• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

दीपाश्रीको दशैं : घटस्थापनामा विराटनगर, यसपटक मामाघरलाई ‘मिस’


शनिबार, असोज ०८, २०७९ मा प्रकाशित

काठमाडौं- चारैतिर दशैंको रौनक, विराटनगरका खेतहरूमा धानका बाला झुलेका अनि त्यही खेतको आली भएर दौडिँदै मामाघर सुनसरीको ‘चक्रघटी’ जाँदाको रमाइलो नै बेग्लै लाग्छ, अभिनेत्री दीपाश्री निरौलालाई।

Advertisement

दशैंको रौनक चारैतिर छाइसकेको छ। काठमाडौं उपत्यकामा कर्मथलो भएका धेरैजना आफ्नो जन्मस्थलतिर गइसकेका छन् भने कतिजना जाने सुरसार कस्दैछन्। तीमध्ये एक हुन्, अभिनेत्री दीपाश्री पनि।

उनी घटस्थापनाको दिनमै गृहनगर विराटनगर पुग्छिन्। भन्छिन्, ‘मेरो दशैं त घटस्थापनाको दिनबाट शुरु हुन्छ।’ उनलाई दशैं भनेपछि जतिसुकै पैसा कमाए पनि अरूले दिएको दक्षिणा र आशिर्वाद मनपर्ने कुरा हो। उनी हरेक दशैं विराटनगरमै मनाउँछिन्। काठमाडौंलाई कर्मथलो बनाएपछि एकपटकबाहेक उनको दशैं विराटनगर नगएर कहिले टुटेको छैन।

‘बुवा ८३ वर्षको हुनुहुन्छ। काठमाडौंमा सुनौलो भविष्यको खोजीमा संघर्ष गरिरहँदा एकपटक दशैंमा घर जाने पैसासमेत थिएन,’ उनी भन्छिन्, ‘बुवालाई घर आउन भाडा छैन भन्ने हिम्मत आएन। त्यही भएर एक वर्षको दशैंमा विराटनगर गइनँ। त्यसबेला मैले टीका नलगाउँदा बुवा रोएर जस्तोसुकै अवस्थामा पनि छोराछोरीलाई हामीले पैसा माग्छौं र भन्दै रुनुभएको थियो।’ त्यसयताका दशैं विराटनगरमै मनाएको उनी बताउँछिन्।

‘दशैंको बेला राष्ट्रिय, अन्तर्राष्ट्रिय कुनै कार्यक्रममा पनि उपस्थिति जनाउँदिनँ। भरसक दशैं छुटाउन नपरोस्जस्तो लाग्छ। दशैंमा बुवाको हातबाट टीका लगाउन पाउँदा संसारकै भाग्यमानी महशुस गर्छु,’ उनी भन्छिन्।

उनी भेजिटेरियन हुन्, अर्थात् उनलाई मासु चल्दैन। सोही कारण दशैं नजिकिँदै गर्दा उनलाई साथीहरूले ‘तिमीलाई पनि दशैं आउँछ र’ भनेर जिस्क्याउँछन्। भन्छिन्, ‘दशैंमा तराईमा खानाका परिकारहरू थरिथरिका हुन्छन्। त्यसैले त्यो मासु खानै पर्दैन। हाम्रोतिर दशैंको खानेकुरा त्यति मिठो हुन्छ कि मासु नै चाहिँदैन।’

उनलाई बाल्यकालको दशैंको धेरै सम्झना आउँछ। विशेषगरी बाल्यकालमा मामाघर जान-आउन आफ्नो साधन थिएन। खेतको आली भएर, दौडिँदै मामाघर जाँदा पसिनाले निथ्रुक्कै भिज्थिन् उनी। भन्छिन्, ‘पसिनै पसिना भएर, भिजेर चक्रघटी मामाघर जान्थें। आमाले मामाघर जाँदा दुवै हातमा खानेकुरा समात्नुभएको हुन्थ्यो। मामाघरमा भान्जीहरू आए भनेर स्वागत पनि भव्य हुन्थ्यो। त्यो दशैं अत्यन्त प्यारो लाग्छ। यसपटक मामाघरमा दशैं छैन, त्यही भएर मामाघरलाई एकदमै मिस गर्नेछु।’

जिम्मेवारी काँधमा आएपछि मनाउँदाको दशैं छुट्टै किसिमको रमाइलो हुने उनको विश्वास छ। आफूले चाहेअनुसार हातमा पैसा खेलाउन पाइन्छ। सबैलाई मिलाएर चाडबाडमा अघि बढ्नुपर्ने, सौहार्द्रपूर्ण चाड भएकाले दीपाश्रीलाई यसको महत्त्व नै बेग्लै लाग्छ। ‘जुनसुकै चाडबाड पनि हामीले देखासिकी नगरी मनाउनुपर्छ। बच्चामा पैसा ठूलोजस्तो लाग्छ,’ उनी भन्छिन्, ‘म पनि कतिपटक मामाघरमा थोरै पैसा दिनुभयो भनेर रोएर हिँडेकी छु। तर, त्यस्तो नहुँदो रहेछ। सानोमा म एकदम छुच्ची थिएँ। मामाले थोरै पैसा दिनुभयो भनेर रिसाएर हिँडेको पनि याद आउँछ।’

बाल्यकाल भएकाले चिन्तामुक्त भएर दशैं मनाउँदाको आनन्द छुट्टै हुने उनको आभास छ। भन्छिन्, ‘हामी सबैले आफूभन्दा ठूलाको आशिषलाई नै सबैकुरा मानेर दशैं हर्षोल्लासका साथ मनाउनुपर्छ। सबैलाई दशैंको शुभकामना !’

शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.