• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

कालीगण्डकीको शीलाबाट अयोध्यामा ‘राम लला’को मूर्ति !


    Avatar photo
मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित

जनकपुरधाम र भारतको अयोध्याको सम्बन्ध सीताजी र रामजीको विवाहको पालादेखि नै छ। हरेक वर्ष राम र सीताको विवाह उत्सव मनाइँदै आएको छ। जनकपुरका विविध चाडपर्वमध्ये विवाह पञ्‍चमी मुख्य हो। यो भनेको राम र सीताको विवाह उत्सव हो।

Advertisement

जनकपुरमा जानकी नवमी, राम नवमीलगायत पर्व मनाइन्छ। प्राचीनकालदेखि यी पर्व मनाइँदै आएको छ। ०६१ सालमा जनकपुरधामका चाडपर्वलाई आधुनिक रूप दिने उद्देश्यले जानकी मन्दिरका पदाधिकारीहरूसँग छलफल भयो। ‘राम र सीताको विवाह उत्सव परापूर्वकालदेखि मनाउँदै आएका छौं। अब विवाह पञ्‍चमी मनाउँदा अयोध्याबाट जन्ती मगाउने गरौं’ भन्‍ने सल्लाह भयो। र, ०६१ सालदेखि नै यसको शुरुवात पनि भयो।

आधुनिककालमा अयोध्याबाट जन्ती बोलाउने चलनको शुरुवात त्यही विन्दुबाट भयो। सोही क्रममा अयोध्यामा रहिआएको राम जन्मभूमि विवाद पनि त्यहाँको सर्वोच्च अदालतले निरुपण गरिदियो। यता, जनकपुरधाममा अयोध्याबाट जन्तीका रूपमा साधु सन्तहरू आउने र नेपालमा स्वागत गर्ने चलन शुरु गरियो।

यससँगै अयोध्यामा राम मन्दिर बन्‍ने भयो। अयोध्या र जनकपुरबीच नयाँ केही गरौं भन्‍ने सल्लाह गर्दै थियौं। राम मन्दिरमा जनकपुरबाट एउटा धनुष उपहार दिउँ भन्‍ने मनमा आयो। यसको पछाडिको कारण के छ भने धनुष यज्ञ नभएको भए राम र सीताको विवाह हुने थिएन। राम र सीताको विवाह हुनुमा धनुष यज्ञ नै निर्णायक बनेको पौराणिक प्रमाण छ। भगवान शिवले परशुरामलाई दिएको धनुष राजा जनकको दरबारमा थियो। यसकारणले अयोध्यामा राम मन्दिर बन्दै छ, जनकपुरबाट जाने उपहार धनुष नै उपयुक्त हुन्छ भन्‍ने लाग्यो।

त्यसैले जानकी मन्दिरका पदाधिकारीहरूसँग सल्लाह गरेर मैले अयोध्याको राम मन्दिर ट्रस्टका कार्यकारी महासचिव चम्पत रायसँग टेलिफोन सम्पर्क गरेर यो धनुष उपहार दिने प्रस्ताव गरें। अयोध्यासँग सम्बन्धित सबैसँग सल्लाह गर्दा उहाँहरू सबै सहमत हुनु भयो। टेलिफोनमार्फत मात्र कुरा गरेर भएन, अयोध्या आएर लिखित र आधिकारिक प्रक्रिया पुर्‍याउनुपर्छ भन्‍ने प्रस्ताव उहाँहरूले राख्‍नुभयो। र, जुलाई ३० देखि अगस्ट ४, २०२२ सम्मको समय दिनुभयो। हामी २०-२५ जना त्यहाँ गयौं।

त्यहाँ पुगेपछि उहाँहरूले धनुष उपहार स्वीकार्नुभयो। र, थप अर्को प्रस्ताव राख्‍नुभयो। उहाँहरू रामको बाल्यस्वरूप ‘राम लला’को मूर्ति बनाउने योजनामा हुनु हुँदो रहेछ। त्यसका लागि कालीगण्डकीको पवित्र शीला उपलब्ध गराउन आग्रह गर्नुभयो।

