• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

दक्षिण अफ्रिकी भेरियन्टका लागि प्रभावकारी छैन फाइजर-बायोन्टेक खोप


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको कोरोनाको नयाँ भेरियन्टलाई फाइजर-बायोन्टेक खोपले विकास गर्ने प्रतिरक्षा प्रणालीले परास्त गर्न नसक्ने एक अनुसन्धानले देखाएको छ।

Advertisement

अनुसन्धानमा संलग्न एक विज्ञले एएफपीलाई बताएअनुसार फाइजर-बायोन्टेक खोप लगाएका व्यक्ति पनि कोरानाको उक्त भेरियन्टबाट संक्रमित भए। तर, खोप लगाएका व्यक्तिमा उक्त भेरियन्टले गम्भीर बिरामी बनाउँछ कि बनाउँदैन भन्नेबारे अनुसन्धानकर्मीले प्रष्ट्याएका छैनन्।

तेल अभिभ विश्वविद्यालय र इजरायलको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक ‘क्लालिट हेल्थ सर्भिस’ले खोप नलगाएका चार सय कोरोना संक्रमित र आंशिक वा पूर्ण खोप लगाएका चार सयजनामा अध्ययन गरेको थियो।

इजरायलमा कोरोनाको दक्षिण अफ्रिकी भेरियन्टको संक्रमण हालसम्म एक प्रतिशतभन्दा कम देखिएको छ। अध्ययनमा सहभागी एक सय ५० जनाले पूर्ण खोप लगाएका थिए र उनीहरूलाई यसअघि कोरोना संक्रमण पनि भएको थियो। उनीहरूमा दक्षिण अफ्रिकी भेरियन्टको प्रसार दर खोप नलगाएका व्यक्तिको तुलनामा आठ गुणा बढी पाइएको छ।

‘यसको मतलव फाइजर-बायोन्टेक खोप अत्यधिक सुरक्षित भए पनि सम्भवतः कोरोनाको दक्षिण अफ्रिकी भेरियन्ट (बी१३५१) विरुद्ध प्रभावकारी छैन,’ अनुसन्धान रिपोर्टमा भनिएको छ।

तेल अभिभ विश्वविद्यालयका प्राध्यापक एडी स्टर्नका अनुसार दक्षिण अफ्रिकी भेरियन्ट फाइजर-बायोन्टेक खोपको सुरक्षा घेरा तोड्न केही हदसम्म सक्षम देखिएको छ।

‘हामीले धेरै थोरै खोप लगाएका मानिस ‘बी१३५१’ बाट संक्रमित भएको पायौँ, यो रोगको नतिजाका बारेमा अहिल नै बोल्नु हतारो हुनेछ,’ उनले भने।

रोकथामका उपाय

फाइजर-बायोएनटेक र मोडर्नाले सञ्चालन गर्ने मेडिकल जर्नल ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित रिपोर्टअनुसार खोपपछि विकास भएको एन्टिबडीले दक्षिण अफ्रिकी भेरियन्टबाट कम सुरक्षा प्रदान गरेको देखिएको हो।

दक्षिण अफ्रिकी भेरियन्टका हकमा खोपको प्रभावकारिताबारे भएको यो पहिलो अनुसन्धान हो। इजरायलमा ५३ लाखजनाले खोपको पहिलो डोज पाएका छन्। यस्तै, ४९ लाखजनाले दुवै डोज खोप लिइसकेका छन्।

‘क्लालिट’को एक अध्ययनअनुसार खोप लगाएका १२ लाख इजरायलीमध्ये ९४ प्रतिशतमा फाइजर-बायोन्टेक खोप प्रभावकारी पाइएको थियो।

खोप अभियानको व्यापकतापछि इजरायलले यसअघि लगाइएका धेरै प्रतिबन्ध खुकुलो बनाएको छ। तर, अनिवार्य मास्क लगाउने र ग्रिन पासपोर्टको सिस्टमलगायत उपायलाई यथावत् राखिएको छ। खोप प्राप्त गरिसकेका मानिसलाई पनि सीमित ठाउँमा मात्र जान दिइएको छ।

फाइजर-बायोन्टेक खोपको सुरक्षा शक्तिलाई दक्षिण अफ्रिकी भेरियन्टले तोड्न सक्ने जोखिमका बावजुद भाइरसविरुद्ध खोप अभियान,

मास्क लगाउने र अन्य सुरक्षा उपायका कारण उक्त भेरियन्टको प्रसार सीमित गर्न मद्दत पुगेको अनुसन्धानकर्मी रन बालिसरले बताए। ती सावधानीका कारण दक्षिण अफ्रिकी भेरियन्ट फैलिन नपाएको र त्यसको प्रसार हुन सक्ने सीमा ननाघ्नुको विकल्प नदेखिएको बालिसरले बताए।

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.