काठमाडौँ । आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रष्टीकरण दिएका छन् ।
सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो । तर, दुतराजले ‘गलत बुझाइ तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको बताएका छन् ।
‘कहिले अध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैलाई थुनिदिन्छु, हजारौँ कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ उनले भनेका छन्, ‘यसलाई रोग भनु या मेरो विशेषता, यही कारण पनि म आफूले आफैलाई दुःखी बनाउँछु ।’
‘धेरै समाचारहरू हेरेँ, पढेँ अलिक अप्ठ्यारो असजिलो महसुस गरेँ, म केही छिन हराउनु म मर्नु हैन नि,’ उनले थपे ।
उनले अगाडि भनेका छन्, ‘कसरी मार्न सक्थे र यो शरीरलाई, गलत बुझाइ तथा सूचनाका आधारमा प्रकाशित समाचारले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरू सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।’