• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रिटायर्ड आर्मी फूलकुमारको अविराम गायन यात्रा


शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित

चराम चुङगो या सुङगो,
म्हेन्दोम कोको ला गोगो,
लाना ङादा चुइचुइ हा ङोगो ……..

Advertisement

फूलकुमार बम्जनले यस्तै थुप्रै गीत आमाको काखमा लुटुपुटु गर्दै सुने। तामाङ परिवारमा जन्मिएका उनका लागि सेलो नयाँ थिएन। आमाकै आवाजमा सेलो सुन्थे। गाउँका फुपू, काका, बाजेहरूले जाँतो पिस्दा, घाँस काट्दा गाएका सेलो उनको कानमा गुञ्‍जिन्थे।

सिन्धुलीको कमलामाई नगरपालिका-२ खोल्मडाँडामा ०३७ सालमा जन्मिएका बम्जन सानैदेखि गीत संगीतका पारखी थिए। बुझ्‍ने हुँदै गएपछि तामाङ सेलो भनेपछि त उनी हुरुक्कै हुन्थे।

बम्जन दुःखमा हुर्केका हुन्। उनी ६ महिनाको हुँदा बुवाको माया खोसियो। बुवा नभए पनि हजुरबुवा सहारा थिए। हजुरबुवाको पनि उनी ९ वर्षको हुँदा रुखबाट लडेर देहान्त भयो।

उनको बाल्यकाल खोल्मडाँडामै बित्यो। प्रावि तहसम्म गाउँको विद्यालयमा पढे। निमावि तह पढाइका लागि भने दुई-तीन घण्टा हिँडेर अमलेमा पुग्थे।

उनी प्रवेशिका परीक्षा (एसएलसी)को तयारी गर्ने बेला माओवादी जनयुद्ध चलेको थियो। जनयुद्धबाट उनी पनि चोखो रहेनन्। उनी पनि गाउँका ठूलाबडा र साथीभाइसँगै क्रान्तिकारी गीत गाउन थाले।

विगत सम्झिंदै बम्जन भन्छन्, ‘त्योबेला दुई माना चामल सबैले अनिवार्य लानुपर्ने, तरकारी किन्‍न १० रुपैयाँ उठाउने गर्थे।’ यसरी जिल्लाको जखने, मरिणसम्म गीत गाउन बाँसुरी बजाउन पुगेको उनलाई स्मरण छ।

गीत संगीतको लतले उनले पढाइतिर उति ध्यान दिएनन्। पढाइलाई निरन्तरता दिएनन्। कहिले मेलापात त कहिले सांस्कृतिक कार्यक्रममै व्यस्त भए।

तामाङ सेलोबाटै दुःख, पीडा बोले। देशभक्ति बोले। जस्तै-

ज्यानमाइली हातमा ठेला घटेन
थाप्लोमा नाम्लो टुटेन
सोचेको कुरा पुगेन
कहिले त मधेश, कहिले त भोट
कस्ले पो देख्ला मनको चोट…….

उनलाई राजनीतिमा प्रेरित गर्नेमा ध्रुव ढकाल, हरिचन्द्र देवकोटा, डीबी तामाङ, सोनामसिंह स्याङतान थिए। त्यसमा पनि स्याङतानले उनलाई बढी अझ बढी प्रेरणा दिन्थे। उनका राजनीतिक गुरु स्याङतान नै हुन्।

एक दिन उनी बाल कलाकारका रूपमा क्रान्तिकारी गीत गाउन गएका थिए। तर, त्यही कार्यक्रममा गाउँका कांग्रेस नेता धुव्र ढकाललाई मरिन खोलामा कार्यक्रम छ भनेर बोलाइयो। र, कार्यक्रम आयोजक माओवादी निकट संगठनका कार्यकर्ताले ढकालमाथि कुटपिट गरे। उक्त घटना राष्ट्रियस्तरमै चर्चामा आएको थियो। त्यसपछि ०५३ सालमा काठमाडौं जाने योजना बनाए। स्कुले साथीसँग काठमाडौं आए।

