• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

संसारभर महँगियो डलर, सबै मुलुकको अर्थतन्त्रमा हलचल


शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित

लन्डन- अमेरिकी डलर अन्य मुलुकका मुद्राको तुलनामा पछिल्लो दशककै सबैभन्दा मजबुत बनेको छ। त्यसको अर्थ हो, डलर खरिद महँगो बनेको छ। र, एक डलरले पहिलेभन्दा ज्यादा युरो, पाउन्ड या येन खरिद गर्न सक्छ।

Advertisement

यसको असर संसारभरको व्यापार र दैनिक जीवनशैलीमै देखिन थालेको छ। डलर इन्डेक्स अर्थात डीएक्सवाईले अमेरिकी डलरलाई अन्य ६ मुलुकका मुद्रासँग तुलना गर्छ। त्यसमा युरो, पाउन्ड र जापानी येन सामेल छन्।

डीएक्सवाई सन् २०२२ मा १५ प्रतिशतले बढेको छ। यस आँकडाबाट अमेरिकी डलर पछिल्ला २० वर्षमा सर्वाधिक उचाइमा पुगेको देख्‍न सकिन्छ।

डलर किन यति मजबुत?

अमेरिकाको केन्द्रीय बैंकले यस वर्ष बढ्दो महँगी नियन्त्रणमा लिन धेरैपटक ब्याजदर बढायो। त्यसबाट वित्तीय उत्पादनको कमाइ बढ्यो, जसले डलरको प्रयोग गर्छ। त्यसको एउटा उदाहरण अमेरिकी सरकारी बोन्ड हो।

बोन्ड सरकार र कम्पनीहरूका लागि पैसा सापटी लिने एक तरिका हो। त्यसमार्फत भविष्यमा निश्‍चित ब्याजका साथ पैसा फिर्ता गर्ने वाचा गरिएको हुन्छ। सरकारी बोन्ड आम रूपमा सुरक्षित मानिन्छ।

पछिल्ला दिनमा लगानीकर्ताहरूले लाखौं डलर खर्चेर अमेरिकी बोन्ड खरिद गरे। उनीहरूले अमेरिकी बोन्ड खरिद गर्न डलर खर्चिए। सोही कारण संसारभर डलरको माग अत्यधिक बढ्यो अनि डलरको भाउ संसारभर महँगियो।

जब लगानीकर्ताले डलर खरिद गर्न अन्य मुलुकका मुद्रा प्रयोग गर्छन्, तब ती मुद्राको मूल्य गिर्छ। लगानीकर्ताहरूले यस्तो बेला पनि डलर नै खरिद गर्न चाहन्छन्, जब विश्‍वव्यापी अर्थव्यवस्था संकटमा हुन्छ। त्यसको कारण हो, अमेरिका अर्थतन्त्र संसारकै ठूलो छ। र, अमेरिकी डलर खरिद गर्दा सुरक्षित मानिन्छ। सोही कारण अमेरिकी डलरको मूल्य बढ्छ।

युरोप र एसियाका धेरै अर्थतन्त्र अहिले संकटमा छन्। त्यसको मुख्य कारण हो, इन्धनको बढ्दो मूल्य। अमेरिकी अर्थतन्त्रमा भने पछिल्ला ६ महिनामा इन्धनको बढ्दो मूल्यले कुनै असर पारेको छैन।

पाउन्डको तुलनामा मजबुत डलर

२६ सेप्टेम्बरमा ब्रिटिस पाउन्डमा अमेरिकी डलरको तुलनामा भारी गिरावट आयो। त्यस दिन पाउन्डको मूल्य १.०३ डलर थियो। सन् २०२२ को शुरुवातदेखि अहिलेसम्म पाउन्डमा २० प्रतिशतको गिरावट भइसकेको छ।

त्यसपछि ब्रिटेनका अर्थमन्त्री क्‍वासी क्‍वारटेङले ४५ अर्ब पाउन्डको कर कटौति समेटिएको एक मिनी बजेट ल्याए। र, व्यापार र घरधुरीमा बिजुलीमा अनुदान पनि घोषणा गरे।

