काठमाडौँ । पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ले दश करोड बढी कमाएको छ ।
Advertisement
निर्माण पक्षले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मले चौथो सातामा दश करोड क्लबमा इन्ट्री पाएको जानकारी दिएका छन् ।
पाचौँ सातामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ’महापुरूष’ले ५१ औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ ।
फिल्मका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले पहिलोसाता चार करोड ५६ लाख ७७ हजार, दोस्रो साता २ करोड ८३ लाख २७ हजार, तेस्रो साता १ करोड ४२ लाख र चौथो साता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो ।
‘हामीले पाएको शो हाउसफुल नै भइरहेका छन्, पाचौँ सातामा पाएको शोले नै फिल्मको सफलता दर्साउँछ’, निर्माता खत्रीले भने, ‘फिल्मले नेपालसँगै अमेरिकामा गरेको व्यापार आफैँमा रेकर्ड बन्दै छ ।