उनलाई काठमाडौं आउन त्यति सहज थिएन। उनीसँग पैसा थिएन। त्योबेला छोरीलाई पेवा (निजी वस्तुभाउ पाल्न दिने) दिने चलन थियो। छोराले भारी बोक्ने, काठको काम गर्ने, घर बनाउने, गोरु जोत्ने काम गर्थे।

उनले जंगलमा गएर कुरिलो खनेर चार सय रुपैयाँ जोहो गरेका थिए। आठ सय रुपैयाँजति दिदीसँग मागे। टिकट काट्दा महँगो पर्छ भनेर विनाटिकट बर्दिवास हुँदै काठमाडौं ९० रुपैयाँमा आइपुगे। मुग्लिन आएर खाना खाएको ६० रुपैयाँ तिरेका थिए। त्योबेला एक छाक खानालाई ६० रुपैयाँ तिर्दा अहो ! कति महँगो भन्‍ने लागेको थियो रे उनलाई।

काठमाडौंमा रमाइला अनुभव

काठमाडौं आएपछि उनी गाउँकै चिनजानको आफन्तकोमा बसे। पहिलोपटक टुँडिखेलमा पुग्दाको सम्झना उनलाई अझैं ताजै छ। टुँडिखेलमा गाडी घुमेको घुमेकै देखेर उनी छक्क परेका थिए। ‘किन होला भनेको त पछि थाहा भयो त्यो एकतर्फी चल्ने रहेछ,’ बम्जनले हाँस्दै भने।

त्यसबेला टुँडीखेलमा बीचबाट हिँड्न मिल्ने थियो। अहिलेको जस्तो बार पनि थिएन।

यस्तै, अर्काे घटना पनि छ। उनी साथीसँग बसपार्कमा मःम खाने भनेर गएका थिए। त्यसबेला १० रुपैयाँमा एक प्लेट मःम पाइथ्यो। मःम मगाए। मुखमै नअट्ने बफ मःम। पहिलोपटक उनले एउटाभन्दा धेरै खान सकेनन्।

अरू सबै मःम उनका साथीले खाए। ‘साथीले त्यति ठूलो मःम १९ वटा कसरी खायो होला भनेर अहिले छक्क पर्छु,’ बम्जन खित्का छोडेर हाँसे।

उनी काठमाडौं आएपछि गोदावरी, स्वयम्भु, लगनखेल, रानीवन, बाइसधारा, टुँडिखेल, बौद्धलगायत शहर घुमे।

आलु खन्‍ने काम पाए

घुमघाममा गाउँबाट ल्याएको पैसा सकिँदै थियो। काम केही पाएका थिएनन्। त्यसपछि बनेपामा गहुँ काट्ने, आलु खन्‍ने काम पाइन्छ भन्‍ने थाहा पाएर चण्डेश्‍वरी घुम्न जाने निहुँ पारी उनीहरू बनेपा लागे।

बनेपा पुग्दा गाउँमा लाहुरे बनेर क्यासेट बजाउँदै आउने गाउँका बाजे, काकाहरू गहुँ काटेको, आलु खनिरहेको भेटे। उनले पनि आलु खन्‍ने काम पाए।

अरूलाई ८० रुपैयाँ ज्याला दिइन्थ्यो। उनको समूहका सदस्यहरूले धेरै आलु खन्यो भनेर जनही दैनिक १०० रुपैयाँ दिइन्थ्यो।

बनेपामा आलु खनेर केही पैसा जम्मा गरे। चैते पूर्णिमामा गाउँमा ठूलो मेला लाग्थ्यो। त्यही मेलाका लागि उनीहरू नयाँ लुगा किनेर रोशीखोलाको बाटो हुँदै दुई दिन हिँडेर घर गए। ‘गाउँ फर्किँदा सबैले लाहुरे आयो भनेर जिस्क्याए,’ बम्जन सम्झिन्छन्।

