अर्काले
निर्माण गरिदिएको
कालोपत्रे राजमार्गभन्दा
आफूले
निर्धारण गरेको कच्ची सडकमा
यात्रा गर्नुका अनुभवहरू
फरक-फरक हुँदा रहेछन् !!
तिनै
कच्ची सडक निर्माणमा
हत्केलामा उठेका फोकाहरू, ….
फुटेका पाइतालाहरू …..
र,
निधारमा बगेका पसिनाहरू ….
बेलाबेला
मुटुको अन्तरबाट
निस्कन खोज्ने समवेदनाहरूले नै
जिन्दगीको असिम तृप्तीको उत्कर्षमा
पुर्याउने रहेछन् !!
Advertisement
अनि, जुनको शीतलता भनौं
या नियतिको आत्मीयतालाई
प्राप्ति गर्नुको अनुभूति नै
अलौकिक हुँदो रहेछ नि सज्जनहरू !!
त्यसैले,
निन्दा, अहंकार र आलोचना छोडेर
जीवनको असल मार्ग,
असल चरित्र निर्माणमा
लागौं न सज्जनहरू !!
जहाँ ज्ञानी, ध्यानी र कुण्ठित अज्ञानीहरू
पनि तिम्रो प्रेरणा पाएर
उन्मुक्त हुन सकून् …
जीवनका कच्ची सडकहरू
पार गर्न सकून् न,
सज्जनहरू !!