीन खेलअघि नै सिटी प्रिमियर लिग च्याम्पियन


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

म्यानचेस्टर सिटी पछिल्लो चारमध्ये तीन वर्षको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ। सन् २०२०/२१ को सिजनमा भने सिटीले तीन खेलअघि नै उपाधि सुरक्षित गरेको छ।

Advertisement

उपाधिको अर्को दाबेदार म्यानचेस्टर युनाइटेड २-१ ले लेस्टरसँग घरेलु मैदानमा पराजित भएपछि सिटीलाई सहज भएको हो। सिटीले समग्रमा सातौँपटक इंग्लिस प्रिमियर लिग च्याम्पियनसिपको उपाधि उचाल्ने पक्का भएको छ।

सिटीलाई यो सफलता स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाले दिएका हुन्। सिटीले दोस्रो स्थानमा रहेको युनाइटेडसँग स्पष्ट १० अंकको अग्रता लिएको छ। आउने तीन खेलमा सिटी पराजित भए पनि युनाइटेडले सिटीलाई भेटाउन सक्नेछैन। सिटीले ३५ खेलबाट ८० अंक जोडेको छ। युनाइटेडले समान खेलबाट ७० अंक हात पारेको छ।

युनाइटेडलाई हराएको लेस्टरले ३६ खेलबाट ६६ अंक जोड्दै शीर्ष चारको दाबेदारी दिइरहेको छ। गत साता चेल्सीसँग पराजित हुँदा सिटीको उपाधि जित्ने अभियानमा धक्का लागेको थियो। सिटी लगातार तीन खेलमा पराजित भए म्यानचेस्टर युनाइटेडको उपाधि जित्ने मौका थियो। यता युनाइटेडले पनि लगातार खेलमा जित हासिल गर्नुपर्ने थियो। तर, मंगलबार राति घरेलु मैदानमा लेस्टरसँग २-१ ले युनाइटेड पराजित भएपछि सिटीले उपाधि उचाल्ने अवसर पाएको हो।

‘हामीले विन्टर ब्रेकपछि लगातार खेलमा जित निकालेका थियौँ, हामीले उपाधि जित्ने आधार बलियो बनायौँ,’ सिटीका प्रशिक्षक पेपले भने, ‘एक प्रशिक्षकले आफू आबद्ध क्लबलाई लिग उपाधि दिलाउनु नै सपना देखेको हुन्छ, जुन आज मैले पुनः एकपटक पूरा गर्न सफल भएँ।’ पेपले स्पेनिस तथा जर्मनीभन्दा पनि प्रिमियर लिग निकै कठिन भएको बताएका छन्। ‘म स्पेन र जर्मनीमा पनि बसेँ, यी दुई देशको तुलनामा इंग्लिस प्रिमियर लिग अति नै कठिन भएको पाएँ, यहाँ अति नै प्रतिस्पर्धा हुँदो रहेछ,’ उनले भने, ‘यहाँका क्लब कोही पनि कमजोर छैनन्, शीर्ष, मध्यम र पुछारमा रहेका क्लबबीचको भिडन्त कहिले पनि एकपक्षीय रूपमा भएन।’

सिटी पाँच वर्षमा आठ प्रतियोगितामा विजयी
सन् २०१६ मा सिटीमा आबद्ध भएयता पेपले आठ घरेलु प्रतियोगिता जितेका छन्। प्रिमियर लिगपछि अब उनको ठूलो सपना हो, सिटीलाई पहिलोपटक युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाउनु। सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। सिटीले फाइनलमा इंग्लिस क्लब चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। प्रशिक्षक पेपकै प्रशिक्षणमा बार्सिलोनाले च्याम्पियन्स लिग उपाधि जितेको थियो।

सन् २००८ मा अबुधावी समूहले सिटीमा लगानी गरेपछि यो क्लबले प्रत्येक बर्ष उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ। पछिल्लो १३ वर्षभित्र सिटीले १२ उपाधि जितेको छ।

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.