लडाकु बन्‍ने सपना थियो, सैनिक भए

विस्तारै साथीहरू राजनीतिक संगठनमा लागे। माओवादीमा होमिए। त्योबेलाका इन्दिरा देवकोटा, डिवी तामाङहरू जनयुद्धमा लागे। बम्जनले साथीहरू माओवादीमा लागेको थाहा पाएर पुलिसले उनीहरूका आमाबुवालाई कुटेको देखे। आफ्नी आमालाई सम्झिए। माओवादी युद्धमा नजाने निर्णय गरे। फेरि शहर फर्किए।

२०५५ सालतिर काठमाडौं आएपछि उनले पाटन औद्योगिक क्षेत्रमा पस्मिनाको सल बुन्‍ने, रङ लगाउने काम गरे। साढे २ वर्षसम्म काम गरे। कलैयाका विक्रम कल्वार उनलाई रङ लगाउन सिकाउने गुरु थिए। पुष्करनाथ मास्के औद्योगिक क्षेत्रको निर्देशक थिए। मासिक ३८ सय रुपैयाँसम्म कमाउँथे।

एकदिन उनी काम गरिरहेको कम्पनीमा आएको गोरखापत्रमा उनले नेपाली सेनाको ब्यान्डको लागि आवेदन माग गरेको देखे। ०५७ सालमै सेनामा भर्ना हुनका लागि उनले कागजात बनाइसकेका थिए। उनलाई पत्रिकाको आवेदनले ढुंगा खोज्दा देउता मिलेजस्तै भयो।

२०५८ सालमा उनी सेनामा छनोट भए। राजा वीरेन्द्रको परिवारसहित हत्या भएको दिन मेडिकल पास भएको बम्जनलाई सम्झना छ। खासमा, उनको माओवादी लडाकु बन्‍ने योजना थियो तर सैनिक भए।

द्वन्द्वकालमा सिन्धुली जिल्लावासीलाई माओवादी होइन भनेर सिफारिस अनिवार्य थियो। अधिकृत भए एकजना, सिपाही भए दुई जनाले सिफारिस गर्नुपर्ने। गाउँकै चिनजानका मामाका छोराहरूले सिफारिस गरेपछि उनी छनोटमा परेका थिए।

ब्यान्डका लागि उनी आर्मीमा भर्ना भएका थिए। तर, उनलाई बाजा बजाउन भन्दा गाउनमा बढी मोह थियो। त्यसैले उनले ब्यान्ड छोडे। त्यसपछि उनले आर्मी क्लबकै कराँतेमा ८औँ गोल्ड मेडलिस्ट गोपीलाल बम्जनसँग कराँते सिके।

त्यसपछि राष्ट्रिय खेलहरू पनि खेले। ०६५ सालमा उनी शान्ति सेनामा पनि गए। त्यसपछि आठ वर्ष शान्ति सेना निर्देशनलयमा काम गरे। नेपाली सैनिकमा रहँदा उनले आफ्नो जिम्मेवारी पूरा गरे। ०७४ सालमा उनले अवकाश लिए।

गायन यात्रा

विद्यालयमा शुक्रबार अतिरिक्त कार्यक्रम हुने भएकोले गीत गाउन पनि पाइन्थ्यो। तर, उनी जतिखेर पनि गीत गाइदिने भएकाले शिक्षकको पिटाइ खान्थे। आर्मी क्लबमा शुभबहादुर सुनाम त्यो बेलाको कर्नेलले पहिलोपटक बम्जनलाई बाँसुरी बजाउन लगाए। ‘वनमा फुल्यो फूल’, ‘लहनाले जुरायो कि’ बोलका गीतमा बाँसुरी बजाउँदा सबैले मन पराए।

उनलाई यस्तो अवसर जु¥यो कि उनले पूर्वराजा ज्ञानेन्द्र शाहको गीतमा बाँसुरीको धुन भर्न पाए। त्यो गीत थियो, ‘नजरले मात्र देशलाई हेर्ने आपत्ति छैन रे नेपाली हेराइ नेपाली सोचाइ भइदिए पुग्छ रे।’ यहींबाट शुरु भयो उनको संगीतको औपचारिक यात्रा।