त्यसका लागि मैले सक्दो प्रयास गर्छु भनें। त्यसपछि नेपालका सरकारी भूगर्भविदहरूसँग समन्वय गरेर कालीगण्डकीमा पाइने शीला अध्ययन गरें। प्राविधिक टोलीले १०-१५ वटा शीलाको अध्ययन गरे। यस्तै, धनुष बनाउन गुगल सर्च गरेर काठमाडौं बस्‍ने जीवन ठाकुरहरूसँग धनुषको मोडल तयार पारें। शीलाका लागि विशेषज्ञहरूले परीक्षण गरे।

‘राम लला’को मूर्ति जनवरी २०२४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट अनावरण गराउने योजना छ। धनुष राख्‍न अरू मन्दिर पनि बनाउने राम मन्दिर ट्रस्टका पदाधिकारीहरूले बताउनुभयो। तर, पहिला शीला आवश्यक रहेको बताएपछि दुइटा शीलाको लागि अयोध्याबाट लिखित पत्राचार गर्नुभयो। जनकपुर मन्दिरका महन्त, प्रमुख जिल्ला अधिकारी, प्रदेश सरकार, प्रहरीका एसपी, नगरपालिका प्रमुख, विश्‍व हिन्दू परिषदका पदाधिकारीसँग बैठक बस्यौं। केन्द्र, मधेश र गण्डकी प्रदेश सरकारलाई पनि आधिकारिक पत्र लेख्यौं। ती सबै क्षेत्रसँग मैले लबिङ गरेको हुँ।

अयोध्या जानुअघि शीर्ष राजनीतिक दलका नेताहरूसँग पनि छलफल गरेर पूर्वसहमति लिएका थियौं। तीन वर्षदेखिको मेरो प्रयास अन्ततः सार्थक हुने चरणमा छ। गण्डकी प्रदेशले कालीगण्डकीबाट जानकी मन्दिरमा शीला उपलब्ध गराउने र जानकी मन्दिरले अयोध्यामा रामको मूर्ति बनाउन शीला उपहार दिने निर्णय नै भएको छ। बजेट नै विनियोजन गरेर अध्ययन गरिएको हो।

अहिले दुईवटा शीला अयोध्या पुर्‍याउँदै छौं। भूगर्भशास्त्रीहरूका अनुसार एउटा शीला मार्बल हो भने अर्को क्‍वार्टाइल। हामीले दुवैलाई नामकरण गरेका छौं, देवशीला। यस्तो शीला आवश्यक छ भनेर अयोध्याबाट आएको प्रस्तावअनुसार नै हामीले कालीगण्डकीबाट दुवै शीला लिएका हौं। क्‍वार्टाइल १६ र मार्बल १८ टनका छन्।

हामी १२ माघमा कालीगण्डकीबाट शीला लिएर हामी १४ माघमा जनकपुर आइपुग्यौं। १६ माघमा जनकपुरबाट अयोध्यातर्फ हिँडेका छौं। यसबीचमा भएका विभिन्‍न पूजामा म र मेरी श्रीमती कर्ता छौं। सपत्नी पूजा गर्ने प्रचलनअनुरूप पण्डित, पुराहितहरूकै परामर्शमा हामी हरेक पूजामा कर्ताका रूपमा संलग्‍न छौं।

कालीगण्डकीबाट शीला लिएर अगाडि बढ्दा स्वदेशका विभिन्‍न ठाउँमा भव्य स्वागत र पूजाअर्चना भएका थिए। भारततर्फ पनि विभिन्‍न ठाउँमा त्यसरी नै पूजाअर्चना हुनेछ। शीला दानको यस अवसरले नेपाल र भारतबीच परापूर्वकालदेखि रहिआएको अनुपम धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने हाम्रो विश्‍वास छ। यसमा कुनै राजनीतिक या कूटनीतिक उद्देश्य छिपेको छैन। जसरी राम-सीता, कृष्ण-राधा र शिव-पार्वतीको विवाहमा कुनै राजनीतिक-कूटनीतिक उद्देश्य थिएन, त्यसरी नै यो विशुद्ध धार्मिक-सांस्कृतिक सम्बन्धको निरन्तरताको उपज हो।

मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ८.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.