• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

दशैंमा नेपथ्यको कोसेली ‘नैनताल’ (भिडियोसहित)


    Avatar photo
शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित

काठमाडौं : बीसौं शताब्दीलाई सर्वाधिक प्रभाव पार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकाहरु रणमैदानका अग्रभागमा खटिए । घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर हिँड्दैगर्दा उनीहरु रंगीविरंगी सपनाहरुको संसार बनाउने काम पनि गर्थे । भय र सपना बीचको यो कल्पनाशिलताबाटै लाहुरेहरुले अनगिन्ती गीतहरु जन्माएका थिए । त्यस्ता लडाकाहरु युद्धभूमिबाट फर्किएर आउँदा अनुभव र पैसा बोकेर मात्र आएनन्, एक से एक गीतहरु पनि नेपाली समाजलाई कोशेली ल्याइदिए ।

Advertisement

ती कोशेली मध्येकै एउटा सिर्जना अर्थात् नेपथ्यको कान्छो प्रस्तुती अब उसको दसौं एल्बमको अन्तिम गीत बन्नपुगेको छ ।

‘नैनताल… नैनताल
घुमिआयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल… नैनताल’

आम प्रचलनमा त्यति नआएको ‘नैनताल’ लाहुरेहरुले भारतको ‘नैनीताल’लाई दिएको नाम हो भने बुलबुले भन्नाले कपालको ‘जुल्फी’ बुझिन्छ ।

यस गीतलाई नेपथ्यले आफ्नो दसौं एल्बम रेकर्ड गर्दाको क्रममा सन् २०१५ मै रेकर्ड गरिसकेको थियो । यो गीत आधिकारिक रुपमा हालसम्म सार्वजनिक नभए पनि नेपथ्यले विभिन्न मञ्चमा यसलाई प्रस्तुत गर्दैआएको छ । आफूसँग संकलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले थप अध्ययनसहित परिमार्जन गरेर तयार पारेका हुन् । यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरुसँग भेटेका थिए । यसरी तयार भएको यो गीत पहिलोपटक लण्डन सहरको ओ टु एकेडेमी ब्रिक्सटनमा सन् २०१५ मा प्रस्तुत गरिएको थियो । त्यो कन्सर्ट ताका गोर्खा परम्पराको इतिहासले दुई सय वर्ष टेकेको अवसर पनि जुरेको थियो । त्यसै संयोगमा नेपथ्यले सम्पूर्ण गोर्खा सैनिक परिवारलाई समर्पित गर्दै यो गीत प्रस्तुत गरेको थियो ।

‘हाम्रो लोक सँस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिमध्येकै एउटा पाटो बर्णन गर्ने यो गीत पल्टनमा गएका मेरा काकाबा र मावल खलकले वर्षौदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको हुँ,’ अमृत भन्छन् ।

यस गीतले विशेष गरेर भारतीय गोर्खा रेजिमेन्टहरुमा उतिबेला निकै लोकप्रियता आर्जन गरेको वरिष्ठ संगीतकार विक्रम गुरुङ सुनाउछन् । लोकप्रिय आधुनिक नेपाली गीतहरुका सर्जक गुरुङ स्वयं पनि गोर्खा परिवारसँग जोडिएका व्यक्ति हुन् ।

‘नैनताल गीत मैले पहिलोपटक देहरादूनमा सुनेको थिएँ,’ सन् १९६३ ताकाको सम्झना गर्दै गुरुङ भन्छन्, ‘मेरा बाबा र परिवारसँगै म ब्यारेकमै बस्थेँ । सायद म प्राथमिक विद्यालय जाने उमेरको थिएँ । त्यसैबेला सुनेको त्यो गीतका अनेक संस्मरणहरु अहिले पनि मिठो याद बनेर मेरो सम्झनामा बसेको छ ।’

उनका अनुसार विभिन्न जमघट र समारोहमा यो गीत गाइँदा गोर्खा सिपाहीका भएभरका कम्पनीको आवाज र नृत्य एकसाथ देख्न पाइन्थ्यो । यसरी यो गीतले सिंगो माहोललाई जीवन्त पारिरहेको हुन्थ्यो । कुनै कुनै विशेष समारोहहरुमा यस गीतलाई फौजीले प्रयोगगर्ने न्याउली बाजा (ब्यागपाइपर)को आवाजबाट प्रस्तुत गरिएको पनि गुरुङले उतिबेला देहरादूनका ब्यारेकतिरै सुनेका थिए ।