आर्मीमा हुँदा बम्जन तामाङ भाषाका गीतहरू लेख्थे। बम्जन भन्छन, ‘त्यहाँ स्वीकृति लिएर मात्र गीत गाउन पाइन्थ्यो। तर, स्वीकृत गर्नसक्ने राम्रो पहुँच थिएन। त्यसैले कसैले नबुझ्‍ने भएर तामाङ भाषाबाट गाउँघर, मेलापात, दुःखका गीतहरू लेख्थे।’

२०५९ सालतिरै बम्जनले खेम गुरुङसँग ‘संगीत साधना’मा गीत गाउन सिकेका थिए। रेडियो नेपाल पनि नजिकै भएकाले रेडियो नेपालको ‘चौतारी’ कार्यक्रममा उनी समय मिलाएर तामाङ सेलो गाउन पुग्थे। त्यतिबेला सिन्धुलीको भोजराज काफ्ले चौतारीमा गीत गाउन आउनेहरूको नाम संकलन गरेर दिने काम गर्थे। उनी पनि सिन्धुलीकै भएर प्रायजसो उनको नाम परिरहन्थ्यो।

यस्तै, रेडियो नेपालकै तामाङ भाषाको कार्यक्रम ‘स्यालघार’मा इन्दिरा थिङ, रमिता लामा, ध्यानबहादुर मोक्तान, धन लामाहरूसँग चिनजान गर्ने मौका मिलेको बम्जन बताउँछन्।

गीतकार एवं संगीतकार बम्जन सांगीतिक क्षेत्रमा लागेको दुई दशकभन्दा बढी भइसक्यो। उनले आफ्नै संगीतमा १५, २० वटा गीत सार्वजनिक गरिसकेका छन्। शुरुमा उनले रामेछापका प्रेम मोक्तान, काभ्रेका मेघ दोङको लगानीमा आफ्नै शब्दमा ‘आस्याङला जामे’ गीत गाए। त्यसपछि ०६५ सालमा ‘परदेशीला सेम’। सुरेन्द्र थिङको लगानी र आफ्नो शब्दमा गीत निकाले। आफूलाई गीतकार, लेखक भन्‍न रुचाउने बम्जनलाई मौलिक गीत संगीत मन पर्छ।

उनको निकै नै चर्चित मौलिक गीत ‘चरीला कमाइ’ धेरै स्रोता दर्शकले रुचाएको छन्। उनलाई गायक तथा मोडल फुलकुमार बम्जन भनेर चिनाएका गीत भने ‘म छोरो परदेश गइबस्दा, गाउँघर शून्य भइबस्दा’ भन्‍ने हो। यो गीत उनले शान्ति सेना जाने तयारी गरिरहेका बेला लेखेका गीत हुन्, जसमा उनी आफैंले अभिनय गरेका छन्।

बम्जन त्यो बेला सम्झिँदै भन्छन्, ‘शान्ति सेना जाने बेला यो गीतको भिडियो एडिट हुँदै थियो। फाइनल भिडियो नहेरी म शान्ति सेना गए। म शान्ति सेना छँदैमा गीत सार्वजनिक भएछ। सबैले एकदमै मन पराएछन्। म शान्ति सेनाबाट फर्किंदा विमानस्थलमा एकजना सिपाहीले चिनेर आफ्नै भिडियो देखाए। धेरै खुशी भएँ।’

तर, विनास्वीकृत सैनिक पोशाकमै अभिनय गरेकाले कारवाही भोग्नुपर्छ कि भन्‍ने उनलाई लागेको थियो। ‘एक महिना घर बसेर फर्किंदा त सबैले गीत कण्ठ नै पारेछन्, केही कारवाही भोग्नुपरेन,’ मुस्कुराउँदै बम्जनले भने।

‘मायाको दूरविन’, ‘फापरेगीत’, ‘चुमाया’, ‘मावरसेलो’लगायत नेपाली चलचित्र घामपानीको ‘आपालाई मेरो’ बोलको गीतमा जीतु लोप्चनसँगै बम्जनले पनि स्वर दिएका छन्। पछिल्लो समय उनी गायन र अभिनयसँगै ‘तामाङ कुताप धिम रेस्टुराँ’ मार्फत तामाङ मौलिक परिकारका स्वादहरू चखाइरहेका छन्।

शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.