• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

उच्च रक्तचापबारे चेतना बढे पनि पर्याप्त छैन


    Avatar photo
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित

रक्त नलीमा रगतको माथिल्लो चाप १४० र तल्लो ९० भन्दा माथि भए उच्च रक्तचाप भएको मानिन्छ । रक्तचाप दुई प्रकारको हुन्छ । यसलाई प्राइमरी र सेकेन्डरी भनिन्छ । सामान्यतः प्राइमरी रक्तचापका बिरामीहरू बढी हुन्छन् । ९० देखि ९५ प्रतिशतलाई प्राइमरी रक्तचापको समस्या हुन्छ । यस्तोमा ८० देखि ९० प्रतिशतमा लक्षण देखिँदैन । प्रेसर जाँचेपछि मात्रै थाहा हुन्छ ।

Advertisement

१० देखि २० प्रतिशतमा चाहिँ टाउको दुब्खे, टाउको भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, दम वा एकै पटक ब्रेन हेमरेज वा पक्षघात हुनेजस्ता समस्या देखिन्छन् । पक्षघातको एउटा मुख्य कारण उच्च रक्तचाप हो । वंशानुगत कारणले पनि उच्च रक्तचाप हुन सक्छ । बाबुआमामा उच्च रक्तचापको समस्या छ भने सन्तानलाई पनि हुने सम्भावना बढी हुन्छ ।

सेकेन्डरीमा अन्य कारणले रक्तचाप बढेको हुन्छ । जस्तो, मिर्गाैलामा समस्या भए पनि यो हुन सक्छ । महिलाहरूमा गर्भावस्थामा पनि सेकेन्डरी उच्च रक्तचापको समस्या देखिन सक्छ । थाइराइडका बिरामी, मुटुको मुख्य नली खुम्चिएर, पेन किलर बढी सेवनले पनि उच्च रक्तचापको समस्या हुन सक्दछ । सेकेन्डरी उच्च रक्तचाप ५ देखि १० प्रतिशतलाई मात्र भेटिन्छ ।

५० वर्षमाथिको उमेर समूहमा उच्च रक्तचापको समस्या बढी देखापर्छ । तर, हिजोआज ३०/३५ वर्षका युवामा पनि देखिएको छ । कम उमेर समूहमा सेकेन्डरी रक्तचापको सम्भावना बढी हुन्छ ।

यस्तोमा मिर्गौलाको समस्या, थाइराइड, पेनकिलर सेवन छ कि छैन, यसको निदान गरेपछि उच्च रक्तचापको समस्या निको हुन्छ । यस्ता कारणले उच्च रक्तचापको समस्या देखिएको हो भने मुख्य समस्याको उपचार भएपछि रक्तचापको औषधी आवश्यक पर्दैन । गर्भवतीलाई भएको हो भने बच्चा जन्मिएपछि समान्य हुन्छ ।

यदि प्राइमरी कारणले भएको हो भने नियमित रूपमा औषधी खानुपर्दछ । केही बिरामीलाई औषधीको सामान्य साइड इफेक्ट पनि हुन सक्छ । केहीलाई खोकी, टाउको दुख्ने, खुट्टा सुन्निने हुन सक्छ । तर, यस्तो अत्यन्तै न्यून मात्र हुन्छ ।

यस्तो भयो भने चिकित्सकको परामर्शमा औषधी परिवर्तन गर्नुपर्दछ । उच्च रक्तचापकाबारे पहिलाको तुलनामा चेतना बढे पनि पर्याप्त छैन । जीवनशैली सुधार यसबाट जोगिने मुख्य उपाय हो । विलासी जीवनशैली अपनाउनेमा यसको जोखिम बढी हुन्छ । दिनमा कम्तीमा ३० देखि ४५ मिनेट व्यायाम गर्नुपर्दछ । दैनिक रूपमा भ्याइएन भने साताा ५ दिन त अनिवार्य गर्नुपर्दछ ।

कामकाजी र व्यस्त दिनचर्या भएकाले प्रत्येक आधा, एक घन्टामा २०० कदम हिँड्ने गर्दा पनि व्यायाम हुन सक्छ । धूमपान नगर्ने, मोटोपन घटाउने, चिल्लो, तारेको र कार्बोहाइड्रेडयुक्त खानेकुरा कम खाने, खानामा प्रोटिनको मात्रा बढाउने, रातो मासु कम खाने गर्नुपर्दछ ।

माछा खान सकिन्छ । हरियो सागसब्जी, फलफूल खानुपर्दछ । उच्च रक्तचापको जोखिममा रहेकाले नुनको सेवन कम गर्नेजस्ता व्यवहार अपनाउनुपर्दछ ।

सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.