‘आज पनि कतैतिर नैनतालको धुन बज्दा मेरा पैँतालाले स्वस्फूर्त भुइँ ठोक्न थाल्छ,’ गुरुङ भन्छन्, ‘मेरो वाल्यकाललाई यस्तरी प्रभावित पारेको त्यो मिठो गीतलाई नेपथ्यले परिमार्जन गरि आम नेपाली श्रोतालाई सुनाउनलागेको जानकारी पाउँदा असाध्यै खुशी लागेको छ ।’

यस गीतले समेटेको कालखण्ड र त्यसको आस्वादलाई जीवन्तता दिने प्रयास स्वरुप यसको रेकर्डिङ पनि पुरानै प्रविधि अर्थात् ‘वन टेक रेकर्डिङ’ मार्फत् गरिएको थियो । डिजिटल रेकर्डिङ सुविधा आउनुअघिको यो प्रविधिमा गायक र वाद्यवादकले एकसाथ गाउँदा गाउँदै र बजाउँदा बजाउँदै एकैपटक रेकर्ड सम्पन्न गरिन्छ । यसरी रेकर्ड गरिने गीत तुलनात्मक रुपमा कम सफा सुनिने भएता पनि कृतिमतारहित अनि बढी जीवन्त हुने तर्क संगीतका पारखीहरु गर्छन् ।

अमृतले यस गीतलाई पुरानै शैलीले रेकर्ड गर्ने इच्छा जाहेर गर्दा आफू आश्चर्यमा परेको यसका रेकर्डिस्ट एवं ‘साउण्ड इन्जिनियर’ इमन शाह बताउँछन् । ‘अमृत दाइ र नेपथ्यको यो सोच मेरोनिम्ति अवसर र चूनौति दुवै बन्न पुग्यो,’ शाह भन्छन्, ‘ब्याण्डका सदस्य र तिनका साजहरुलाई थुप्रै माइकहरुसहित एउटै कोठामा राखेर एकैपटकमा रेकर्ड गर्नुको आफ्नै चूनौति हुन्छन् । यसको न्यूनतम आवश्यकता भनेको पूर्ण रुपमा अभ्यस्त ब्याण्ड, प्राविधिक रुपमा सम्पन्न ठूलो स्टुडियो कोठा र यस्तो कामको भावना बुझ्ने संगीतकर्मी, प्राविधिक र व्यवस्थापनको सामुहिक बुझाइ नै हो ।’

‘अहिलेका डिजिटल प्रविधिजस्तो यसको आवाज असाध्यै सफा नहोला,’ शाह थप्छन्, ‘तर, साउण्ड इन्जिनियरका रुपमा धुनसँगै ब्याण्डका साथीहरु बीचको सामिप्यलाई समेट्न सक्नुलाई मैले उल्लेख्य ठानेको छु ।’
‘रेकर्डिङको बेला सिंगो ब्याण्ड केवल मलाइ सुनाउनका निम्ति उभिएको छ र एकसाथ आइरहेका ती आवाजका साथै त्यो क्षणलाई म प्रविधिमा कैद गरिरहेको छु जस्तो भान परिरहेको थियो,’ शाहले अगाडि भने, ‘यसरी यो एल्बम प्रोजेक्टको रेकर्डिङ अनुभव मेरो जीवनकै एउटा महत्वपूर्ण क्षण बन्नपुगेको थियो ।’

यहि महत्वलाई आत्मसात गर्दै नेपथ्य ब्याण्डको प्रवद्र्धन गर्दैआएको संस्था नेपालयले यसको म्यूजिक भिडियो ‘वन टेक रेकर्डिङ’का बेला संग्रह गरिएका दृश्यलाई जोडेर तयारपारेको छ । यसमा देखिने दृश्य क्यामराका लागि अभिनय गरिएको नभइ रेकर्डिङ भइरहेकै क्षणलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको हो ।

नेपथ्यको आधिकारिक यु ट्युब च्यानलमा प्रस्तुत गरिएको यस भिडियोसँगै यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ ।

‘नेपथ्यका सबैजसो लोकलयमा आधारित गीतहरु मैले गाउँबस्ती डुलेर संकलन गरेको हुँ,’ अमृत भन्छन्, ‘यो भने मेरो पारिवारिक पृष्ठभूमिबाटै आएको प्रिय संकलन भएकाले यसपाला पर्वहरुको अवसर पारेरै सौगातका रुपमा पस्केको छु ।’

यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन् ।

शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.