सरकारका निकायहरूमा ‘प्रब्लम सल्भिङ स्किल’ छैन । जनताका पिरमर्का/समस्याहरू बेलैमा सुन्ने, बुझ्ने र समाधानको पहल गर्ने संस्कार छैन । यसले पटक-पटक सार्वजनिक क्षति गराएको छ ।
मुलुकको सत्ताकेन्द्रित राजनीतिले प्रहरीलाई पटक-पटक विवादमा तानेको छ। कानूनले सहजै काम गर्ने ठाउँमा पनि व्यवधानहरू खडा गरिदिएर प्रहरीलाई सताएको छ। बढ्दो ‘भीआईपी कल्चर’का कारण ठूलो संख्यामा सुरक्षाकर्मी तिनकै पछि लाग्नुपर्ने अवस्था छ। हालैको राष्ट्रपतिको सवारी प्रकरणले अनाहकमा प्रहरीमाथि चोरऔंला सोझिएको छ।
सरकारका निकायहरूमा ‘प्रब्लम सल्भिङ स्किल’ छैन। जनताका पिरमर्का/समस्याहरू बेलैमा सुन्ने, बुझ्ने र समाधानको पहल गर्ने संस्कार छैन। यसले पटक-पटक सार्वजनिक क्षति गराएको छ। गोंगबु बसपार्कको समस्यालाई उचित समयमा उचित व्यवस्थापन नगर्दा त्यसको अपजस पनि प्रहरीमाथि खनिन आइपुगेको छ। सामान्य घटनामा पनि अराजक भीड उठाएर नचाहिँदो संकट खडा गरी प्रहरीको सातो लिने प्रवृत्ति झांगिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको अरनखटन कतै दोहोरो पर्ने र कतै अनुपस्थित रहने गर्दा मानव संशाधनको अधिकतम उपयोग हुन सकिरहेको छैन। हामी विशालकाय र सर्वशक्तिमान ‘हाकिम’ हौं भन्ने गृह प्रशासनलाई सुरक्षा व्यवस्थापन कुन चराको नाउँ हो थाहा छैन। प्रहरीलाई तर्साएर आफ्नो दुनो सोझ्याउनुलाई नै उसले आफ्नो कर्म जो ठानेको छ।
मुलुकभर प्रहरीको माग अत्यधिक संख्यामा रहिआएको छ। यसकारण प्रहरी परिचालन कार्यलाई थप चुस्त बनाउनुपर्ने आवश्यकता आइपरेको छ। यसका लागि प्रहरी जनशक्ति थप गर्नैपर्ने हुन्छ। तथापि, प्रहरी प्रविधिको उपलब्धता र भएका सामग्रीहरूको विस्तारीकरणले केही हदसम्म जनशक्तिको आवश्यकता मत्थर गर्न सकिन्छ।
१. दैनिक शान्ति सुरक्षा व्यवस्थापनतर्फ
१.१ मध्यम स्तरका औजार तथा प्रविधिहरू
• Drone (for the use in ceremonies like Shivratri)
• body-worn camera (for every check-points)
• Vehicle-mount camera (for the use of crowd/riot control)
१.२ उच्च स्तरका औजार तथा प्रविधिहरू
• Facial recognition software (to arrest the suspects)
• Household database of concerned AOR (for day-to-day service delivery)
• Access to the database of guest houses and hotels (for surveillance)
२. ट्राफिकतर्फ
२.१ मध्यम स्तरका औजार तथा प्रविधिहरू
• Drug test kit
• Radar gun
• Hand held digital printer
• Radio set to be distributed personally
२.२ उच्च स्तरका औजार तथा प्रविधिहरू
• Automatic License Plate Recognition (ALPR)
• Access to motor transport database
• Access to public bus service (including passenger name list)
३. अपराध अनुसन्धानतर्फ
३.१ मध्यम स्तरका औजार तथा प्रविधिहरू
• Instant access to National ID database
• Instant access to immigration database
• Instant access to citizenship database
• Instant access to Telcom service providers (for the study of sim card holders)
• Instant access to CDR
• Instant access to passport database
• Instant access to consumer of electricity, drinking water supply, land-revenue
• Extension of Criminal database to provincial level
• Extension of Fingerprint database to provincial level
३.२ उच्च स्तरका औजार तथा प्रविधिहरू
• Narco-test facilities
• Brain mapping facilities
• Digital forensic
• Mobile forensic
• Biometrics,
• Voice spectrum technology
• Cyber Forensic
४. Network and communication
४.१ मध्यम स्तरका औजार तथा प्रविधिहरू
• Extension of CCTV coverage uninterrupted (24 hrs)
• Extension of HF/VHF/UHF wireless radio facility
• Extension of 4G phone network
• Extension of intranet/internet
४.२ उच्च स्तरका औजार तथा प्रविधिहरू
• Various type server and office systems (for day-to-day service delivery)
• Various type server and office systems (for institutional memory)
५. विपत् व्यवस्थापनतर्फ
५.१ मध्यम स्तरका औजार तथा प्रविधिहरू
• Mobile Fire-fighting cylinders
• Firefighting suit
• Small water cannon
५.२ उच्च स्तरका औजार तथा प्रविधिहरू
• High-capacity drone
• High range water cannon (for the use in fire at multi-story buildings)
• Helicopters
• Alternative communication
६. विविधः
६.१ मध्यम स्तरका औजार तथा प्रविधिहरू
• Intelligence equipment (spy video camera, pen recorder, bugging devices)
• Telephone tapping
• Sim locator
• Extension of Canine facilities
• Protective glass (Spectacle)
६.२ उच्च स्तरका औजार तथा प्रविधिहरू
• Next-Generation Incident Command System
• Wireless Emergency Alerts
• Artificial Intelligence
• Virtual Reality Training
• Thermal Imaging
• Data analyst
• Computer forensic instructor
• Intelligence analyst
• Research analyst
• Police business systems analyst
• Computer scientist
• Laboratory technician
• Law enforcement technology project manager
• Police systems administrator
• Law enforcement data science program manager
• Law enforcement content developer
• Senior cybersecurity incident investigator
• Cybercrime analyst/investigator
• Scanning Electron Microscope (SEM),
• Infrared spectroscopy Techniques
• Inductively Coupled Plasma Atomic Emission Spectroscopy (ICPAES)
• Crime lights/Invisible rays