• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

चुनाव जित्नेमा शतप्रतिशत ढुक्क छु : योगेश भट्टराई


मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित

 

Advertisement

पूर्वपर्यटन मन्त्री तथा एमाले केन्द्रीय सचिव योगेश भट्टराई आसन्‍न प्रतिनिधिसभा चुनावमा ताप्लेजुङबाट प्रत्यासी छन्। उनी मतदाताका घर–घर पुगेर चुनावी अभियान सञ्‍चालन गरिरहेका छन्, यतिबेला। भट्टराई चुनाव जित्नेमा कति प्रतिशत ढुक्क छन् अनि मतदाताले उनीसँग कस्तो आशा र अपेक्षा राखेका छन्? यसैको सेरोफेरोमा रहेर भट्टराईसँग नेपाली हेडलाइनले गरेको संवाद

चुनावी माहोल कस्तो पाइरहनुभएको छ?

चुनावी माहोल भरखरै शुरु हुँदैछ। अहिले निर्वाचन आयोगले आमसभा र चुनावी कार्यक्रम गर्न १८ कात्तिकपछि मात्र दिने भनेको छ। त्यसैले अहिले हामी आन्तरिक भेलाहरू, मतदातासँग भेटघाट र घरदैलोमा व्यस्त छौं।

ताप्लेजुङको हकमा प्रतिनिधिसभामा कांग्रेसको उम्मेदवारी छैन। एमालेसँग माओवादीका उम्मेदवार प्रतिस्पर्धी हुनुहुन्छ। ताप्लेजुङमा मुख्य दल भनेकै एमाले र कांग्रेस हुन्। एमाले र कांग्रेसकै मुख्य प्रतिस्पर्धा हो यहाँ। माओवादी हाम्रो जिल्लामा आफैंमा कमजोर छ। कांग्रेसको उम्मेदवार नभएका कारण पनि मलाई धेरै सहज भएको छ।

स्थानीय तहको मतको फरक पनि धेरै छैन। ६१ वटा वडामा आधा एमालेले जितेको छ। बाँकी आधा पनि कांग्रेस र माओवादीमा बाँडिएको छ। त्यसैले पनि मेरो अवस्था मजबुत छ।

त्यसमाथि एमालेबाट म उम्मेदवार बन्दा मेरो केन्द्रीय पहुँच, एमालेभित्र पनि केन्द्रीय हैसियतको पाटोलाई पनि मतदाताले हेर्छन् नै। प्रतिद्वन्द्वीको ठूलो व्यक्तित्व नभएको कारणले पनि मतदाताले मलाई नै रोजेको पाएको छु।

घरदैलोमा पुग्दा मतदाताको आशा र अपेक्षा के पाउनुभएको छ?

घरदैलोका क्रममा मतदाताहरूले बाह्रै महिना सञ्‍चालन हुन सक्ने सडक निर्माणमा अग्रसरता लिइदिने अपेक्षा ज्यादा गर्नुभएको छ। यसअघिकै कार्यकालमा गाउँ-गाउँमा सडक पु¥याइसकेको छु। तर, स्तरोन्‍नती हुन नसक्दा ती सडक बाह्रैमास सञ्‍चालनयोग्य बनाउन सकिएको छैन। र, मतदाताले पनि आफ्नो घर गाउँ जोड्ने सडक बाह्रै महिना सञ्‍चालन गर्न योग्य बनाइदिन आग्रह गर्नुभएको छ।

त्यसबाहेक स्वास्थ्य चौकी, प्राथमिक विद्यालय भवन आवश्यक भएको मतदाताको माग छ। चुनाव जितेर गएपछि मतदाताका हरेक आशा र अपेक्षा पूरा गर्न दत्तचित्त भएर लागिपर्नेछु। आगामी पाँच वर्षको सांसदको मेरो कार्यकालमा ताप्लेजुङको समग्र विकासमा केन्द्रित हुनेछु।

यस्तै, ताप्लेजुङको मुख्य नगदे बाली अलैंचीको बजारीकरणमा साथ दिन मतदाताले आग्रह गर्नुभएको छ। खासगरी, अलैंचीको बजार किसानको हितमा हुनुपर्ने माग उहाँहरूको छ।

ताप्लेजुङमा प्रशस्त पर्यटकीय विकासको सम्भावना छ। त्यसलाई पनि अझ अगाडि बढाउनुपर्ने माग मतदाताहरूको छ।

चुनाव जित्नेमा कति प्रतिशत ढुक्क हुनुहुन्छ?

म चुनाव जित्नेमा शतप्रतिशत ढुक्क छु। अहिले एउटा राष्‍ट्रिय दृष्‍टिकोण भएको बलियो पार्टीको सरकार आवश्यक छ भनेर मतदाताले भन्‍नुभएको छ। वास्तविकता पनि त्यही हो। समयले पनि त्यसैलाई जोड दिएको अनुभूति हुन्छ।

आजका अन्तर्राष्‍ट्रिय, क्षेत्रीय तनावबीच नेपालको भूराजनीतिलाई सन्तुलित बनाउन सक्ने पार्टीको नेतृत्वमा सरकार बन्‍नु अत्यावश्यक छ। दह्रो पार्टीको दरिलो नेतृत्वसहितको सरकार भयो भने अन्तर्राष्‍ट्रिय मुद्दाहरूमा नेपालले बलियो अडान लिन सक्छ भन्‍ने देखियो।

त्यो गर्न सक्ने पार्टी भनेको आजको दिनमा एमाले नै हो। मतदाताको पनि यही राय पाइरहेको छु।

  • चुनावी अभियान
  • मतदाता घरदैलो
  • योगेश भट्टराई
मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.