• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

रञ्‍जु दर्शनाको विश्लेषण- चुनावी एजेन्डा मतदातामाझ पुर्‍याउन सकिएन


सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित

काठमाडौं- ४ मंसिरमा सम्पन्‍न आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेकी रञ्‍जु दर्शनाले अपेक्षाकृत नतिजा हासिल गर्न सकिनन्। ०७४ सालको पालिका चुनावमा काठमाडौं महानगरका मतदाताको मन जित्दै उपविजेता बनेकी उनले यसपालि संघीय संसदको यात्रा तय गरेकी थिइन्। तर, पहिलेझैं मतदाताको मत बटुल्न सकिनन्।

Advertisement

आखिर किन त? रञ्‍जु भन्छिन्, ‘मेरो चुनावी एजेन्डा कम प्रचारप्रसार भएको कारण चुनावमा हार बेहोरें।’

के थिए उनका चुनावी एजेन्डा? उनले मानसिक स्वास्थ्य, जलवायु परिवर्तनको बढ्दो असर, शैक्षिक क्षेत्रको सुधार, महिला सशक्तीकरण र नेतृत्व विकास, समावेशी संरचना निर्माण, यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका मुद्दा उठाएकी थिइन्। यी मुद्दाहरू अन्य उम्मेदवारको जस्तो बढी चर्चामा आउन नसकेको, जनताले कस्तो मुद्दाका साथ को उम्मेदवार चुनावी मैदानमा छ भन्‍ने नै कम जानकारी पाएका कारण यसपटक नतिजा आफ्नो पक्षमा आउन नसकेको प्रारम्भिक विश्लेषण रञ्‍जुले गरेकी छन्।

२०७४ सालको पालिका चुनावमा विवेकशील नेपाली पार्टीबाट काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिई २३ हजार ४३९ लोकप्रिय मत प्राप्त गरेकी थिइन्, रञ्‍जुले। यसपटक त्यस्तो रेकर्ड राख्न सकिनन्। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जमानत नै जफत हुनेगरी जम्मा ६ सय मत प्राप्त गरिन्। ‘स्थानीय र संघको चुनावी प्रक्रिया फरक -फरक हुन्छ। मैले चुनाव लडेको क्षेत्रमा धेरै उम्मेदवार भएर पनि कम मत प्राप्त हुनुको अर्काे कारण हुनसक्छ। यसको विस्तृत विश्लेषण गरी केही दिनमा सार्वजनिक गर्नेछौँ,’ उनले नेपाली हेडलाइनसँगको कुराकानीमा भनिन्।

यसअघिको पालिका चुनावमा उनले पाएको लोकप्रियताका कारण यसपटक काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेस र एमालेलाई रञ्‍जुको उम्मेदवारीले मत काटिने डर थियो। रञ्‍जु बलियो उम्मेदवार थिइन्। तर, उनी यसपटक उनी यसअघि पाएको लोकप्रियतालाई निरन्तरता दिनबाट चुकिन्।

पार्टीगत र स्वतन्त्र दुवै हैसियतको उम्मेदवारीमा हार बेहोरेकी रञ्‍जुको अबको राजनीतिक यात्रा चासोको विषय बनेको छ।

पाँच वर्षअघि पार्टीगत राजनीतिमा भुलेर आफ्नो ऊर्जावान समय खेर फालेको बताउँदै अब झन् आफूले चुनावी मुद्दा कार्यान्वयन गर्न सशक्त आवाज उठाउने तयारीमा छिन्, रञ्‍जु। र, आफ्ना चुनावी मुद्दा कार्यान्वयन गराउन निर्वाचित भएकाहरूलाई झकझक्याउने काममा केन्द्रित हुने तयारी शुरु गरेकी छन्। यसपटकको चुनावमा आफूले नभए पनि आफूजस्तै अन्य स्वतन्त्र उम्मेदवारले ठूला पार्टीलाई चुनौती दिएको र यो क्रम जारी रहनुपर्ने उनको ठम्याइ छ। ‘त्यसैले पनि राजनीतिक यात्रा जारी राख्छु,’ उनी भन्छिन्।

नेपालको राजनीतिक परिवेश केलाउँदा पार्टीबाट अलग्गिने र फेरि त्यही पार्टीमा मिसिनेहरूको जमात कम छैन। स्वतन्त्र उम्मेदवारीबाट सन्तोषजनक नतिजा हात पार्न नसकेकी रञ्‍जु पनि फेरि पार्टीमा फर्किने अनुमान धेरैको देखिन्छ। रञ्‍जुले भने अब पार्टीमा भन्दा स्वतन्त्र हैसियतमै आफ्ना चुनावी एजेन्डा कार्यान्वयन गराउनमा सशक्त भएर लाग्ने योजना बुनेकी छन्।

२०७४ सालको पालिका चुनावमा पार्टीको उम्मेदवार भए पनि चुनाव चिह्नका लागि स्वतन्त्र बराबर नै संघर्ष गर्नुपरेको उनले भुलेकी छैनन्। यसपटकको निर्वाचनमा ठूला दलका वरिष्ठ, वलियो प्रभाव जमाएका नेताहरूले पनि पराजय बेहोरेकाले आफ्नो एजेन्डा बलियो भए संगठनले खासै प्रभाव नपार्ने उनको विश्लेषण छ। त्यसैले आगामी राजनीतिक यात्रा कुनै पार्टीमा भन्दा आफ्नो क्षेत्रका लागि बनाएको चुनावी एजेन्डा पूरा गर्नमा केन्द्रित रहने उनी बताउँछिन्।

सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.