त्यसभन्दा ज्यादा कर कटौति हुन सक्ने उनको संकेत थियो। धेरै लगानीकर्ताले बेलायतको बोन्ड र अन्य सम्पत्ति धमाधम बिक्री गरे। किनकि, अर्थमन्त्रीको त्यस कदमबाट सरकारी उधारो अधिक बढ्ने जोखिम उनीहरूले देखे। सोही कारण पाउन्डको मूल्यमा तीव्र गिरावट आयो।

डलर मजबुत हुँदा कमजोर मुद्राहरूमा के पर्छ असर?

पाउन्डजस्तै जापानी येनको मूल्य पनि डलरको तुलनामा २० प्रतिशतले घट्यो। र, युरोको मूल्यमा पनि १५ प्रतिशतले गिरावट आयो। कमजोर मुद्रावाला मुलुकलाई डलर मजबुत हुँदा फाइदा हुन्छ। किनकि, उनीहरूलाई सामान र सेवा बिक्री गर्न सस्तो पर्न जान्छ। र, निर्यात बढ्छ। अनि अमेरिकाबाट हुने निर्यात महँगो हुन जान्छ।

इन्धनको मूल्य अमेरिकी डलरका आधारमा तय हुन्छ। त्यसैले इन्धनको मूल्य भने संसारभर महँगिएको छ।

उदाहरणका लागि ब्रिटेनमा सन् २०२२ को शुरुवातमा एक लिटर पेट्रोलको औसत मूल्य १.४६ पाउन्ड थियो। अहिले बढेर १.६७ पाउन्ड भएको छ। त्यसको अर्थ हो, १५ प्रतिशतको बढोत्तरी।

सरकारहरू र कम्पनीहरूले धेरैपटक अमेरिकी डलरमा उधारो लिएका हुन्छ। किनकि, आम रूपमा यसको मूल्य आफ्नो मुद्राको तुलनामा स्थिर रहन्छ। तर, जब डलरको मूल्य बढ्छ, स्थानीय मुद्रामा ऋण चुक्ता गर्न मुश्किल पर्छ।

अर्जेन्टिनाको सरकारमाथि मजबुत डलरको गम्भीर असर परेको छ। त्यहाँको सरकारले सामानहरूको आयातमा अस्थायी प्रतिबन्ध लगाएको छ। आफ्नो सुरक्षित मुद्रा भण्डारलाई बचाउन अर्जेन्टिनाको सरकारले यो कदम उठाएको हो।

अन्य मुलुकले के कदम उठाउँदै छन्?

कतिपय मुलुकले ब्याजदर बढाएर आफ्नो मुद्राको मूल्य बढाउने कोशिस गरिरहेका छन्। ब्रिटेनले हालसम्म दुई प्रतिशत ब्याजदर बढाइसकेको छ। बेलायतको केन्द्रीय बैंकको भनाइमा ब्याजदर अझै बढ्न सक्छ। र, त्यो ६ प्रतिशतसम्म पुग्ने जानकारहरूको भनाइ छ।

युरोपियन केन्द्रीय बैंकले ब्याजदर १.२५ प्रतिशत बढाएको छ। ब्याजदर बढाउँदा बढ्दो मूल्यवृद्धि कम गर्न मद्दत मिल्छ। तर, आम मानिस र व्यापारीहरूलाई ऋण लिन महँगो हुन जान्छ।

त्यसबाट महँगी नियन्त्रणमा मद्दत मिल्छ। तर, कम्पनीहरूको मुनाफा कम हुने डर रहन्छ। अनि आम मानिसले रोजगारीबाट हात धुनु पर्छ। परिवारहरू खर्च कटौति गर्न थाल्छन्। त्यसबाट अर्थव्यवस्था मन्दीमा जाने र खुम्चिने खतरा हुन्छ।

बीबीसीबाट

शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

भर्खरै

  • १.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • २.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ३.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ४.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ५.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ६.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

  • ८.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.